अझै सरकार देख्नुभएन? ‘पावर चश्मा लगाउन पर्दैन, नचाहे पनि सरकार देख्नुहुन्छ।’ -ओलि

यो सामाग्री सेयर गर्नुहोस

नारायण महर्जन:- प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामसाथ सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ सरकारले देखाउनकै लागि गरेको बताएका छन्।

राजधानीमा मंगलबार सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारका आगामी कार्यक्रम नौमती बाजा बजाएर गरिनेसमेत बताए।

‘भोलि विरोध आउँछ, भोलि भन्नेछन्- तामझाम किन?’, ओलीले भने, ‘यो तामझाम (सरकार)देखिनँ, थाहा पाइनँ भन्नेलाई देखाउन हो, अब त देख्नुभयो होला।’

उनले सरकारले अबका योजनाहरू यसैगरि तामझाम साथ जानकारी गराउने बताए। ‘अब नेपाल तामझाम र खुसियालीका साथ हुन्छ…आज नौमती बजाएको छैन’, ओलीले भने, ‘अरू कार्यक्रम नौमती बाजा साथ हुन्छ।’

प्रधानमन्त्री ओलीले पत्रपत्रिकामा ‘सरकार हरायो’ भनेर सोधिएको भन्दै कार्यक्रममा जवाफ फर्काए। ‘सरकारले सिन्को भाँचेन भने। जुम्रा पनि मारेन भनिन्छ’, ओलीले भने, ‘सरकार सिन्का भाँच्न पनि होइन। जुम्रा मार्न होइन। सरकार देश बनाउन हो। त्यो काम सरकार गर्दैछ। सरकार खोज्नेहरूलाई भन्न चाहान्छु- अझै देख्नु भएन?’

उनले सरकार देख्नका लागि पावर चश्मा लगाउन नपर्ने बताए। ‘पावर चश्मा लगाउन पर्दैन’, ओलीले भने, ‘नचाहे पनि सरकारले देख्नुहुन्छ।’

ओलीले सरकारबारे मजदुर र श्रमजीवीलाई सोध्न आग्रह गरे। ‘हो, त्यहाँ जवाफ पाउनुहुन्छ। केही दिनमा मेलम्ची आउँछ। जवाफ दिन्छ। बाटोमा धुलो उड्न कम भएको छ।

जवाफ पाउनु पर्ने हो अलिकति हो। सडक बढारिन्छ धुलो उड्न छाड्छ अनि थाहा पाउनुहुन्छ। बर्षौ देखि कलंकी नागढुङ्गा बनेन भनियो’, ओलीले भने, ‘तीव्रताका साथ बन्दैछ। त्यहाँ छ सरकार छ।

जता फर्कियो त्यता सरकार देख्न थालेपछी आफैँ चुप लाग्नुहुन्छ।’ केही दिनअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार कतै नदेखिएको भन्दै आलोचना गरेको थियो।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

सलमानको आग्रहपछि तौल बढाउँदै आलिया

May 20, 2019 Anu Arpan 0

सबलिउड स्टार नायक सलमान खान र नायिका आलिया भट्टले एकसाथ चलचित्रमा काम गर्दैछन् । उनीहरुले संजयलीला भन्सालीको निर्देशनमा बन्न लागेको चलचित्र ‘इन्शाअल्ला’मा स्क्रिन साझेदारी गर्न […Read More]

ऐश्वर्यामाथि एक ट्वीटले फसे विवेक ओबराय, जेल जान सक्ने, के थियो ट्वीटमा?

May 20, 2019 Anu Arpan 0

बलिउड अभिनेता विवेक ओबराय एक ट्वीटका कारण विवादमा तानिएका छ । कुनै बेलाकी उनकी गर्लफ्रेण्ड रहेकी चर्चा भएकी ऐश्वर्या राय बच्चनमाथि एक ट्वीटले उनलाई जेलसम्म […Read More]

बलिउड गायिका नेहा कक्कडको लाइभ कन्सर्ट काठमाडौंमा हुने

May 20, 2019 Anu Arpan 0

बलिउडकी प्रख्यात गायिका नेहा कक्कड पहिलो पटक काठमाडौंका दर्शकमाझ प्रत्यक्ष रुपमा प्रस्तुत हुने भएकी छिन् । २५ सय दर्शक क्षमताको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) […Read More]

बिहेको ६ महिनामै कपिल शर्माको घरबाट आयो खुसीको खबर, गर्भवती छिन् पत्नी गिन्नी

May 20, 2019 Anu Arpan 0

कमेडियन कपिल शर्मा चर्चित शो ‘द कपिल शर्मा शो’मा व्यस्त छन् । यो शो अहिले टिआरपीमा शीर्षमा छ । कपिल व्यवसायिक जीवनमा त अघि बढेकै […Read More]

सौगात–श्रृष्टी भन्छन्–‘हामी एक अर्कासँग खुशी छौ

May 20, 2019 Anu Arpan 0

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठ लामो समयदेखि प्रेममा छन् । अब, उनीहरुले प्रेम सम्बन्धलाई बैबाहिक सम्बन्धमा पनि लैजाने सोच बनाएका छन् । चलचित्र […Read More]

साम्राज्ञी भन्छिन्–‘मलाई मेरो काम मनपर्छ, खाली बस्न सक्दिनँ’

May 20, 2019 Anu Arpan 0

अहिलेकी हटकेक तथा नम्बर १ नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूलाई आफ्नो काम निकै नै मनपर्ने बताएकी छिन् । चलचित्र ‘रातो टिका निधारमा’को घोषणा कार्यक्रममा बोल्दै […Read More]

कपिल शर्माको हालसम्मकै ठूलो सफलता, बर्सिन्छन् हर्षका आँशु

May 20, 2019 Anu Arpan 0

चर्चित कमेडियन कपिल शर्माको नाम वल्र्ड बुक अफ रेकर्डसले भारत र विदेशमा सबैभन्दा धेरै हेरिने स्ट्याण्डअप कमेडियनका रुपमा दर्ज गरेको छ। कपिलका गिनिज बुकमा आफ्नो […Read More]

कान्सको रेड कार्पेटमा ‘गोल्डेन मर्मेड’ ऐश्वर्याको जलवा, हेर्नुहोस् २० फोटो

May 20, 2019 Anu Arpan 0

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा फेरि एक पटक धमाका मच्चाएकी छिन् । हरेक वर्ष नयाँ र फरक पहिरनमा देखिने ऐश्वर्याले […Read More]

प्रियंका चोपडा गर्भवती !

May 19, 2019 Anu Arpan 0

बलिउड अभिनेत्री प्रियंका चोपडाले कान्स फिल्म फेस्टिभलमा डेब्यू गरिसकेकी छन्। रेड कार्पेटमा वाक गरेपछि भोलिपल्ट पति निक जोनससँग चोपर्ड ज्वेलरी ब्राण्डको पार्टीमा सहभागी भइन्। दुवै […Read More]

चलचित्रको विश्व मञ्चमा नेपाली नायिका प्रियंकाको पदार्पण हुँदै

May 19, 2019 Anu Arpan 0

कान्स फिल्म फेस्टिभल’ चलचित्र दुनियाँको एक उत्कृष्ट पर्व मानिन्छ । जसमा बलिउडदेखि हलिउडसम्मका कलाकारहरु सहभागी हुन्छन् । विश्वकै प्रतिष्ठित यस फेस्टिभलमा अहिलेसम्म नेपालबाट भने कोही […Read More]

Be the first to comment

Leave a Reply