देशको अबस्थालाइ देखेर तन्नेरीहरू के भन्छन् त? आखिर यति निराशा किन? “ओलिको समृद्धिले सिमितलाइ फाइदा…

यो सामाग्री सेयर गर्नुहोस

सरकारको मूलमन्त्र र एकोहोरो रटान बनेको समृद्धिलाई युवाहरूले कसरी बुझेका छन्? देशमा समृद्धि आउने कुरामा उनीहरू कत्तिको ढुक्क छन्? उनीहरूले बुझेको विकास के हो? उनीहरूको आवश्यकता के हो? तन्नेरी पुस्तालाई राजनीतिमा कति अभिरुचि छ ? यी र यस्ता प्रश्नलाई लिएर ‘अन्नपूर्ण सम्पूर्ण’ले १६ देखि २५ वर्ष उमेरसमूहका २ सय ५० जना युवासँग उनीहरूको मत र मनोदशा बुझ्ने प्रयत्न गरेको छ। नेपालको आफ्नै पानीजहाज चलाउने। काठमाडौँमा मेट्रो रेल र मोनोरेल गुडाउने। थुप्रै शहरलाई स्मार्ट सिटी बनाउने। देशैभरिबाट तुइन विस्थापन गर्ने। हावाबाट बिजुली निकाल्ने।

पाइपमार्फत घरघरमा ग्यास पुर्‍याउने। दुई वर्षभित्र नेपालमै पेट्रोल उत्पादन गर्ने। युवाहरूलाई देशभित्रै रोजगारी दिने। यस्ता अनेक योजना सुनाउँदै मुलुक समृद्धिको दिशातिर अघि बढेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताइरहेका छन्। उनको र उनले नेतृत्व गरेको सरकारको सम्पूर्ण ध्यान समृद्धिमा केन्द्रित छ। प्रधानमन्त्रीले मुलुक समृद्धिको दिशामा अघि बढिसकेको बताइरहे पनि धेरै युवा भने उनको कुरा पत्याउने पक्षमा छैनन्। देशमा ल्याउने भनिएको समृद्धिलाई अधिकांश तन्नेरीले ‘गफ’ ठानेका छन्। मुलुक समृद्ध बन्ला भन्ने कुरामा उनीहरूलाई पटक्कै विश्वास छैन।

देशमा ल्याउने भनिएको समृद्धि कस्तो हो? काठमाडौँ, मूलपानी घर भएका अंकित थापा (२२) लाई कुनै मेसो छैन। के–के भयो भने समृद्ध मुलुक बन्ने हो, उनलाई त्यो पनि थाहा छैन। कसरी समृद्धि आउँछ, उनलाई भेउ छैन। विदेशमा पढ्न जाने तयारी गरि रहेका थापा भन्छन्, ‘यो देशमा केही हुँदैन। गफले हुने भए संसारकै उत्कृष्ट देश बन्थ्यो, नेपाल। आफू त अब विदेश हिँडिन्छ।’थापाले अहिले नियमित ‘आईईएलटीएस क्लास’ लिइरहेका छन्। मिलेसम्म यही साल, नभए अर्काे साल जसरी पनि विदेशिने सोच बनाएका छन्। भन्छन्, ‘यो समृद्धि भर्सेलै परोस्।

आफूलाई त आईईएलटीएसमा राम्रो स्कोर ल्याउन पाए पुग्यो। अहिलेको मेरो आवश्यकता र चिन्ता यति मात्रै हो।’नुवाकोट घर भएका मनोज खाती (२३) रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनीमार्गमा ब्याचलर्स दोस्रो वर्षमा अध्ययन गरिरहेका छन्। राजनीतिप्रति उनलाई थोरबहुत चासो छ। सरकारका क्रियाकलापलाई नियालिरहेका हून्छन्। ‘अहिलेको सरकारले देश विकास गर्छ कि भन्ने लागेको थियो,’ उनी भन्छन्, ‘राजनीतिक स्थायित्व पनि थियो। तर, सरकारले सारा जनतालाई पंगु बनायो। समृद्धि…समृद्धि…समृद्धि…को एकोहोरो सुगारटाइ मात्रै सुनिन्छ। के हो समृद्धि भनेको?

तीन वर्ष बितिसक्यो, भूकम्पपीडितको घर बनेको छैन। प्रहरी प्रशासन एउटा बलात्कारीलाई समात्न सक्दैन। अनि यो देशमा केही हुन्छ भनेर कसरी पत्याउनु?’ सरकारको कुरामा खातीलाई विश्वास छैन। ‘सरकारले भन्ने समृद्धि त मलाई जोकजस्तो लाग्छ।प्रधानमन्त्री ‘सिरियस’ छैनन्। मेरा लागि कसैले केही गरिदिन्छ भन्ने विश्वास छैन। अब आफ्नो भविष्यको चिन्ता गर्नुपर्छ। देश यस्तै हो, चल्दै गर्छ।’सरकारले ल्याउने भनेको समृद्धि र आफ्ना आवश्यकताबीच तालमेल देख्दैनन्, युवाहरू। बरु, दैनिक भोगिरहेका समस्या र स मृद्धिको सपनाबीच ठूलो खाडल पाउँछन्।

