‘द भ्वाईस अफ नेपाल’को दोस्रो सिजन साउनदेखि, दुइ नयाँ काेचहरु

यो सामाग्री सेयर गर्नुहोस

गायन क्षेत्रका प्रतिभा खोज्ने रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’को दोस्रो सिजन आउँदो केहि दिनमै सुरु हुँदैछ । दोस्रो सिजन नजिकैनै लाग्दा युनिटले राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गर्दै दुइ नयाँ कोच सार्वजनिक गरिएको छ । दोस्रो सिजनमा दुइ नयाँ र दुइ पुराना कोच रहने आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

द भ्वाईस अफ नेपालको पहिलो सिजनमा कोच बनेका पप गायक सनुप पौडेल र रक गायिका अभया सुब्बा (स्टिम इन्जिन) दोश्रो सिजनबाट हटाईएका हुन् । पहिलो सिजनका बाँकी दुई निर्णायक बरिष्ट गायक दीप श्रेष्ठ र गायक प्रमोद खरेल दोश्रो सिजनमा पनि रहेका छन् । यस अघिको कोच सनुप पौडेलको ठाउँमा मँगोलियन हार्टका गायक पप गायक राजु लामालाई अनुबन्धित गरिएको छ भने, रक गायिका अभया सुब्बाको स्थानमा पप गायिका आस्था राउतलाई कोचको रुपमा अनुबन्धित गरिएको छ ।

केही समयदेखि अमेरिका बस्दै आएका राजु लामा यही कार्यक्रमका लागि नेपाल आएका छन् । पप व्यान्ड मँगोलियन हार्टका भोकलिस्ट लामा अहिलेको पुस्ता माँझ पनि उत्तिकै परिचित छन् । उमेरले ४० वर्ष पुगेका राजु बिगत अढाई दशकदेखि नेपालीमा सक्रिय छन् । केहि समय अगाडी मात्र उनले सांगीतिक यात्राजी २५ औ वर्षको खुसियाली कन्सर्ट गर्दै साटेका थिए । सन १९९४ मा पहिलो गीतिसँग्रह सोलुसन निकालेर गायन यात्रा सुरु गरे पनि दोश्रो गीतिसँग्रह मँगोलिन हार्टको ‘तिमीलाई देखेर हिमाल हाँसेकाे गीत मार्फत राजु श्रोता माँझ परिचित मात्र होइन् , स्थापित नै भएका थिए । उनले व्यान्ड ग्रुपसँग मिलेर १० भन्दाबढी गीति संग्रह दर्शक तथा श्रोता माँझ ल्याईसकेका छन् ।

यसैगरी अर्की कोच आस्था पनि एक दशकदेखि गायनमा सक्रिय छिन् । संगीतिक घरनाकी आस्थाका बुबा हरिबहादुर राउत अग्रज लोक गायक हुन् । उनले एक दशक अघि ‘सालको पात टपरी गाँसेर’ गीतको रिमिक्स भर्सन मार्फत गायन यात्रा सुरु गरेकी हुन् । साँगीतिक यात्राको क्रममा उनको फिल्म मायाज बारको माया यो माया ढुवानी फिल्मको छलक छलक लगायतका गीत अत्यधिक सफल छन् । पप गायन तर्फ आस्थाका ‘चौबन्दीमा पटुका बाँधेको’ ,झुम्के बुलाकीगीत सर्वाधिक हिट छन् । साथै, आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रायोजकसँग हस्ताक्षर पनि गरियो । आगामी साउनको पहिलो साताबाट भ्वाईस अफ नेपाल सिजन २ हिमालयन टेलिभिजनबाट प्रशारण हुँदैछ । दोस्रो सिजनमा द भ्वाईस अफ नेपाललाई टाइटल स्पोन्सरको रुपमा युनाईटेड सिमेन्टले साथ दिएको छ । साथै , सह प्रायोजकको रुपमा एनआइसी एशिया बैंक र आइएनजी ग्रुप रहेका छन् । यसैगरी भोटिङ्ग तथा पेमेन्ट पार्टनरको रुपमा प्रभु पे रहेको छ । कार्यक्रम निर्देशकको रुपमा अघिल्लो सिजना झैँ लक्षमण पौडेल रहेका छन् ।

लक्ष्मण पौडेल , कार्यक्रम निर्देशक स् पहिलो सिजनको सफलताले हामीलाई सफलतासंगै जिम्मेवारी पनि थपेको छ । यसपटक अझै चुनौती महसुश गरेको छु । अघिल्लो सिजन भन्दा यसलाई अझै परिस्कृत रुपमा ल्याउने कोसिस रहनेनै छ । पहिलो सिजनबाट पाएको दर्शकको माया र विश्वासलाई अझै बढाउने हर प्रयास रहनेछ । साथै , प्रस्तुतीकरणका हिसाबले त्यो भन्दा उत्कृष्ट शो दिने प्रतिबद्धता व्यक्त गर्दछौ ।

