रातो गोलो घेरा भित्रका मानिस को हुन त? उनि हुन कालो सुचिमा परेका नेता, आखिर कसरी पुगे त्यहा ?

यो सामाग्री सेयर गर्नुहोस

कोपनहेगनमा मस्ती गर्दै कालो सूचीमा परेका मजदुर नेता: अध्यागमन भन्छ, विदेश गएको रेकर्ड छैन

नेपालको अध्यागमले विदेश गएको रेकर्ड नदेखाए पनि अन्टुफका अध्यक्ष गणेश रेग्मी (गोलोघेरा) कोपनहेगनमा अन्य मजदुर नेतासँग रमाइरहेका छन् । उनको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । तस्बिर : जिफन्ट अध्यक्ष विनोद श्रेष्ठको फेसबुकबाट

शम्भु कट्टेल
काठमाडौं : अनियमितताको आरोपमा कालो सूचीमा परेका एक मजदुर नेता बिनारोकटोक डेनमार्कको राजधानी पुगेका छन्। युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम लिएर नतिरेपछि कालो सूचीमा परेका तत्कालीन माओवादीनिकट अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)का केन्द्रीय अध्यक्ष गणेश रेग्मी शनिबार कोपनहेगन पुगेका हुन्।

देशबाहिर जान नपाउने गरी युवा तथा खेलकुद मन्त्रालयले उनको राहदानी रोक्का गर्न कात्तिक २६ गते परराष्ट्र मन्त्रालयमा पत्र पठाएको थियो। परराष्ट्र र गृह मन्त्रालयको समन्वय नहुँदा कालो सूचीका रेग्मीले त्रिवि अध्यागमनबाट सहजै प्रस्थान अनुमति पाएका हुन्। अध्यागमन विभागले रेग्मीलाई रोक्नु वा उनको राहदानी रोक्का गरिएको कुनै निकायले पत्राचार नगरेको दाबी गरेको छ।

तर रेग्मी कोपनहेगन गए-नगएको रेकर्ड त्रिवि अध्यागमनसँग छैन। उनी गत असारमा मात्र विदेश गएको रेर्कड अध्यागमनमा छ। अध्यागमनको इमी सफ्टवयेरमा रेग्मी नेपालबाट बाहिरिएको रेकर्ड नदेखिएको त्रिवि अध्यागमनका एक कर्मचारीले बताए।

उनी अन्य पार्टीका ट्रेड युनियनका नेतासँगै अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयुसी)को सम्मेलनमा भाग लिन अन्टुफका तर्फबाट कोपनहेगन गएका हुन्। अन्टुफबाट ७ जना छानिए पनि खर्च जुटाउन नसकेपछि अरु जान सकेनन्। उनी नेपाल टे«ड युनियन महासंघ जीफन्टका अध्यक्ष विनोद श्रेष्ठ, नेताहरू रमेश बढाललगायतसँगै कोपनहेगन पुगेका हुन्। उनी सहितका मजदुर नेता कोपनहेगन पुगेको तस्बिर नेकपा केन्द्रीय सदस्यसमेत रहेका जीफन्ट अध्यक्ष श्रेष्ठको सामाजिक सञ्जालमा छ।

रेग्मी अध्यक्ष रहेको मजदुर सहिद स्मृति उपभोक्ता सहकारी संस्थाले ०६८ सालमा बेरोजगार युवालाई स्वरोजगार बनाउन ४ वर्षमा भुक्तानी गर्ने सर्तमा कोषबाट ५ करोड ऋण लिएका थिए। उक्त सहकारी टे«ड युनियन महासंघकै छाताअन्तर्गत गठन गरिएको थियो। उनले पेट्रोल पम्प, सहकारी पसल, गाई फार्मलगायतमा लगानी गर्ने भन्दै बेग्लाबेग्लै ८ समूह बनाएका थिए।

स्वरोजगार कोषले बारम्बार ऋण तिर्न ताकेता गर्दा पनि नतिरेपछि सहकारीका रेग्मीलगायत जनक शर्मा, प्रकाश श्रेष्ठ, सोमबहादुर तामाङ, विष्णु थापा र राजाराम ठकुरीलाई युवा तथा खेलकुद मन्त्रालयले कालो सूचीमा राखेको हो।
रेग्मी कसरी पुगे कोपनहेगन ?       