‘अन्नपूर्ण सम्पूर्ण’ ले १६–२५ वर्ष उमेरसमूहका २ सय ५० जना युवालाई उनीहरूको आगामी योजनाबारे सोध्दा ८५ प्रतिशतले विदेश जान चाहेको जवाफ दिएका छन्। उनीहरूले देशमा बस्नलायक वातावरण नै नभएको बताएका छन्। आफ्नो पढाइ, रोजगारी र भविष्यलाई लिएर उनीहरू चिन्तित देखिन्छन्। विदेशमा गएर राम्रो अध्ययन गर्ने र गुणस्तरीय जिन्दगी जिउने उनीहरूको चाहना छ। यसरी विदेश जाने योजना बनाइरहेकामध्ये केही अध्ययनका लागि जान खोज्दै छन्, कोही अध्ययन र काम दुवैका लागि। कसैको योजना पढाइपछि पनि उतै बस्ने छ। सर्वेक्षणमा सहभागीमध्ये धेरैले देशमा रोजगारीको अभाव हुनुलाई मुख्य समस्या ठानेका छन्।

यो देश विकास गर्न रोजगारी सिर्जना गर्नुपर्ने ८० प्रतिशतको मत छ। नेपालको शैक्षिक क्षेत्र सुध्रिए ‘एब्रोड स्टडी’मा जान नपर्ने ९० प्रतिशतको ठहर छ।सहभागीमध्ये ७५ प्रतिशतले देशमा तत्काल शिक्षा र रोजगारीको समस्या समाधान हुनेमा शंका व्यक्त गरेका छ न्। सर्वेक्षणमा सहभागी झापाकी ऋचा शर्मा (२४) भन्छिन्, ‘देश अहिले सुध्रिएलाजस्तो छैन। सरकारको कुरामा पनि विश्वास छैन। अब विदेश जाने तयार गरिरहेकी छु।’ बाग्लुङ घर भई हाल भक्तपुर बस्दै आएकी प्रेसा सुनुवार (१८) अस्ट्रेलिया जाने तयारी गरि रहेकी छिन्। आफ्नो देशमा गर्व गर्नलायक कुरा उनी खासै केही देख्दिनन्।

‘न पढाइ राम्रो हुन्छ, न केही कुरा सिस्टममा छ,’ उनी भन्छिन्, ‘बाहिरका देशहरू कति विकसित भइसके। मान्छेले आफ्नो देशप्रति कति गर्व गर्छन्। हाम्रोमा के छ गर्व गर्नलायक? म त एउटा कुरा पनि देख्दिनँ।’ देश छाड्ने तयारीमा रहेकी सुनुवारजस्ता युवा देशमा लाखौँ छन्। धेरैको रहर विदेश जाने र ‘क्वालिटी लाइफ’ जिउने छ। आफ्नो देशमा उज्ज्वल भविष्य देख्दैनन्, तेन्नेरीहरू। बरु देशमै बस्ने हो भने भविष्य बर्बाद हुने अप्रिय सम्भावना देखेका छन्। सिन्धुपाल्चोक घर भई अहिले काठमाडौँ, जडीबुटी ब स्दै आएकी रञ्जु माझी (२१) भन्छिन्, ‘नेपालमा बसेर केही हुँदैन। अब विदेश नगई हुँदैन।’

भर्खरै प्लस टू सक्काएकी माझी देशको अवस्थाले निराश छिन्। भन्छिन्, ‘देशमा बस्नै मन छैन। सरकार गफ मात्रै दिन्छ। विदेशमा शिक्षा, स्वास्थ्य राम्रो छ। काम पाइन्छ। यहाँ त पढाइ सक्काउँदा पनि काम पाइँदैन। अनि, यस्तो देशमा बसेर गर्नु?’प्रधानमन्त्री ओलीले केही सात महिनाअघि कान्तिपुर दैनिकलाई दिएको अन्तर्वार्तामा नेपाललाई शैक्षिक हब बनाउने योजना सुनाएका थिए। शिक्षा नीति जनमुखी, विकासमुखी हुने बताएका थिए। उनले भनेका थिए, ‘सरकारले अबको शिक्षा प्रणालीलाई देशको आवश्यकता परिपूर्ति गराउने हिसाबले विकाससँग जोडेर जनताको जीवन, धर्तीको सुरक्षा र जनताको सुखसँग जोडेर अघि बढाउनेछ।’
नेपाललाई शैक्षिक हब बनाउने प्रधानमन्त्रीको योजनाको धज्जी उडाउँदै विद्यार्थीहरू विदेश हिँडिरहेकै छन्। यो साल पनि ब्याचलर्स, मास्टर्स गर्नका लागि विदेश जाने तन्नेरीको संख्या बढ्दो छ। अमेरिकामा मात्रै अघिल्लो वर्षभन्दा यस वर्ष १४.३ प्रतिशत विद्यार्थी ब ढी गएको अमेरिकी दूतावासले बताएको छ। यो वर्ष १३ हजार २ सय ७० विद्यार्थी अध्ययनका लागि अमेरिका पुगेका छन्।