श्याम गुरागाईं , भाइस प्रेसिडेन्ट ( हिमालयन एचडी टिभी ) ( विश्वकै नम्बर एक गायन रियालिटी शो हाम्रो टिभीबाट प्रशारण गर्न पाउदा निकै उत्साहित छौ । पहिलो सिजनले यसलाई नेपालमा स्थापित गरिसकेको छ भने यो सिजनले दर्शकको संख्या बढाउनेमा विश्वस्त छौ । बढी भन्दा बढी दर्शकले शो लाइ हेर्नेछन , त्यसैले हामीले यसका लागि प्राइम टाइम छुट्याएका छौ ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

आशिष र स्मिताको ‘जालमै पार्छु’ (भिडियोसहित)

July 19, 2019 Anu Arpan 0

अहिलेका चर्चित संगीतकार आशिष अविरल र नवगायिका स्मिता दाहालको रोमान्टिक गीत ‘जालमै पार्छु’ सार्वजनिक भएको छ । गीतको भिडियोमा आँचल शर्मा र विजु पार्कीले अभिनय […Read More]

विश्व सिनेमाको इतिहासमा पहिलो पटक आर्कटिक सर्किलमा शुटिङ भएको यो फिल्म (भिडियो)

July 19, 2019 Anu Arpan 0

 बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ को टीजरलाई  निकै रुचाइएको छ। तर यो फिल्मसँग अर्को एउटा विषय पनि जोडिएको छ। वार विश्व […Read More]

‘हट नायिका’ को उपाधि पाएकी वाणीले बिकिनी लगाउन नमान्दा करोडौंको घाटा

July 19, 2019 Anu Arpan 0

बलिउड अभिनेत्री वाणी कपुरको अभिनय फिल्म ‘वार’ मा हेर्न पाइने भएको छ। केही दिन अगाडि मात्रै यो फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो। ट्रेलसमा वाणीलाई बिकिनीमा […Read More]

यी ६ अभिनेत्री, जसको बोल्ड सीन लिक भयो

July 19, 2019 Anu Arpan 0

केही समय अगाडि अभिनेत्री राधिका आप्टेको नयाँ फिल्मको इन्टिमेट सीन समाजिक संजालमा लिक भयो। यो सीनको तस्वीर समाजिक संजालमा रातारात भाइरल बन्यो। आफ्नो तस्वीर सामाजिक […Read More]

प्रभासको बहुप्रतिक्षित फिल्म साहोको रिलिज मिति परिवर्तन

July 19, 2019 Anu Arpan 0

बाहुबली फेम प्रभास र श्रद्धा कपुरको नयाँ फिल्म साहोको रिलिज मिति सारिएको छ । यस अघि अगष्ट १५ मा रिलिज गर्ने भनिएको यो फिल्म सुपरस्टार […Read More]

हरर चलचित्र ‘घर’ प्रदर्शनमा

July 19, 2019 Anu Arpan 0

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट हरर चलचित्र ‘घर’ प्रदर्शनमा आएको छ । चलचित्रलाई अर्पण थापाले लेखन तथा निर्देशन गरेका हुन् । उनले यसअघि पनि हरर […Read More]

आफ्नै फिल्म हेर्न नसकेकी सुरक्षा

July 19, 2019 Anu Arpan 0

शुक्रबार बिहान राजधानीको विग मुभिजमा चलचित्र ‘घर’को विशेष शो राखिएको थियो । जहाँ चलचित्र युनिटले पत्रकारसंग बसेर चलचित्र हेर्यो । जसमध्ये एक थिइन्, अभिनेत्री सुरक्षा […Read More]

कमेडियन कपिल शर्माको घरमा भीषण आगलागी ! (भिडियोसहित)

July 19, 2019 Anu Arpan 0

 कमेडियन कपिल शर्माको मुम्बइस्थित अपार्टमेन्टमा भीषण आगो लागेको छ । यो बिल्डिङमा कपिलको अपार्टमेन्ट चौथो तलामा छ । आगलागीको समय घरमा कोही नभएकोले मानवीय क्षति […Read More]

आँचलसँग प्रचण्डकी नातिनीको लोभ्याउने रुप,,,

July 19, 2019 Anu Arpan 0

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको ‘जाल्मै पार्छु’बोलको नयाँ गीत बजारमा आएको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रम गर्दै गीत रिलिज गरिएको हो […Read More]

Be the first to comment

Leave a Reply