
कैलाली । कैलालीमा स्कारपियो र बस एक आपसमा ठोक्किदा १ जनाको ज्यान गएको छ। उक्त दुर्घटनामा परी ३ जना घाइते भएका छन्।
हेन्द्रनगरबाट बीरगञ्ज गइरहेको ना ५ ख ७८७९ नंको बस पूर्वबाट पश्चिम आइरहेको से १ प ५७५ नम्बरको जीप गौरीगंगा नगरपालिका ९ संकरपुरमा एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा परी धनगढी उपमहानगरपालिका ७ की ४५ वर्षीया जानकी रानाको ज्यान गएको छ।
दुर्घटनामा सोही ठाउँका २५ वर्षीय हरद्वाबी राना, भारतको लखनउपुरकी ६० वर्षीया मोली राना र सोही ठाउँका ५२ वर्षीया चमरु राना घाईते भएका छन्। घाइतेहरुको सेती अञ्चल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।
Leave a Reply
You must be logged in to post a comment.