राजनीतिमा तन्नेरी पुस्ताको अभिरुचि छैन। उनीहरूले देशमा भइरहेको राजनीतिक क्रियाकलापलाई चासोका साथ हेरेका छैनन्। बुझ्ने प्रयास पनि गरेका छैनन्। राजनीतिसँग उनीहरू साइनो पनि गाँस्न रुचाउँदैनन्।
राजनीतिप्रति कत्तिको चासो छ भन्दा धेरैको जवाफ छ, ‘छैन। मलाई मन पर्दैन नेपालको राजनीति।’‘सम्पूर्ण’ले गरेको सर्वेक्षणमा ८६ प्रतिशतले राजनीतिप्रति कुनै चासो नभएको बताएका छन् भने १४ प्रतिशतलाई अलि–अलि अभिरुचि छ। राजनीतिक दलहरूको गतिविधिले आफूहरूलाई राजनीतिप्रति वितृष्णा भएको बताउँछन्, तन्नेरीहरू। देश पछि पर्नुको मूल कारण राजनीति भएको उनीहरूको ठम्याइ छ। उनीहरूको निष्कर्ष छ– ‘नेताहरू हदैसम्म भ्रष्ट भए र राजनीति दूषित बनाए।’ रौतहट, चन्द्रनिगाहपुर घर भई हाल भक्तपुर, बालकोट बस्दै आएका विवेक अधिकारी (१९) कक्षा १२ मा पढ्दै छन्।

उनले देशको राजनीतिलाई अहिलेसम्म चासोका साथ हरेका छैनन्। राजनीतिक स्तरमा के हुँदै छ, उनलाई थाहा छैन। उनी राजनीतिक समाचार पढ्दैनन्, टीभीमा हेर्दैनन् ।‘राजनीतिबारे बुझ्नुपर्ने कुरा केही हुँदैन,’ उनी भन्छन्, ‘एकले अर्काेलाई गाली गर्‍यो, भ्रष्टाचार गर्यो‍, हावा गफ गर्यो‍। यही त हो राजनीति भनेको। अनि के बुझ्नु? के चासो राख्नु?’ बेलाबेलामा हुने अन्तर्राष्ट्रिय सम्मेलनले उनलाई राजनीतिप्रति झनै चिढाउँछ। त्यस्ता सम्मेलनले जनतालाई दुःख दिएको र फाइदा केही नपुर्‍याएको उनको तर्क छ। ‘अस्ति धर्मको नाममा भएको सम्मेलनले मान्छेलाई कति दुःख भयो?’
उनी भन्छन्, ‘नेताको कुबुद्धिले गर्दा हामीलाई सास्ती भइराखेको छ। काम केही गर्नु छैन। कहिले सम्मेलन, कहिले उद्घाटन ! जनतालाई यिनीहरूले उल्लु बनाएका छन्।’ भक्तपुरका विशाल पाण्डे (१८) राजनीतिलाई गम्भीरतापूर्वक लिँदैनन्। नेताहरूले देश बि गारेको उनको निष्कर्ष छ। उनीहरूले आफ्नै मात्र भविष्य सपारेकाले देश बिग्रिएको उनको भनाइ छ। ‘नेताहरू खोकी लाग्यो भने पनि विदेश पुग्छन्,’ उनी आक्रोश व्यक्त गर्छन्, ‘जनता सिटामोल नपाएर मर्छन्।

यस्तो भएपछि देश कसरी उँभो लाग्छ? चुनाव जितेपछि नेतालाई जनताको वास्तै छैन। देश त खत्तम छ।’
नेताहरूले ‘राम्रोलाई भन्दा हाम्रोलाई’ ठाउँ दिएको पाण्डेको गुनासो छ। सामान्य मान्छेले अवसरै नपाएको बताउँछन्। ‘जहाँ पनि सोर्स–फोर्स चल्छ,’ उनी भन्छन्, ‘अनि, पहुँच नहुने मान्छे कसरी अघि बढ्छ?’ राजनीति नसुध्रेसम्म स्वदेशमा गरिखाने वातावरण नबन्ने उनको धारणा छ। कसरी सुध्रिन्छ त देशको राजनीति? उनको जवाफ छ, ‘जनताले जुन दिन चोर, डाँका र लुटेराहरूलाई नेता मान्न छोड्छन्, त्यही दिन राजनीति सुध्रिन्छ।’ झापा मूल थलो भई काठमाडौँ बस्दै आएकी मञ्जु सापकोटा (२५) लाई चाहिँ राजनीतिमा थोरबहुत चाख छ। घटनाक्रमहरू नियालिरहेकी हुन्छिन्।

राजनीतिक क्रियाकलाप हेर्दा यो देशले मुहार फेर्ला भन्ने उनलाइ पटक्कै आशा छैन। सरकारले देखाएका सपनामा पनि विश्वास लाग्दैन उनलाई। ‘जनता भुलाउन नेताहरूले थरीथरी ‘चटके गफ’ गरिरहेका छन्,’ उनी भन्छिन्। निर्मला पन्त बलात्कार–हत्याकाण्डका दोषीलाई कारबाही नभएको देख्दा त सापकोटालाई राजनीतिक नेतृत्वप्रति हदैसम्म रिस उठेको छ। ‘एउटा स्कुल पढ्दै गरेकी केटी बलात्कृत हुन्छे,’ उनी भन्छिन्, ‘दोषी पक्राउ पर्दैन। अपराधीलाई दलहरूले संरक्षण गरेका छन्। हामी मूर्खहरू यिनै नेताले देश बनाउलान् भन्ने झुटो आशा गरेर बसेका छौँ।’

