प्रहरी निरीक्षकले पत्रकारले खिचेको भिडियो र फोटो थर्काउदै डिलेट गर्न लगाउनुको रहस्य यस्तो रहेछ हेर्नुहोस, स्थानीयले समेत गुनासो गरे

यो सामाग्री सेयर गर्नुहोस

प्रहरी निरीक्षक अधिकारीले पत्रकारको क्यामरा खोसेर भने : तैले मलाई नसोधी किन भिडियो खिचिस्

मोरङ – जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक निभेष अधिकारीले पत्रकारमाथि दुर्व्यवहार गरेका छन्  । जिल्ला प्रहरी कार्यालय सुनसरीको सरसफाईको अवस्थाको रिपोर्टिङ गर्न जाने क्रममा उनले आइतबार दिउँसो २ बजे पत्रकार सुमन सूस्केरा तिमल्सिनाको क्यामेर खोसेका हुन् ।

उनले कार्यालयको भिडियो किन खिचेको भन्दै दुर्व्यवहार समेत गरेका छन्  । सरकारी कार्यालयमा हुने अवैध गतिविधिको र त्यहाँभित्र हुने स्वस्थ्य र सरसफाईको विषयमा रिपोर्टिङ गर्न त्यहाँ पुगेका पत्रकार सूस्केरामाथि निरीक्षक अधिकारीले क्यामेरा खोसेर फोटो समेत डिलिट गरिदिएका हुन ।

निरीक्षक अधिकारीले पत्रकार सूस्केरालाई ब्यारेकमा लगेर उनीसँग भएको क्यामेरा खोसेर क्यामेरामा भएको फोटाहरु सबै डिलिट गरिदिएका हुन्  । एसपी राजन अधिकारी ब्यस्त भएपछि  कार्यालयको भिडियो खिचेर त्यहाँको सरसफाई, फोहोर राख्ने डस्टबिनको फोटो खिचेर प्रहरी निरीक्षक निभेष अधिकारीलेले बोलाएपछि सूस्केराले अधिकारीसँग भेटेका थिए ।

सुरुमा सकारात्मक रुपमा लिएका अधिकारीले एक व्यक्तिले उनीसँग पैसाको कुरा गर्न आएपछि उनी सूस्केराप्रति नकारात्मक बनेको थिए । गाडी दुर्घटनाको विषयमा कुरा गर्न आएका एक सेवाग्राहीसँग उनले पैसाको बार्गेनिङ गरेको कुरा थाहा पाएपछि अधिकारी नकारात्मक देखिएको पत्रकार सूस्केराले बताए ।

‘प्रहरी निरीक्षक अधिकारीले मसँग कुरा गरिरहेका थिए’, पत्रकार सूस्केराले भने,  ‘त्यही बेला एकजना व्यक्ति पैसाको कुरा गर्दै आए, हामीलाई पैसा नदिँदासम्म काम हुँदैन भन्नेसम्मको कुरा भएको केहीबेर पछि उनी मप्रति नकारात्मक देखिए ।’

भर्खरै सरुवा भएर आएका निभेष अधिकारी मुद्दा शाखामा कार्यरत प्रहरी निरीक्षक हुन् । विराटचोक घर भएका अधिकारीले पछिल्लो समय सेटिङमा मात्र काम गर्ने गरेको सेवाग्राहीको आरोप छ ।

उनले सवारी दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै मोटो रकम लिने गरेको गुनासो स्थानीयवासीले गरेको पत्रकार सूस्केराले बताएका छन् । उनी आएदेखि नै सर्वसाधारणले काममा समस्या हुने गरेको समेत बताएका छन् ।

अधिकारीले पत्रकार सूस्केरालाई ‘तैले खिचेको भिडियो राम्रो भए पनि मलाई नसोधी किन खिचिस्’ भन्दै हप्काएको र आक्रोशित भएको पत्रकार सूस्केराले बताएका छन् ।
 

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

बोलमाया र गलबन्दीपछि अञ्जली अधिकारीको आयो अर्को धमाकेदार गीतको भिडियो सार्वजनिक

June 18, 2019 Anu Arpan 0

बोल माया, गलबन्दी, लगायतका गीतहरु सुपरहिट भएसँगै सुन्दरी मोडल अञ्जली अधिकारीको नेपाली मोडलिगंको क्षेत्रमा ब्यापक खोजी भइरहेको छ । चलचित्र प्रसादको बनकी चरी बोलको गीतमा […Read More]