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले रेग्मीलाई कालो सूचीमा राखेको पत्र आउनुअघि नै उनी उडेको बताए। ‘हामीलाई रेग्मीलाई रोक्नु भन्ने कुनै निकायको पत्र आएको छैन, उनी त्यसभन्दा अघि नै उडेका हुन सक्छन्’, उनले भने।

‘रेग्मी कोपनहेगन गएको सुनेपछि हामीले रेकर्ड हेर्‍यौं’, त्रिवि अध्यागमनका एक अधिकृतले भने, ‘उहाँ नेपालबाट बाहिरिएको कुनै रेकर्ड देखिँदैन।’ अध्यागमनले प्रयोग गरिरहेको इमी सफ्टवेयरले सबै यात्रुको प्रस्थान र आगमनको रेकर्ड राख्छ। रेग्मीले ०९०९४६९३ नम्बरको राहदानी प्रयोग गर्दै आएका छन्।

कोषले रकम तिर्न ताकेता गरेपछि उनले पेरिसडाँडास्थित पार्टी कार्यालय अगाडिको २१ आना जग्गा बेच्ने प्रयास गरेका थिए। पार्टी अध्यक्ष पुष्पकमल दाहालले उक्त जग्गा बेचबिखन गर्न दिएनन्। पार्टी एकीकरणपछि अहिले उक्त जग्गा नेकपाको नाममा छ।

मजदुरको विकासमा लगानी गर्न लिएको रकम दुरूपयोग भएकोबारे छानबिन गर्न अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष जय कार्कीको संयोजकत्वमा समिति बनेको थियो। छानबिन समितिले कोषबाट जसले लिएको हो उसैले तिर्नुपर्ने प्रतिवेदन दिएको थियो।

अन्टुफ अध्यक्ष गणेश रेग्मीसहितका अन्य मजदुर नेताको राहदानी रोक्काका लागि युवा तथा खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयले लेखेको पत्र । तस्बिर : अन्नपूर्ण 

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले रेग्मीलाई कालो सूचीमा राखेको पत्र आउनुअघि नै उनी उडेको बताए। ‘हामीलाई रेग्मीलाई रोक्नु भन्ने कुनै निकायको पत्र आएको छैन, उनी त्यसभन्दा अघि नै उडेका हुन सक्छन्’, उनले भने।मजदुरको विकासमा लगानी गर्न लिएको रकम दुरूपयोग भएकोबारे छानबिन गर्न अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष जय कार्कीको संयोजकत्वमा समिति बनेको थियो। छानबिन समितिले कोषबाट जसले लिएको हो उसैले तिर्नुपर्ने प्रतिवेदन दिएको थियो।कोषले रकम तिर्न ताकेता गरेपछि उनले पेरिसडाँडास्थित पार्टी कार्यालय अगाडिको २१ आना जग्गा बेच्ने प्रयास गरेका थिए। पार्टी अध्यक्ष पुष्पकमल दाहालले उक्त जग्गा बेचबिखन गर्न दिएनन्। पार्टी एकीकरणपछि अहिले उक्त जग्गा नेकपाको नाममा छ।‘रेग्मी कोपनहेगन गएको सुनेपछि हामीले रेकर्ड हेर्‍यौं’, त्रिवि अध्यागमनका एक अधिकृतले भने, ‘उहाँ नेपालबाट बाहिरिएको कुनै रेकर्ड देखिँदैन।’ अध्यागमनले प्रयोग गरिरहेको इमी सफ्टवेयरले सबै यात्रुको प्रस्थान र आगमनको रेकर्ड राख्छ। रेग्मीले ०९०९४६९३ नम्बरको राहदानी प्रयोग गर्दै आएका छन्।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

स्विस बैंंकमा २० जना नेपालीको खाता, कसको कति होला त जम्मा गरेको रकम? त्यो पनि अबैध?

January 17, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook77TwitterGoogle+Pinterest077sharesकाठमाण्डौँ – खोज पत्रकारहरुको अनुसन्धान अनुसार स्विस बैंकमा २० जना नेपालीको खाता रहेको खुलेको छ । दुई बर्ष अगाडी खोज पत्रकारहरुको अन्तराष्ट्रिय […Read More]

जताततै लापरबाही, ६ बर्स बित्यो तर बनेन पुल, कसको पालामा उद्घाटन भएको होला त सो पुल?