२०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएदेखि केपी शर्मा ओली अब देशमै गरिखाने वातावरण बन्ने, विदेश जानु नपर्ने, देशमै रोजगारी सिर्जना हुने बताइरहेका छन्। मुलुक समृद्धिको दिशातिर अघि बढिसकेको कुरा उनले हजारौँ पटक भनिसके का छन्।देश समृद्धिको यात्रामा हिँडेको भन्दै २०७५ वैशाख १ गते मुगुको राराताल पुगेर प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गरे। नयाँ वर्षको शुभकामना दिँदै उनले मुलुक आर्थिक युगमा प्रवेश गरेको र सरकार त्यसमा दृढ भएर लागेको बताएका थिए।सम्बो धनमा उनले विकासका केही योजना प्रस्तुत गरेका थिए।

सरकारले बारम्बार भने पनि युवाहरू समृद्धि आउने कुरामा विश्वास गरिरहेका छैनन्। ‘सम्पूर्ण’को सर्वेक्षणमा सहभागीमध्ये ८१ प्रतिशतलाई समृद्धि आउँदैन भन्ने लाग्छ। सरकारले समृद्धिलाई नारामा मात्र केन्द्रित गरेको उनीहरू बताउँछन्। १९ प्रतिशतलाई भने देश मा समृद्धि आउने विश्वास छ। हाल मैतीदेवी, काठमाडौँ बस्ने ताप्लेजुङका ईश्वर बराल (२४) लाई यो सरकारले समृद्धि ल्याउला भन्ने कुरामा पटक्कै विश्वास छैन। सरकारको गतिविधि हेर्दा देश विकासको आशा राख्ने ठाउँ नै देख्दैनन् उनी। ‘कंक्रिटका ठूला संरच ना, मोनो रेल र केबलकार हुँदैमा समृद्धि आउँदैन ।

उनी भन्छन्, ‘सबैतिर समान रूपले पूर्वाधारहरूको विकास भएर अर्थतन्त्रले एउटा गति लिनसके पो समृद्धि आउला। तर, वर्तमान सरकारबाट त्यो अपेक्षा गर्न सकिन्न।’ अग्ला–अग्ला घर र चिल्ला सडकले मात्रै देश विकसित हुन्छ भन्ने बराललाई लाग्दैन। सरकारले सर्वप्रथम शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता अत्यावश्यक क्षेत्रलाई गुणस्तरीय बनाउनुपर्ने उनको जोड छ। ‘समानता र समावेशितालाई पनि ध्यान दिनुपर्छ,’ उनी भन्छन्। समृद्धिबारे बैतडीका सुरेन्द्र आहुजी (२१) को पनि त्यस्तै मत छ। देशको अवस्था हेर्दा उनलाई पनि समृद्धि ल्याउने भन्ने कुरा गफैजस्तो लाग्छ।

उनी मान्छेले अनुभूत गर्ने खास काम केही नभएकाले सरकारको कुरा पत्याउने अवस्था देख्दैनन्। भन्छन्, ‘कार्यान्वयन गर्न सक्ने-नसक्ने कुरामा विचार गरेर सरकारले योजना बनाएको छैन,’ उनी भन्छन्, ‘मन्त्रीहरूका गफ मात्रै ठूला छन्। ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराले मात्रै देश बन्छ भन्ने ठानेका छन् कि क्या हो?’ देशमा समृद्धि आउने कुरामा काठमाडौँ, सुन्दरीजल बस्ने सौरभ धिमाल (२०) भने ढुक्क छन्। ‘आफैँले चुनेको सरकारको विश्वास नगरेर कसको गर्ने?’ उनी भन्छन्, ‘बिस्तारै काम हुँदै छ। सबै जनाले रोजगारी पाउनेछन्। युवालाई खाडी जान रोक्नुपर्छ।

आफ्नै देशमा जनतालाई सीप सिकाएर काम दिने हो भने विकास भइहाल्छ नि। समृद्धि भनेको हिजोको आज आइहाल्ने कुरा पनि होइन। यो त बिस्तारै आउँछ।’ झापा घर भई मैतीदेवी बस्दै आएकी सजिना दाहाल (२०) आईटी पढ्दै छिन्। ‘टेक्निकल’ विषय लिएर पढेपछि देशमै केही गर्न सकिन्छ कि जस्तो लागेको थियो उनलाई। हिजोआज उनलाई ‘देशमा केही गर्न सकिन्छ’ भन्नेमा खासै विश्वास छैन। भविष्य राम्रो बन्ला भन्ने कुरामा त झनै विश्वास छैन। ‘मेरो अहिलेको आवश्यकता भनेको गुणस्तरीय शिक्षा हो,’ उ नी भन्छिन्, ‘तर, यहाँको शिक्षाको हालत खराब छ।

