मिस वर्ल्ड बन्ने तयारिमा रहेकी शृङ्खलाले यस्ता ३ कुरा राखिन जसले ३ करोड नेपालिको शिर उचो बनायो

यो सामाग्री सेयर गर्नुहोस

काठमाडौं : ‘नमस्ते नेपाल ! सन्चै हुनुहुन्छ ? ’ मिस वर्ल्ड २०१८ का लागि चीनको सान्यामा भेला भएका एक सय २१ देशका युवती नेपाललाई यसरी सम्बोधन गर्न थालेका छन्। प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सान्या पुगेकी मिस नेपाल शृंखला खतिवडाले उनीहरूलाई नेपाली भाषा सिकाए पछि उनीहरूले यस्तो सम्बोधन गरेका हुन्। भोटिङमा अग्रपंक्तिमा रहेकी शृंखलाले आफ्ना प्रतिस्पर्धीलाई नेपाली बोल्न सिकाइरहेकी छन्।

उत्कृष्ट ३० मा परेकी शृंखलाले शुक्रबार मध्यरातसम्म खसेको कुल भोटमध्ये २०.६८ प्रतिशत पाप्त गरेकी छन्। उनले १ लाख २ हजार ३ सय ८४ मत पाएकी छन् भने उनकी निकटतम प्रतिस्पर्धी फ्रान्सकी माइभा कुको ले ३३ हजार २ सय ९७ (३.३२प्रतिशत) र अमेरिकाकी मारिसा बटलरले ३१ हजार ८ सय २६ मत (०.०४ प्रतिशत) प्राप्त गरेकी छन्। मिस वर्ल्ड २०१८ को अन्तिम प्रतिस्पर्धा डिसेम्बर ८ मा हुँदैछ। भिडियो हेरि भोट गर्नुहोस आजै हो अन्तिम।

विभिन्न च्यानल र सामाजिक सञ्जालमा गरिएको मत सर्वेक्षणमा शृंखला उत्कृष्ट एकदेखि सात स्थानमा परेकी छन्। उनी यसवर्ष मिस वल्डका लागि भारतको प्रतिनिधित्व गरेकी अनुष्कृति भाषभन्दा धेरै अगाडि छिन्। ‘ब्युटी विथ परपस’ भन्ने नारासहित नेपालको प्रतिनिधित्व गरेकी शृंखलाले मुलुकलाई चिनाउन विभिन्न तरिका अपनाएकी छन्।

पेसाले इन्जिनियर शृंखलाको परिचय राउन्डको भिडियो पनि भाइरल भएको थियो। सर्वोच्च शिखर सगरमाथा, बुद्धभूमि, नेपाली कला र प्रकृतिलाई एक साथ जोडेर बनाइएको भिडियोमा शृंखलाले नेपाललाई विश्व सामु चिनाउन निकै मेहेनत गरेकी छन्।

मिस नेपाल बनेपनि मोडलिङ र चलचित्रमा अभिनय गर्ने सोच नभएको स्पस्ट पारेकी शृंखला नयाँ विषयका साथ मिस वर्ल्डमा सहभागी भएकी छन्। उत्कृष्ट विद्यार्थी र राजनीतिक पृष्ठभूमिकी शृंखलाको मिस वर्ल्ड यात्रालाई निकै चासोका साथ हेरिएको छ।

शृंखलाका बुबा सांसद विरोध खतिवडाले छोरीका लागि आफूले पनि भोट गरिरहेको बताए। ‘दिनभर भोटमात्र गरेर बस्ने कुरा त भएन तर भोट चाहीं गरिरहेको छु’, उनले भने, ‘छोरीसँग दिनहुँ कुरा हुन्छ। त्यहाँको माहोलबारे छोरीसँग जानकारी लिइरहेको छु।

Shrinkhala Khatiwada

प्रतिस्पर्धामा छोरी उत्साहित र विश्सस्त छे।’ आफ्नो देश चिनाउन छोरीले निकै मेहनत गरेकोमा उनले खुसी व्यक्त गरे। ‘शृंखला मिस वर्ल्ड बनोस् भन्ने चाहना परिवार मात्र होइन, सबै नेपालीको हो’, विरोधले भने, ‘मिस वर्ल्ड ब्युटी विथ ब्रेनको प्रतिस्पर्धा हो। यी दुवैमा छोरी अब्बल छ।’ अन्नपूर्ण पोस्टबाट।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

के रविले प्रहरीसँगको वयानमा झूट बोलेका हुन् … ?

