आइजिपी बन्नका लागि कति लाख सम्म बुझाइन्छ यहाँ? खरेललाइ आइजिपी बन्नका कति लाख लागि मागियो त?

यो सामाग्री सेयर गर्नुहोस

काठमाडौं – वि.सं २०५३ फागुन १५ मा मोतीलाल बोहोराको पदावधि सकिँदै थियो। अच्युतकृष्ण खरेल र धुर्वबहादुर प्रधान भावी आइजिपीका दाबेदार थिए। खरेललाई आइजिपी बन्नका निम्ति २० लाख रूपैयाँ तयार पार्ने सुझाव आयो।

सरकार परिवर्तन हुने हल्लाबीच शक्तिशाली ब्यक्तिबाट यस्तो प्रस्ताव आएपछि खरेल दुविधामा परे। उनको प्रतिक्रिया के रह्यो ? के खरेल आइजिपीको फुली लगाउनको निम्ति त्यो प्रस्ताव स्विकार्न तयार भए ? पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको प्रकाशोन्मुख आत्मकथा ती शक्तिशाली ब्यक्तिहरूको वर्णन र यस्ता थुप्रै चाखलाग्दा कथाक्रमले भरिएको छ। अच्युतकृष्ण फुटबलका सोखिन थिए। खेल्न पाइन्छ भनेरै प्रहरीमा भर्ती भए। कालान्तरमा उनले यी दुवै क्षेत्रमा सर्वोच्च तहसम्मको यात्रा तय गरे।

यो भिडियो हेर्नुहोस के भन्छन रमेशले?

उनी फुटबलमा राष्ट्रिय टोलीका कप्तान बने, प्रहरी फोर्समा महानिरीक्षक। आफ्नो फुटबल करिअरमा उनले खुब प्रशंसक कमाए। प्रहरी फोर्समा धेरैसँग दुश्मनी मोले। चितवन र भैरहवामा गुन्डा र तस्करहरूसँग भिडे। डाँका पक्रन सीमापार गए। तस्करको बचाउ गर्ने राजनीतिक नेताहरूसँग पटक–पटक झुत्ती खेले। लागुपदार्थ दुव्र्यसन र गुन्डागर्दी रोक्न लामो कपाल पाल्नेलाई समात्दै कपाल कटाइदिने गरेको घटना चर्चित छ। करिब ३१ वर्ष प्रहरी सेवामा बिताएका खरेल महत्वपूर्ण राजनीतिक तथा प्रहरी संगठनभित्रका उथलपुथलपूर्ण घटनाक्रमका साक्षी हुन्। पछिल्लो समय साढे ३३ किलो सुन तस्करी छानबिनमा केही वरिष्ठ प्रहरी अधिकृत मुछिएका छन्। खरेलको आत्मकथाले सुन तस्करीका थप रहस्य उजागर गरेको छ। विगतमा दरबारकै निगरानीमा सुन तस्करी हुन्थ्यो भन्ने उनले खुलासा गरेका छन्।

प्रजातन्त्र पुनर्स्थापनापछि राजनीतिक दलका केही नेताले तस्करको पक्षमा लागेर प्रहरी संगठनमाथि दबाब दिएको वृत्तान्त पनि आत्मकथामा छ। प्रहरी इतिहासमा पूर्व महानिरीक्षक डिबी लामा र तत्कालीन अधिराजकुमार धीरेन्द्रका एडिसी कर्णेल भरत गुरुङ पक्राउ परेको घटना चर्चित छ। उक्त प्रकरणमा लामा र गुरुङसँग बयान लिने जिम्मेवारी खरेललाई थियो। सार्वजनिक चासोका साथ हेरिएको यो ‘हाई–प्रोफाइल’ घटना कसरी अघि बढ्यो भन्नेबारे खरेलले विस्तार लगाएका छन्। २०५७ साउन २२ गते गाडीले ठक्कर दिएर गायक प्रवीण गुरुङको मृत्यु भयो। राजपरिवारकै सदस्य संलग्न यो घटना प्रहरी संगठन निम्ति सम्भवतः सबभन्दा दुविधापूर्ण परिस्थिति थियो। त्यति बेला दोषीलाई जोगाउन कसरी चलखेल भयो भन्ने रोचक वर्णन आत्मकथामा छ। यति मात्र होइन, प्रहरी नियुक्ति, सरुवा–बढुवामा हुने राजनीतिक हस्तक्षेपदेखि संगठनभित्रै उपल्लो दर्जाका हाकिमलाई गरिने चाकडीको खुलासा गरेका छन, खरेलले।