राम्रा कलेज छैनन्। भएका महँगा छन्। रोजगारी छैन। पढाइ सकेर के गर्ने हो? थाहा छैन।’ सरकारले शिक्षा र राजगारीका क्षेत्रमा लगानी गर्ने हो भने देशभित्रै गरिखाने वातावरण बन्ने सम्भावना देखेकी छिन्, दाहालले। सिन्धुपाल्चोक घर भई हाल जोरपाटी बस्दै आएकी समिता अधिकारी (२०) भने अब देशमा गरिखाने वातावरण बन्नेमा आशावादी छिन्। राजनीतिक स्थिरता भएकाले विकास होला भन्ने आशा पलाएको उनी बताउँछिन्। उनलाई सरकारले अब सीपमूलक शिक्षामा विशेष ध्यान दिनुपर्छ भन्ने लाग्छ। भन्छिन्, ‘ह रेक देशमा शिक्षाले महŒवपूर्ण भूमिका खेलेको हुन्छ।

हाम्रोमा लेखपढ गर्न नजान्नेलाई सीपमूलक शिक्षा दिनुपर्छ। राम्रो शिक्षा पाएकालाई रोजगारी दिनुपर्छ। यति भयो भने देशमै बस्छन् नि मान्छेहरू। यहीँ काम गर्छन्। अर्काको देश जाने रहर कसलाई हुन्छ र?’देशम गरिखाने वातावरण बनाउन भ्रष्टाचार अन्त्य गर्नुपर्ने धेरैको जोड छ। खुट्टा तान्ने प्रवृत्तिको अन्त्य, रोजगारीको सिर्जना, अवसर, भौतिक पूर्वाधारहरूको विकास भयो भने देशमै बस्ने वातावरण निर्माण हुने सर्वेक्षणमा सहभागीहरू बताउँछन्। काठमाडौँका सुनील अधिकारी (२४) भन्छन्, ‘भ्रष्टाचारले यो देश बिगारेको हो। यसलाई निर्मूल गर्न सकियो भने देशमा गरिखाने वातावरण बनिहाल्छ।’
कृषिलाई प्राथमिकतामा नपारी देशभित्र गरिखाने वातावरण नबन्ने तर्क छ, सिन्धुपाल्चोक घर भई हाल काँडाघारी बस्दै आएका विनोद नेपाल (२४) को। ‘गाउँमा खेत बाँझै छ,’ उनी भन्छन्, ‘त्यहाँ गएर काम गर्न न आधुनिक प्रविधि छ, न खेतीकिसानी गर्नेलाई कसैले सम्मान गर्छ। कृषिप्रधान देश त भन्नु मात्र हो। देशलाई प्रगतिको बाटोमा हिँडाउने हो भने कृषिलाई उकास्नुपर्छ।’ युुवाको विदेश पलायन रोक्न देशमा कृषिलाई आधुनिक तवरले व्यवस्थित गर्नुपर्ने उनको धारणा छ। डोटी, दिपायल घर भई हाल ज्ञानेश्वर बस्दै आएका योगेन्द्र कार्की (२२) बीबीएस चौथो वर्षमा अध्ययन गर्दै छन्।

पढाइ सकिन लाग्यो, अब के काम गर्ने भन्ने उनलाई चिन्ता छ। काम भेटिएको छैन, योजना पनि केही छैन। ‘काम छैन, दाम पनि छैन,’ उनी भन्छन्, ‘माम केले खाने हो, टुंगो छैन। हरहालमा एउटा जागिर चाहिएको छ।’ अहिले सामान्य आम्दानी हुने जा गिर भेट्टाए कार्की खुशी हुने थिए।रोजगारीको आवश्यकता सर्लाही, लालबन्दी घर भई हाल पेप्सीकोला बस्दै आएका प्रवेश ढुंगाना (२४) लाई पनि उत्तिकै छ। स्नातक तह अध्ययन गरिरहेका छन् उनी। भन्छन्, ‘यो शहरमा बाँच्नका लागि सानोतिनो कामको खोजी गर्दै छु।’ ‘सम्पूर्ण’को सर्वेक्षणमा सहभागीमध्ये ९० प्रतिशतले रोजगारीलाई आफ्नो मुख्य आवश्यकता ठानेका थिए।

सुलभ स्वास्थ्य सेवा पनि उनीहरूको सूचीमा थियो। आफूहरूको आवश्यकता सामान्य नै भए पनि सरकारले त्यतातिर बेवास्ता गरेको धेरैको आरोप छ। चितवन घर भई हाल मैतीदेवी बस्दै आएका रबना खातुन (२०) भन्छिन्, ‘मान्छेलाई सुलभ स्वास्थ्य सेवा, शिक्षा र रोजगारी चाहिएको छ। मलाई चाहिएको पनि यही हो। सरकार चाहिँ ठूला–ठूला सपना देखाएर बसेको छ। यहाँ मलाई साइकल चाहिएको छ, सरकार चाहिँ पानीजहाज ल्याउने भन्छ।’ जो अन्यायमा परेका थिए, तिनले नेपाल बदल्न खोजेका थिए। जो बहिष्क रणमा परेका थिए, तिनले नयाँ नेपाल बनाउन चाहेका थिए।

