बिदेशबाट फर्किनेको लागि लोन पाउन अब एयरपोर्टमै पाइन्छ फर्म, तरिका सहित हेर्नुहोस केके गर्नु पर्छ?

यो सामाग्री सेयर गर्नुहोस

विदेशबाट फर्केका युवाहरुले धमाधम सरल कर्जाको लागि आवेदन दिँदै, आवश्यक कागजात र नियमहरु के-के छन् ?

काठमाडौँ – विदेशबाट फर्किएका युवालाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले ल्याएको सरल कर्जा कार्यक्रमप्रति युवाको आकर्षण बढेको छ । सरकारले वैदेशिक रोजगारीका क्रममा विशेष ज्ञान, सीप र दक्षता आर्जन गरेर नेपाल फर्की पेशा, व्यवसाय तथा उद्यम गर्न इच्छुक युवालाई आव २०७५/०७६ मा १० लाख रुपैयाँसम्म सरल कर्जा प्रदान गर्ने कार्यक्रम शुरु गरेको छ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले स्वदेशमै स्वरोजगार हुन इच्छुक युवालाई सूचीकरणका लागि आह्वानसमेत गरिसकेको छ। बोर्डले यही मङ्सिर १३ गतेदेखि आवेदन सङ्कलनको काम शुरु गरेको हो । सरल कर्जा कार्यक्रमप्रति युवाको आकर्षण देखिएको छ।

मङ्गलबारसम्म एक हजार २२३ युवाले सरल कर्जाका लागि निवेदन दिएको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए। अहिले बोर्डको सचिवालयमा सरल कर्जाका लागि निवेदन दिन आउने युवाको बिहानैदेखि भीड लाग्न थालेको छ । दैनिक करीब ७०/७५ युवा सरल कर्जाको निवेदन दिन बोर्डमा पुग्ने गरेका छन्।
विदेशमा सिकेको सीप नेपालको विकासमा लगाई समृद्धि हासिल गर्न सहयोग पुग्ने बोर्डले विश्वास लिएको छ ।

सरल कर्जा प्राप्त गर्न श्रम स्वीकृति लिई वा नलिई कुनै पनि देशमा कम्तीमा छ महीनासम्म सम्बन्धित तालीम/पेशा/व्यवसायको क्षेत्रमा काम गरी नेपाल फर्किएको तीन वर्ष ननाघेको हुनुपर्नेछ ।विदेशको आवासीय अनुमति पत्र प्राप्त गरेको व्यक्तिले सरल कर्जा कार्यक्रममा सहभागी हुन नपाउने बोर्डले जनाएको छ ।

उद्यम सञ्चालन तथा कर्जा उपयोगसम्बन्धी संक्षिप्त प्रस्ताव आवेदन फारम भर्दा बुझाउनुपर्नेछ । कर्जा भुक्तानी अवधि पाँच वर्षको रहेको छ। सरल कर्जा आवेदन गर्दा नागरिकताको प्रतिलिपि, राहदानी/प्रवेशाज्ञाको प्रतिलिपि, श्रम स्वीकृति लिई काम गर्न गएको देशबाट फर्केको हकमा श्रम स्वीकृतिको प्रतिलिपि, अध्यागमन कार्यालयबाट प्राप्त हुने आगमन स्टिकरको प्रतिलिपि र विदेशमा कम्तीमा छ महीना सम्बन्धित तालीम÷पेशा÷व्यवसाय वा क्षेत्रमा काम गरेको खुल्ने कागजात पेश गर्नुपर्ने कोषले जनाएको छ।

तोकिएका शर्त पूरा भएका निवेदन सङ्कलन गरी बोर्डले स्वरोजगार हुन चाहनेका लगत विवरण तयार पार्ने र सहुलियत कर्जाका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सिफारिश गर्ने बोर्डका उपसचिव सुवेदीले बताए।

सरकारले आव २०७५/७६ को बजेट वक्तव्यमा विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी त्यस्ता युवालाई सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित १० लाखसम्मको ऋण उपलब्ध गराउने घोषणा गरेको थियो ।

सरकारले सरल कर्जा कार्यक्रमलाई व्यवस्थितरूपमा सञ्चालन गर्न ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ जारी गरिसकेको छ।

कर्जाको दुरुपयोग गरेमा वा समयसीमाभित्र कर्जा भुक्तानी नगरेमा ऋणीको नाममा रहेको कुनै पनि चलअचल सम्पत्ति बिक्री गर्न बन्देज लगाउनुका साथै बैंक तथा वित्तीय संस्थामा रहेको खाता रोक्का गर्न र नेपाल सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षालगायत अन्य नागरिक सुविधाबाट वञ्चित गर्न सकिने कार्यविधिमा उल्लेख गरिएको छ ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

स्विस बैंंकमा २० जना नेपालीको खाता, कसको कति होला त जम्मा गरेको रकम? त्यो पनि अबैध?