January 16, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook83TwitterGoogle+Pinterest083shares(फोटो नमुनाको लागि साभार गरिएको) परासी । नवलपरासी पश्चिम सरावल गाउँपालिकाको धनेवा खोलामा निर्माण सरु भएको ६ वर्ष वित्दा पनि पुल बन्न […Read More]

चीनले मकाउ-हङकङ र भारतले गोवा फिर्ता लिन हुने, नेपालले सिक्किम-दार्जिलिङ फिर्ता लिन किन नहुने ?

January 13, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook1.5kTwitterGoogle+Pinterest01.5ksharesसुगौली सन्धिमा गुमेको भूभाग फिर्ता माग गर्दै राष्ट्र संघमा एक लाख हस्ताक्षर बुझाइने ! ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिमा गुमेको जमीन […Read More]

आखिर कुन देश दियो त शरण यी युवतीलाई जसलाई परिवारले मार्ने भनेर योजना बनाएको थियो? यस्तो रहस्य

January 13, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook180TwitterGoogle+Pinterest0180sharesधर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले रहाफ […Read More]

पृथ्वी जयन्तीको अवसरमा पुर्वराजा ज्ञानेन्द्रको वक्तव्यले करोडौं नेपालीको आँसु झर्यो (पूर्णपाठसहित)

January 11, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook744TwitterGoogle+Pinterest0744sharesपूर्वराजा ज्ञानेन्द्र शाहले देशभन्दा ठूलो कुनै वाद वा विचार हुन नसक्ने बताएका छन् । उनले राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना […Read More]

निर्मलाकी आमाले रगत दिएपछि बाबु आक्रोशित, ‘मलाई फसाउन खोज्छेस्?’

January 11, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook183TwitterGoogle+Pinterest0183sharesमहेन्द्रनगर : निर्मला पन्तको शरीरबाट संकलन गरिएको भजाइनल स्वाब उनकै  हो-होइन एकिन गर्न आमा दुर्गादेवी पन्तले रगतको नमुना दिएकी छन्। यही विषयमा […Read More]

पृथ्वी जयन्तीको अबसरमा शुक्रवार सार्वजनिक बिदा दिदै नेपालगन्ज नगरपालिका

January 10, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook257TwitterGoogle+Pinterest0257sharesपृथ्वी जयन्तीको अवसरमा शुक्रबार नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ। नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगर […Read More]

दिल निशानीले राखेका स्टाटसमा “भाउजू स्याहार्छु” भनेको कसलाई होला त? हेर्नुहोस उनको स्टाटस सहित, केके भने त?

January 8, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook258TwitterGoogle+Pinterest0258sharesकाठमाडौं। देशका चर्चित व्यक्तिहरुको सम्बन्धविच्छेदपछि विवाद निस्किरहेका बेला पत्रकार दिन निशानी मगरले निकै विवादित पोस्ट गरेका छन् । उनले ३ दिनअघि ‘भाउजु […Read More]

जापानबाट आयो अर्को दुखद खवर, साथिको रूममा बस्न गएका एक नेपालीको यसरी भयो निधन

January 6, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook84TwitterGoogle+Pinterest084sharesटोकियो । जापानमा साथीको कोठामा बस्न गएका एक नेपालीको सुतेकै अवस्थामा निधन भएको छ। म्याग्दी जिल्ला स्थायी घर भई लामो समयदेखि जापानमा […Read More]

अत्यन्तै मन छुने श्रीमन र श्रीमतीको कारुणिक अधुरो कहानी, यस्तो कसैलाई नहोस, एकपटक पढ्नुहोस

January 6, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook348TwitterGoogle+Pinterest0348shares#मनछुने_श्रिमान_श्रिमती_को #अधुरो_प्रेम_कथा husband – छोरिको अनि आफ्नो राम्ररी ख्याल गर है .. wife – ए हजुर तपाईं किन परदेश जान खोज्नु भाछ […Read More]

Be the first to comment

Leave a Reply