दलित तन्नेरीको सपना त्यस्तो नेपालको थियो, जहाँ जातले व्यक्तिको श्रेष्ठता तय नगरोस्। तन्नेरी महिलाको आकांक्षा त्यस्तो नेपालको थियो, जहाँ पितृसत्ताको दबदबा सकिन्छ भन्ने विश्वास जागोस्।मधेशी युवाले त्यस्तो राज्यको परिकल्पना गरेका थिए, जसलाई उसले कुनै पहाडीले जत्तिकै आफ्नो सम्झन सकोस्। गरिबीको मारमा परेकाले शिक्षा, स्वास्थ्य एवं इज्जतिलो जिन्दगी जिउने वातावरण खोजेका थिए। उनीहरूको सपना नयाँ जिन्दगीको थियो। त्यो नयाँ जिन्दगी प्राप्त गर्न सहयोग गर्ने नयाँ राज्यसंरचनाको थियो। यी साझा सपना पूरा गर्ने जिम्मा लोकतान्त्रिक भनिएका राजनीतिक नेतृत्वमा थियो।

संविधानको स्वीकार्यता बढाउँदै जनतालाई उत्पादनमा सहभागी गराउने मुख्य दायित्व थियो। नेतृत्वबाट यी सपना र उनीहरूलाई सुम्पिएको दायित्वप्रति न्यूनतम इमानदारीको अपेक्षा थियो। सुविधाजनक मत दिएर सत्तामा पुगेकाहरूले सपनाको बदलामा प्रोपागान्डा दि ए। सपना देख्नेहरू इमानदार हुन्छन्। प्रोपागान्डा रच्नेहरू चाहिँ बिकाउ तुरुपको खोजीमा हुन्छन्।

उनीहरू छलकपट गर्छन्। जातको जाँतोमा पिसिएकाले मुक्ति खोज्दा समृद्धि नै मुक्तिको बाटो हो भनियो। महिलाले समानता खोज्दा विकासले समानता कायम गराउँ छ भनियो। जनजातिले पहिचानको सुरक्षा खोज्दा भौतिक समृद्धिले त्यो सुनिश्चित गरिदिन्छ भनियो।
मधेशीले अधिकार खोज्दा आर्थिक उन्नति प्राथमिक हो भनियो।आर्थिक वृद्धि, विकास र समृद्धि कसरी सम्भव तुल्याउने भनेर प्रश्न गर्दा पानीजहाज, पूर्वपश्चिम रेल र स्मार्ट सिटीको परिकल्पना अघि सारियो।

सम्भवतः जनताले यी जवाफलाई पत्याए, समृद्धिको विज्ञा पनमा भर गरे। त्यसो भन्नेहरूलाई सत्तामा उकाले। ‘समृद्ध नेपाल, सुखी नेपाली’ इमानदार सपना थिएन। साझा सपनाको नाममा बेच्न खोजिएको चुनावी विज्ञापन थियो। पञ्चायतको सिको गर्दै सामान्य जनतामा भौतिक सुखको आकांक्षा बढाउने त्यो विज्ञापनको अस लियत खुल्न धेरै समय लागेन।

मुलुकको कार्यकारी प्रधानमन्त्रीले गरेको एकपछि अर्को घोषणा ठट्टामा परिणत भएपछि त्यो प्रोपागान्डाको भ्रम च्यातियो। समृद्धिको अधिक प्रचारले प्रभावित जनताको ठूलो हिस्सा आफूलाई छक्याइएकोमा क्षुब्ध छ। उच्च शिक्षा लिन विश्वविद्यालय पुगेका युवा आफ्नै संस्थाप्रति विश्वस्त हुन सकेका छैनन्। विदेशमा श्रम गर्न पुगेकाहरू जति दुःख गरे पनि औसत जिन्दगी जिउन सकिनेमा ढुक्क छैनन्। राजनीतिमा लागेका युवा विचारशून्य छन्।

उनीहरू दलालीमा सिपालु हुन कोसिस गरिरहेका छन्। कारण, इमानदारीले सफलता ल्याउँदैन भन्ने उनीहरूलाई बुझाइएको छ। व्यापारमा लागेका तन्नेरीले ठगवृत्तिलाई नै व्यापार सम्झेका छन्। त्यसो नगरे बजारमा टिक्न सकिँदैन भन्ने विश्वास गर्न थालेका छन्। जो सुखद भविष्यको खोजीमा छन्, उनीहरूमा लोकतान्त्रिक व्यवस्था एवं सो व्यवस्था टिकाउन बनाइएका सारा संस्थाप्रति अविश्वास चुलिएर बसेको छ। ‘सम्पूर्ण’ले भेटेका तन्नेरीले समृद्धिको सरकारी गफ नपत्याएको बताए। भ्रम च्यातिनु आफँैमा अनुचित होइन तर सिंगो व्यवस्थाप्रतिको अनास्थाले त्रासदी निम्त्याउँछ। लोकतान्त्रिक पद्धतिप्रतिको अविश्वास जगाउँदै धर्म वा राजाका नाममा राजनीति गर्ने दक्षिणपन्थीहरूले आफ्नो राजनीतिक सामथ्र्य बलियो बनाउन सक्छन्।