January 17, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook77TwitterGoogle+Pinterest077sharesकाठमाण्डौँ – खोज पत्रकारहरुको अनुसन्धान अनुसार स्विस बैंकमा २० जना नेपालीको खाता रहेको खुलेको छ । दुई बर्ष अगाडी खोज पत्रकारहरुको अन्तराष्ट्रिय […Read More]

जताततै लापरबाही, ६ बर्स बित्यो तर बनेन पुल, कसको पालामा उद्घाटन भएको होला त सो पुल?

January 16, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook83TwitterGoogle+Pinterest083shares(फोटो नमुनाको लागि साभार गरिएको) परासी । नवलपरासी पश्चिम सरावल गाउँपालिकाको धनेवा खोलामा निर्माण सरु भएको ६ वर्ष वित्दा पनि पुल बन्न […Read More]

चीनले मकाउ-हङकङ र भारतले गोवा फिर्ता लिन हुने, नेपालले सिक्किम-दार्जिलिङ फिर्ता लिन किन नहुने ?

January 13, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook1.5kTwitterGoogle+Pinterest01.5ksharesसुगौली सन्धिमा गुमेको भूभाग फिर्ता माग गर्दै राष्ट्र संघमा एक लाख हस्ताक्षर बुझाइने ! ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिमा गुमेको जमीन […Read More]

आखिर कुन देश दियो त शरण यी युवतीलाई जसलाई परिवारले मार्ने भनेर योजना बनाएको थियो? यस्तो रहस्य

January 13, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook180TwitterGoogle+Pinterest0180sharesधर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले रहाफ […Read More]

पृथ्वी जयन्तीको अवसरमा पुर्वराजा ज्ञानेन्द्रको वक्तव्यले करोडौं नेपालीको आँसु झर्यो (पूर्णपाठसहित)

January 11, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook744TwitterGoogle+Pinterest0744sharesपूर्वराजा ज्ञानेन्द्र शाहले देशभन्दा ठूलो कुनै वाद वा विचार हुन नसक्ने बताएका छन् । उनले राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना […Read More]

निर्मलाकी आमाले रगत दिएपछि बाबु आक्रोशित, ‘मलाई फसाउन खोज्छेस्?’

January 11, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook183TwitterGoogle+Pinterest0183sharesमहेन्द्रनगर : निर्मला पन्तको शरीरबाट संकलन गरिएको भजाइनल स्वाब उनकै  हो-होइन एकिन गर्न आमा दुर्गादेवी पन्तले रगतको नमुना दिएकी छन्। यही विषयमा […Read More]

पृथ्वी जयन्तीको अबसरमा शुक्रवार सार्वजनिक बिदा दिदै नेपालगन्ज नगरपालिका

January 10, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook257TwitterGoogle+Pinterest0257sharesपृथ्वी जयन्तीको अवसरमा शुक्रबार नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ। नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगर […Read More]

दिल निशानीले राखेका स्टाटसमा “भाउजू स्याहार्छु” भनेको कसलाई होला त? हेर्नुहोस उनको स्टाटस सहित, केके भने त?

January 8, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook258TwitterGoogle+Pinterest0258sharesकाठमाडौं। देशका चर्चित व्यक्तिहरुको सम्बन्धविच्छेदपछि विवाद निस्किरहेका बेला पत्रकार दिन निशानी मगरले निकै विवादित पोस्ट गरेका छन् । उनले ३ दिनअघि ‘भाउजु […Read More]

जापानबाट आयो अर्को दुखद खवर, साथिको रूममा बस्न गएका एक नेपालीको यसरी भयो निधन

January 6, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook84TwitterGoogle+Pinterest084sharesटोकियो । जापानमा साथीको कोठामा बस्न गएका एक नेपालीको सुतेकै अवस्थामा निधन भएको छ। म्याग्दी जिल्ला स्थायी घर भई लामो समयदेखि जापानमा […Read More]

अत्यन्तै मन छुने श्रीमन र श्रीमतीको कारुणिक अधुरो कहानी, यस्तो कसैलाई नहोस, एकपटक पढ्नुहोस

January 6, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook348TwitterGoogle+Pinterest0348shares#मनछुने_श्रिमान_श्रिमती_को #अधुरो_प्रेम_कथा husband – छोरिको अनि आफ्नो राम्ररी ख्याल गर है .. wife – ए हजुर तपाईं किन परदेश जान खोज्नु भाछ […Read More]

Be the first to comment

Leave a Reply