August 22, 2019 Anu Arpan 0

चितवन– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने अहिले प्रहरी नियन्त्रणमा छन् । रविका अतिरिक्त न्यूज २४ टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कँडेल […Read More]

घटनाले राजनीतिक जस्तो मोड लिए पछी पूर्वमा लामिछानेको समर्थनमा प्रदर्शन

August 22, 2019 Anu Arpan 0

विराटनगर । सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा भोलि मोरङ सदरमुकाम विराटनगरमा युवाहरुको सहकार्यमा प्रदर्शन गरिने भएको छ । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’ का […Read More]

प्रदेश-२ सरकारलाई श्रीकृष्ण प्रणामी युवा परिषद द्वारा धन्यवाद ब्यक्त ..

August 22, 2019 Anu Arpan 0

काठमाडौँ । कृष्ण जन्माष्टमी प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको प्रति कृष्ण प्रणामी युवा परिषदद्वारा धन्यवाद ज्ञापन गरेको छ । आफुहरुको पहललाई स्विकार गरी प्रदेश […Read More]

‘च च हुई’को ‘सिल्की सिल्की बाल’ बन्यो यस्तो …..

August 22, 2019 Anu Arpan 0

काठमाडौं । फिल्म ‘च च हुई’को नयाँ गीत सार्वजनिक भएको छ । राजनराज शिवाकोटी र मेलिना राईको आवाजमा रहेको ‘सिल्की सिल्की बाल’ गीतको भिडियो सार्वजनिक […Read More]

आइएम ट्वान्टी वन’ मा जसिता र धीरज राइ सँगै पर्दा मा

August 22, 2019 Anu Arpan 0

काठमाडौं –अभिनेत्री जसिता गुरुङको अभिनेता प्रदीप खड्कासँग लव अफेयर रहेको हल्लाले केही अगाडि बजार तताएको थियो । ‘लिलिबिलि’ र ‘लभ स्टेशन’ स्क्रिन शेयर गरेका यी […Read More]

राष्ट्रिय निकुञ्जबाट बाहिरीए को पाटेबाघले करेसाबारीमा काम गरीरहेकी महिलाको ज्यान लियो ….

August 22, 2019 Anu Arpan 0

लरिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट बाहिर निस्किएको पाटे बाघको आक्रमणमा परी एक जनाको ज्यान गएको छ । ज्यान जानेमा बर्दिया जिल्ला गेरूवा गाउँपालिका वडा ४ […Read More]

सलमान खानमाथि प्रतिबन्ध किन

August 22, 2019 Anu Arpan 0

बलिउड अभिनेता सलमान खानलाई फेडरेशन अफ वेस्टर्न इन्डिया सिने इम्पलोइज (एफडब्ल्यूआईसीई) ले सलमान खानलाई खुल्ला चेतावनी दिएको छ । सलमान खानले यदि मिका सिंहसँग काम […Read More]

प्रियंकाको समर्थन मा कङगना

August 22, 2019 Anu Arpan 0

बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाउन सफल अभिनेत्री प्रियंका चोपडा यतिबेला विवादमा फसेकी छिन् । भर्खरै युनाइटेड नेशनबाट शान्तीको लागि गुडविल एम्बेस्डर बनेकी चोपडाले ट्विट मार्फत […Read More]

रोनाल्डोले सन्यास लिने तयारी गर्दै

August 22, 2019 Anu Arpan 0

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो सन्यासको बिषयमा मुख खोलेका छन् । ईटालियन सिरि ए च्याम्पियन युभेन्ट्सका फरवार्ड रोनाल्डोले आफुले अर्को बर्ष सन्यास लिन सक्ने बताएका […Read More]

अक्षयको अहिलेसम्मको कलेक्सनको रेकर्ड धेरै कायम

August 22, 2019 Anu Arpan 0

बलिवुडमा सार्वजनिक बिदाको दिन अगष्ट १५ मा रिलिज भएको मिशन मंगल अक्षयकुमारको अहिलेसम्मकै छिटो सय करोड क्लबमा पुग्ने फिल्म बनेको छ । फिल्मले रिलिजको पाँचौ […Read More]

Be the first to comment

Leave a Reply