समृद्धिको चटके गफ गर्ने केपी शर्मा ओलीको विकल्पका रूपमा ज्ञानेन्द्र शाहहरूलाई अघि सार्ने दुष्प्रयास हुन सक्छ। त्यो अर्को ठूलो त्रासदी हुनेछ। त्यसैले तन्नेरीमा लोकतान्त्रिक व्यवस्थाविरुद्ध बढ्न थालेको अनास्थालाई आलोचनात्मक चेतमा बदल्ने कोसिस जरुरी छ। (कुराकानीमा आधारित) प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि भनेर जसलाई कथ्यको भाषामा प्रयोग गरेका छन्, त्यो सामान्य मान्छेको जनजीवनभन्दा पर छ। उनको समृद्धि रेल, पानीजहाज भयो। यसले सामाजिक समानता, न्याय, महिला समानताका कुरा हरूलाई छुँदैन। पिछडिएका वर्गलाई छुँदैन।

ओलीको समृद्धिले एउटा सानो र निश्चित समूहलाई मात्रै फाइदा पुर्‍याउने देखिन्छ।नेपालको वस्तुगत स्थिति, यहाँको सामाजिक र आर्थिक धरातलभन्दा टाढाको कुरा भएकाले उनको समृद्धिलाई बौद्धिक वर्गले पनि त्यति विश्वास गर्न सकेन। ओलीका नजिकका र पार्टी का मान्छेलाई मात्र समृद्धिको भाष्यले प्रभाव पारेको हुन सक्छ।अहिले गाउँ–शहरका सामान्य जनले नेपालमा अवसर छ भन्ने महसुस नै गर्न सकेका छैनन्। पछिल्लो समय विदेश जानेको संख्या बढिरहेको छ। भर्खरका युवासँग कुरा गर्दा पनि थाहा हुन्छ– उनीहरू लाई यहाँ पढेर केही गर्न सकिन्छ भन्ने लागेकै छैन। यहाँ राम्रो भविष्य देख्न सकिरहेका छैनन्।

यसले कालान्तरमा सामाजिक बहस, सामाजिक आन्दोलन, नेपालभित्र हुने सामाजिक–राजनीतिक विभेदहरूमा पनि बहस गर्ने जमातलाई पाखा लगाउँछ। जब नयाँ पुस्ता सामाजिक– राजनीतिक परिस्थितिबाट बाहिर जान्छन्, त्यसले यथास्थितिलाई ‘मेन्टेन’ गर्न सघा उँ पुर्‍याउँछ। यही गञ्जागोलबाट सरकार अथवा सीमित व्यक्तिले फाइदा उठाइरहने सम्भावना हुन्छ। सरकारका नकारात्मक कामलाई प्रश्न गर्ने जमात कम हुँदै जान्छ। किनकि, उनीहरूमा त विदेशिने मनसाय हुन्छ। यसले सामाजिक बहसलाई अझै टाढा धकेल्छ।दु ईतिहाइको सरकार छ। त्यसैले सुरुमा धेरैले आशा पनि गरेका थिए।
ती आशा निराशामा परिणत हुँदै छन्। निराशाका संकेत पर्याप्त देखिएका छन्। दुईतिहाइको सरकारले नीतिगत परिवर्तन गरेर सम्पूर्ण नेपालीलाई छुने शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा ध्यान दिनुपथ्र्याे।

सबैले भोगिरहेको समस्यामा ‘पोलिसी लेभल’ को परिवर्तन गरेर अघि बढ्नुपथ्र्याे।जस्तो, शिक्षामा परिवर्तन हुनुपथ्र्याे। सर्वसाधारणले हाम्रा बालबच्चाले सुलभ रूपमा शिक्षा पाएका छन् भन्ने महसुस गर्नुपथ्र्याे। स्वास्थ्य सेवामा पनि विगतको भन्दा ‘एक्सेस’ बढाउने काम गर्नुपथ्र्याे। अर्काे महत्त्वपूर्ण कुरा सार्वजनिक यातायातको हो। सबैले स हज रूपमा यात्रा गर्न पाउने हुनुपथ्र्याे। यी दुईतीनटा कुराले सबै नेपालीलाई छुन्छ।
मुख्य गरी,सरकारले केही नीतिगत परिवर्तन गरेर अगाडि जानुपथ्र्याे।छोटो समयमा तुरुन्तै गर्न नसके पनि केही सुधारात्मक कार्यक्रम र नीतिगत परिवर्तन गरेर सुधारका संकेत दिन सकिन्थ्यो, तर त्यस्तो केही पनि देखिँदैन।