चलचित्र ‘कीर्तिपुर : द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ यही असार १३ गतेबाट प्रदर्शनमा आउँदै

June 18, 2019 Anu Arpan 0

राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको क्रममा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा चलचित्र आधारित चलचित्र ‘कीर्तिपुर : द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ यही असार १३ गतेबाट देशभर प्रदर्शनमा […Read More]

रस मन्जरी कार्यशाला सम्पन्न

June 18, 2019 Anu Arpan 0

कल्चर सेन्टर र रेन्बो जुम्बा डान्स स्टुडियोको संयुक्त आयोजनामा शास्त्रीय नृत्य कत्थक कार्यशाला गोष्ठी सम्पन्न भएको छ। रस मन्जरी शीर्षकमा सम्पन्न कार्यशाला गोष्ठी यही जेष्ठ […Read More]

कौन बनेगा करोडपतिः कपिल शर्माका कारण अमिताभ बच्चनले नयाँ सेट खोज्नु परिरहेछ

June 18, 2019 Anu Arpan 0

अमिताभ बच्चन छिट्टै कौन बनेगा करोडपतिको ११ औं सिजन लिएर सानो पर्दामा आउँदैछन् । दंगल फेम निर्देशक नितीश तिवारी शोको तयारी गरिरहेका छन् । अर्कोतर्फ […Read More]

भीडमा फसेकी दिशा पाटनीलाई टाइगरले यसरी बचाए

June 18, 2019 Anu Arpan 0

भारतीय अभिनेत्री दिशा पाटनी बेला बेलामा आफ्नो व्याइफ्रेण्ड टाइगर श्राफसँग सार्वजनिक स्थलमा देखापर्छिन्। केहीदिन अगाडि उनीहरु दुवैलाई मुम्बईको एउटा रेस्टुरेन्ट बाहिर देखियो। दिशा पाटनीले आकर्षक […Read More]

अभिनेता करण ओबरोयमाथि बलात्कारको आरोप लगाउने महिला पक्राउ

June 18, 2019 Anu Arpan 0

अभिनेता करण ओबरोयमाथि बलात्कारको आरोप लगाउने महिला तान्त्रिकलाई सोमबार भारतको क्राइम ब्रान्चले पक्राउ गरेको छ । करण ओबरोय एक महिनासम्म जेलमा बसेपछि गत हप्तामात्रै जमानतमा […Read More]

कियाराले दिएको यो उत्तेजक अभिनयको रहस्य

June 18, 2019 Anu Arpan 0

 बलिउडको द लस्ट स्टोरीमा अभिनेत्री कियारा आडवाणीले दिएकी छन् एउटा उत्तेजक दृश्य । यो कलात्मक दृश्य भाइब्रेटरको प्रयोगपछिको प्रभावलाई देखाउने प्रकृतिको छ । यो अभिनय […Read More]

‘द भ्वाईस अफ नेपाल’को दोस्रो सिजन साउनदेखि, दुइ नयाँ काेचहरु

June 18, 2019 Anu Arpan 0

गायन क्षेत्रका प्रतिभा खोज्ने रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’को दोस्रो सिजन आउँदो केहि दिनमै सुरु हुँदैछ । दोस्रो सिजन नजिकैनै लाग्दा युनिटले राजधानीमा एक […Read More]

मध्य बाँनेश्वरमा मल्टिप्लेक्स हल खुल्दै

June 17, 2019 Anu Arpan 0

अहिले चलचित्र मात्र राम्रो बनेर हुँदैन । ती चलचित्रलाई देखाउने हल पनि सुविधा सम्पन्न हुन आवश्यक छ । दर्शक अहिले सुविधा सम्पन्न हलमा राम्रै रकम […Read More]

सलमान खानले पूर्व भाइबुहारी मलाइकालाई दबंग ३ बाट हटाए

June 17, 2019 Anu Arpan 0

बलिउड अभिनेता सलमान खानको फिल्म भारतले अहिले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ  । भारत रिलिज हुनुअगावै सलमानले दबंग–३ को सुटिङ सुरु गरिसकेका थिए । दबंग–३ […Read More]

Be the first to comment

Leave a Reply