
असईकाे गोली लागेर प्रहरी जवानकाे गाला उड्याे
काठमाडौं । ललितपुरको लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागमा गोली चल्दा एक जना प्रहरी घाइते भएका छन् । लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागका इञ्जार्ज असई रमेश तामाङकाे पेस्तोलको म्यागजिन अनलोड गर्ने क्रममा पेस्तोल पडि्कएर प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका हुन्।
कार्यालयभित्रकै बेडरुममा बसिरहेको बेला तामाङको पेस्तोलको म्यागजिन अनलोड गर्ने क्रममा पेस्तोल पडि्कएर श्रेष्ठको गालामा लागेको बताइएको छ । घाइते प्रहरी जवान श्रेष्ठको मेट्रो प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
असई तामाङलाई नियन्त्रणमा लिएर नियन्त्रणमा लिएर सातदोबाटो प्रहरीले अनुसन्धान सुरु गरेको छ । असई तामाङलाई भेट्न अाएका थिए श्रेष्ठ । उनीहरू गृहजिल्ला दोलखाका साथी हुन् ।
Leave a Reply
You must be logged in to post a comment.