सरकार अलमलमा परेजस्तो र बाटो पहि ल्याउन नसकेजस्तो देखिन्छ। हुन त नौदश महिनामा व्यापक परिवर्तन हुन्छ भनेर अपेक्षा गर्नु जायज नहुन सक्छ, तर केही संकेत देखिनुपर्ने हो। दुर्भाग्यवश ती संकेत देखिएका छैनन्। (कुराकानीमा आधारित)(प्रशिक्षार्थी पत्रकार प्रकृती दाहाल, उपेन्द्र अर्याल,प्रका श देवकोटा, आशक्ति फुयाल र मेनुका कोइरालाले यस सर्वेक्षणमा सहयोग गरेका थिए।)
प्रतिक्रिया दिनुहोस्

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

बोलमाया र गलबन्दीपछि अञ्जली अधिकारीको आयो अर्को धमाकेदार गीतको भिडियो सार्वजनिक

June 18, 2019 Anu Arpan 0

बोल माया, गलबन्दी, लगायतका गीतहरु सुपरहिट भएसँगै सुन्दरी मोडल अञ्जली अधिकारीको नेपाली मोडलिगंको क्षेत्रमा ब्यापक खोजी भइरहेको छ । चलचित्र प्रसादको बनकी चरी बोलको गीतमा […Read More]

चलचित्र ‘कीर्तिपुर : द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ यही असार १३ गतेबाट प्रदर्शनमा आउँदै

June 18, 2019 Anu Arpan 0

राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको क्रममा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा चलचित्र आधारित चलचित्र ‘कीर्तिपुर : द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ यही असार १३ गतेबाट देशभर प्रदर्शनमा […Read More]

रस मन्जरी कार्यशाला सम्पन्न

June 18, 2019 Anu Arpan 0

कल्चर सेन्टर र रेन्बो जुम्बा डान्स स्टुडियोको संयुक्त आयोजनामा शास्त्रीय नृत्य कत्थक कार्यशाला गोष्ठी सम्पन्न भएको छ। रस मन्जरी शीर्षकमा सम्पन्न कार्यशाला गोष्ठी यही जेष्ठ […Read More]

कौन बनेगा करोडपतिः कपिल शर्माका कारण अमिताभ बच्चनले नयाँ सेट खोज्नु परिरहेछ

June 18, 2019 Anu Arpan 0

अमिताभ बच्चन छिट्टै कौन बनेगा करोडपतिको ११ औं सिजन लिएर सानो पर्दामा आउँदैछन् । दंगल फेम निर्देशक नितीश तिवारी शोको तयारी गरिरहेका छन् । अर्कोतर्फ […Read More]

भीडमा फसेकी दिशा पाटनीलाई टाइगरले यसरी बचाए

June 18, 2019 Anu Arpan 0

भारतीय अभिनेत्री दिशा पाटनी बेला बेलामा आफ्नो व्याइफ्रेण्ड टाइगर श्राफसँग सार्वजनिक स्थलमा देखापर्छिन्। केहीदिन अगाडि उनीहरु दुवैलाई मुम्बईको एउटा रेस्टुरेन्ट बाहिर देखियो। दिशा पाटनीले आकर्षक […Read More]

अभिनेता करण ओबरोयमाथि बलात्कारको आरोप लगाउने महिला पक्राउ

June 18, 2019 Anu Arpan 0

अभिनेता करण ओबरोयमाथि बलात्कारको आरोप लगाउने महिला तान्त्रिकलाई सोमबार भारतको क्राइम ब्रान्चले पक्राउ गरेको छ । करण ओबरोय एक महिनासम्म जेलमा बसेपछि गत हप्तामात्रै जमानतमा […Read More]

कियाराले दिएको यो उत्तेजक अभिनयको रहस्य

June 18, 2019 Anu Arpan 0

 बलिउडको द लस्ट स्टोरीमा अभिनेत्री कियारा आडवाणीले दिएकी छन् एउटा उत्तेजक दृश्य । यो कलात्मक दृश्य भाइब्रेटरको प्रयोगपछिको प्रभावलाई देखाउने प्रकृतिको छ । यो अभिनय […Read More]

‘द भ्वाईस अफ नेपाल’को दोस्रो सिजन साउनदेखि, दुइ नयाँ काेचहरु

June 18, 2019 Anu Arpan 0

गायन क्षेत्रका प्रतिभा खोज्ने रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’को दोस्रो सिजन आउँदो केहि दिनमै सुरु हुँदैछ । दोस्रो सिजन नजिकैनै लाग्दा युनिटले राजधानीमा एक […Read More]

मध्य बाँनेश्वरमा मल्टिप्लेक्स हल खुल्दै

June 17, 2019 Anu Arpan 0

अहिले चलचित्र मात्र राम्रो बनेर हुँदैन । ती चलचित्रलाई देखाउने हल पनि सुविधा सम्पन्न हुन आवश्यक छ । दर्शक अहिले सुविधा सम्पन्न हलमा राम्रै रकम […Read More]

सलमान खानले पूर्व भाइबुहारी मलाइकालाई दबंग ३ बाट हटाए

June 17, 2019 Anu Arpan 0

बलिउड अभिनेता सलमान खानको फिल्म भारतले अहिले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ  । भारत रिलिज हुनुअगावै सलमानले दबंग–३ को सुटिङ सुरु गरिसकेका थिए । दबंग–३ […Read More]

Be the first to comment

Leave a Reply