उनको जीवनको आरोह–अवरोह फोर्सको आँखाबाट देशको राजनीतिक घटनाक्रम नियाल्ने आँखीझ्याल पनि हो। उनले तत्कालीन दरबार र पञ्चहरूको दबदबा देखे। २०३६ सालको प्रजातान्त्रिक आन्दोलन भोगे। २०४६ को जनआन्दोलन दबाउन मुख्य भूमिका खेलेको आरोप खेपे। प्रजातन्त्र प्राप्तिपछि राजनीतिक दलहरू र दलीय प्रवृत्ति, राज्यका विभिन्न संयन्त्रसँग दरबारको अन्तरसम्बन्ध, माओवादी र सरकारबीच हिंसात्मक द्वन्द्व  लगायत परिवर्तनका धेरै लहर उनले सामना गरे। माओवादीसँग लड्न दरबारले प्रहरीलाई अत्याधुनिक हतियार नदिने र सेना परिचालन पनि नगर्ने जटिल परिस्थितिका उनी भुक्तमान हुन्। प्रहरी संगठनभित्र हाबी राजनीतिकरण उनले आफ्नै आइजिपी नियुक्तिमा बेहोरेका छन्। माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला प्रहरी संगठनको नेतृत्व सम्हालेका उनी दल, दरबार र सेनाबीच सकसपूर्ण अन्तरसम्बन्धको साक्षी बन्दै दुनै हमलापछि राजीनामा दिएर विदा भएका थिए।

अच्युतकृष्ण खरेलको आत्मकथाले एक प्रहरी अधिकृतको चौबीसघन्टे रापिलो यात्रा अनुभूति गराउँछ। सँगसँगै, त्यो बेलाको नेपालको खेलकुद क्षेत्रको दुरावस्था छर्लंग पार्छ। एक प्रहरी अधिकृत र खेलाडीका रूपमा खरेलको भोगाइलाई आजको अवस्थासँग तुलना गरेर हेर्दा धेरै वस्तुस्थिति दुरुस्तै छन्। ‘आफूलाई नायकका रूपमा स्थापित गर्ने उद्देश्यले मैले आत्मकथा लेखेको होइन,’ खरेलले भनेका छन्, ‘मेरो उद्देश्य जीवनको आरोह–अवरोहमा भोगाइका परिधिभित्रको इतिहास हराउन नपाओस्, अपव्याख्या हुन नपाओस् र आमनागरिकको सुसूचित हुन पाउने अधिकारमा खिया लाग्न नपाओस् भन्ने मात्र हो।’ प्रहरी सेवाको आफ्नो कार्यकालका महत्वपूर्ण घटना, त्यस बेलाका पात्र, प्रवृत्ति, प्रशासनिक कायदा र मर्यादा, संस्थागत अन्तरसम्बन्धका साथै भिन्न भिन्न संस्थाको व्यवहार र आचरणको आलेख सुरक्षित रहोस् भनेर आत्मकथा लेखेको खरेलको भनाइ छ।

पब्लिकेसन्स नेपालयले देशको राजनीतिक तथा सामाजिक विगतलाई उक्त कालखण्डका विभिन्न पात्रका माध्यमबाट बुझ्ने जमर्को गर्दै आत्मकथा शृंखला प्रकाशित गर्दै आएको छ। यो आत्मकथा त्यसैको निरन्तरता हो। इतिहासको ऐना भनेको त्यो इतिहासका पात्रको व्यक्तिगत भोगाइ नै हो। मान्छेको व्यक्तिगत भोगाइमा ऊ आफू बाँचेको समाजको मनस्थिति पनि सँगसँगै अभिव्यक्त भइरहेको हुन्छ।

खरेलको आत्मकथाले पञ्चायतदेखि प्रजातन्त्र पुनर्स्थापनापछिका केही महत्वपूर्ण राजनीतिक तथा सामाजिक घटनाक्रमलाई नजिकबाट नियाल्न सहयोग पुग्ने पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के बताउँछिन्। पुस्तक आगामी शनिबार (असोज २० गते) सार्वजनिक हुँदैछ। सोहि दिन देखि पुस्तक अमेजोनको पी ओ डी (प्रिन्ट अन डिमाण्ड) मार्फत संसारभर उपलब्ध हुने छ। पातलो गाता पुस्तक को मूल्य ६६५ रुपैयाँ र मोटो गाता पुस्तकको मूल्य ९९५ रुपैयाँ राखिएको छ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

बिदेशबाट फर्किनेको लागि लोन पाउन अब एयरपोर्टमै पाइन्छ फर्म, तरिका सहित हेर्नुहोस केके गर्नु पर्छ?

