दैब पनि दुखिमाथी खनियो : टुहुरा बने शशीका सन्तान, अस्पतालमा कुर्ने समेत कोही भएनन्

यो सामाग्री सेयर गर्नुहोस

डोटी – डडेलधुरा–दिपायल जोड्ने डाक्टर केआईसिंह राजमार्गमा शुक्रबार साँझ भएको स्कुल बस दुर्घटनामा परि डोटीको दिपायल सिलगढी नगरपालिका–४ बस्ने ३५ वर्षीया शशी विकको ज्यान गयो । विकको ज्यान गएपछि उहाँका नाबालक दुई सन्तान टुहुरा भएका छन् ।

आमैसँगै अमरगढीनगरपालिकामा रहेको उग्रतारा मेला हेर्न गएका शशी विकका दुई सन्तान पनि दुर्घटनामा घाइते भएका छन् । ६ वर्षका छोरा नबिन विक गम्भीर घाइते छन् । उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरेको छ । अर्की १२ वर्षीया छोरी दीपा विक पनि दुर्घटनामा परिन् । उनको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आमाको ज्यान गएपछि घाइते भएका नबिन र दीपा बेसाहरा भएका छन् । स्थानीयवासी कल्पना कामीका अनुसार विगत पाँच वर्षदेखि शशीका श्रीमानको अत्तो पत्तो छैन । बुवाको माया ममता नपाएका उनीहरुले अब आमालाई पनि कहिल्यै देख्न नपाउने भएका छन् ।

नाबालक ती दुई बालबालिकाको हेरभाह अब कसले गर्ने भन्ने चिन्ता थपिएको छ । ‘साहरा दिने आमा बित्नुभयो, बाबुको पत्तो छैन, खाना दिने मान्छे पनि छैन’, स्थानीय राम बिकले भन्नुभयो, ‘कलिलो उमेरमा छोराछोरी टुहुरा भए ।’ दिपायलको पिपल्लामा घर जमिन भएपनि बस घटनामा परि घाइते भएका ती बालबालिकालाई अस्पतालमा हेरचाह गर्ने मान्छेसम्म छैनन् ।

दिपायल पिपल्लामा रहेको एक उद्योगमा शशीले काम गरेर छोराछोरी पाल्नुभएको थियो । उहाँले नोकरी गरेर भए पनि छोराछोरी बोर्डिङ स्कुलमा पढाउँनु भएको थियो । तर अब उनीहरुले आफ्नो आमा कहिल्यै नभेट्ने भएका छन् । बावुको पनि अत्तोपत्तो छैन । उनीहरुको उपचार तथा लालनपालन कसले गर्ने भनेर स्थानीय चिन्तित भएका छन् ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

दुधमा मिलाएर खानुहोस् यो वनस्पति , ७० वर्षसम्म पनि देखिनुहुनेछ तपाई जवान

April 20, 2019 Taja Khawar 0

काठमाडौ । हामीले नियमित एक गिलास दुधमा पियौ भने धेरै रोगहरुबाट बच्न सकिन्छ । किनभने दुधमा हाम्रो शरीरमा आवश्यक पर्ने क्याल्सियमको मात्रा हुन्छ । त्यसैले […Read More]

एम बि गुरुङको उत्कृष्ट अभिनय मा चोट सार्बजनिक

April 19, 2019 Taja Khawar 0

बैशाख ६ काठमाडौ नेपालि लोक तथा सुगम संगीत क्षेत्रमा मोडलिङ बिधा बाट आफ्नो परिचय स्थापित गराउन तल्लीन बिगत केही बर्ष अगाडि देखि निरन्तर नेपाली सांगीतिक […Read More]

नयाँ बर्षको शुभकामना सहित कृष्ण पौडेलको बाजाको तालमा // भिडियो सहित

April 13, 2019 Taja Khawar 0

सुजन बिश्वकर्मा भावुक चैत ३० काठमाडौ विकसित डिजिटल प्रबिधिको प्रत्यक्ष प्रभावका कारण तिव्र गतिमा फराकिलो बनिरहेको नेपाली सांगीतिक क्षेत्रमा दिनप्रतिदिन विभिन्न बिधाका गीत संगितसँगै नव […Read More]

हेर्नुभयो ? यस्तो छ प्रकाश सपुतको ब्याटल २

April 6, 2019 Taja Khawar 0

काठमाडौं । गायक प्रकाश सपूतले दोहोरी ब्याटल–२ लिएर आएका छन् । दोहोरी ब्याटलबाट सफलता पाएपछि उनी ब्याटल–२ लिएर आएका हुन् । शब्द तथा संगीत पनि […Read More]

लालुमै र लाउँछ माया पछि सर्जक हमालको उत्कृष्ट सिर्जनामा अधुरो पिरती

April 6, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी चैत २३ काठमाडौ नेपाली सांगीतिक क्षेत्रमा बिगत करिब दुई दशकदेखी निरन्तर सकृय रहदै आएका लोकप्रिय सर्जक तथा गायक हुन शिव हमाल । […Read More]

नमस्ते नेपाल र ज्ञानभुमि हाइटद्वारा बाराका हुरी पीडितलाई राहत सहयोग वितरण

April 5, 2019 Taja Khawar 0

चैत २२ गते बाबुराम सिग्देल, काठमाडौँ । बारामा हावाहुरीको आतंकबाट प्रभावित भएका पीडितहरुलाई नमस्ते नेपाल हातेमालो सामाजिक संस्था र ज्ञानभुमि हाइट सुधार समितिले संयुक्त रुपमा […Read More]

कृष्ण सापकोटा किन बने यसरी पागल // भिडियो सहित

April 2, 2019 Taja Khawar 0

नेपाली लोकसांगीतिक क्षेत्रमा बिगतका बर्षहरु देखि नै सक्रिय रहदै आएका सर्जक तथा मोडल कृष्ण सापकोटा को उत्कृष्ट शब्द सिर्जना र अभिनय मा भर्खरै मात्र नयाँ […Read More]

यसैबर्ष मात्रै सापकोटालाई एक संमान ३ अवार्ड

April 2, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी चैत १९ काठमाडौ “नाट्यश्वर हामी सबै कलाकारको सान , कला र कलाकारीताको जगेर्ना हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजना गरिएको नाट्यश्वर […Read More]

गणतन्त्र नेपालका प्रथम रास्ट्रपति रामबरण यादवको प्रमुख आतिथ्यमा नाट्यस्वर म्युजिक अवार्ड सम्पन्न

April 1, 2019 Taja Khawar 0

चैत्र १८ । नाट्यश्वर म्यूजिक अवार्डमा नेपाली चलचित्र, सङ्गीत तथा रङ्गपत्रकारिताको क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति […Read More]

नाट्यस्वर म्युजिक अवार्ड २०७५ मा बबिता श्रेष्ठलाई सर्बोकृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड

April 1, 2019 Taja Khawar 0

चैत १८ काठमाडौ “नाट्यश्वर हामी सबै कलाकारको सान , कला र कलाकारीताको जगेर्ना हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजना गरिएको नाट्यश्वर म्युजिक अवार्ड कार्यक्रम […Read More]

Be the first to comment

Leave a Reply