December 14, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook194TwitterGoogle+Pinterest0194sharesविदेशबाट फर्केका युवाहरुले धमाधम सरल कर्जाको लागि आवेदन दिँदै, आवश्यक कागजात र नियमहरु के-के छन् ? काठमाडौँ – विदेशबाट फर्किएका युवालाई स्वरोजगार […Read More]

रास्ट्रपतिको कार्यालयबाट पक्राउ परिन यी फोटो पत्रकार, यस्तो छ उनी पक्राउ पर्नुको कारण

December 13, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook443TwitterGoogle+Pinterest0443sharesफोटो खिच्दै गर्दा पत्रकार वर्षा शाह राष्ट्रपति कार्यालयबाट पक्राउ फोटो पत्रकार वर्षा शाहलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति कार्यालय सितलनिवास अगाडि […Read More]

मिस वर्ल्डबाट नेपाललाइ चिनाएकी शृङ्खलाले मध्यराती टेकिन नेपाली भूमिमा, उनी आउदा उर्लियो जनसागर,

December 13, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook588TwitterGoogle+Pinterest0588sharesविश्व सुन्दरी प्रतियोगितामा सहभागिता जनाएर श्रृखंलाले मध्यरातमा नेपाली भूमि टेक्दा उर्लियो जनसागर, सारा नेपालीलाई दिइन् धन्यवादमिस नेपाल श्रृखंला खतिवडा नेपाल फर्किएकी छन् […Read More]

फिल्मबाट चर्चित हुन नसकेकी यी नायिका एउटै गितको भिडियोले बनायो हिट, कुन गित होला? हेर्नुहोस भिडियो

December 13, 2018 Taja Khawar 1

यो सामाग्री सेयर गर्नुहोसFacebook326TwitterGoogle+Pinterest0326sharesफिल्ममा छाउन नसकेकी नायिका जो एकै गितको भिडियोले रातारात चम्किइन् काठमाडाै‌ । हिजो आज एउटै गीतले बजार पिटेको छ त्यो हो कुलेन्द्र विश्वकर्मा […Read More]

पाथीभरा माताको तपाईं पनि दर्शन गर्नुहोस, इलामको बरबोटेमा पाथिभरा दर्शन गर्नेको यस्तो भिड देखियो

December 12, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook1.3kTwitterGoogle+Pinterest01.3ksharesविनाय तिम्सीना, इलाम । इलाम, धार्मिक स्थलले भरिभराउ जिल्लाको रुपमा चिनिन्छ । पूर्वी नेपालमा विषेश गरी तप्लेजुङमा पाथिभरा दर्शन गर्न देश विदेशबाट […Read More]

दिपकको शब्द, अभिनय र निर्देशनमा रहेको मार्मिक गित “फोटो हेरेर” सार्बजनिक, हेर्नुहोस भिडियो

December 11, 2018 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook75TwitterGoogle+Pinterest075shares******* मंसिर २५ काठमाडौ, नेपाली लोकसांगीतिक क्षेत्रमा बिगतका केही बर्षहरु देखि अत्यन्तै सक्रिय रहदै आएका विशेषत शब्द सिर्जना बाट आफ्नो पहिचान बनाएका […Read More]

राजेन्द्र महतोले दिए यस्तो चेतावनी, यसले ओलि सरकारलाई कत्तिको असर गर्ला त? हेर्नुहोस के के होला ?

December 11, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook44TwitterGoogle+Pinterest044sharesसरकारलाई दिएको समर्थन फिर्ता लिने : महतो राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले अब बस्ने पार्टी बैठकले सरकारबाट समर्थन फिर्ता लिने […Read More]

अरबपति मुकेशकी छोरीको बिहेमा हलिउड गायिका बियोन्सको यस्तो धमाका भिडियो हेर्नुस

December 10, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook146TwitterGoogle+Pinterest0146sharesअरबपति अम्बानीकी छोरीको बिहेमा हलिउड गायिका बियोन्सको यस्तो धमाका, तीन खानले पनि मच्चाए धमका (भिडियो) एजेन्सी – भारतका सर्वाधिक धनी उद्योगपति मुकेश […Read More]

भारतीय डाँका नेपाल प्रहरिको गोलि लागि मारियो, नेपालमा पसेको थियो लुट्न, को हो कसरी आयो? हेर्नुहोस

December 10, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook223TwitterGoogle+Pinterest0223sharesयि हुन् नेपालमा लुट्न पसेका भारतीय डाँका, जो प्रहरीको गोली लागेर मारिए धरान, २४ मंसिर । सुनसरीमा नेपालमा लुटपाट गर्न भन्दै भारतवाट […Read More]

सेनामा जागिर आएकी युवतिले होटेलभित्र आत्महत्या गरिन, सुसाइड गर्नु अघि उनले गरेका कुराहरु रहस्यमय

December 10, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook838TwitterGoogle+Pinterest0838sharesनेपाली सेनामा जागीर खाने तयारीमा रहेकी युवतीले होटलभित्र झुण्डिएर गरिन् आत्महत्या, झुण्डिनुअघि प्रेमीका नाममा सिन्दुर हालेर सुसाइट नोटमा यस्तो रहस्छ छाडेर गइन्। […Read More]

Be the first to comment

Leave a Reply