अब बिदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने, आयोगले गर्दै छ यस्तो तयारी हेर्नुहोस

यो सामाग्री सेयर गर्नुहोस

२६ कात्तिक, काठमाडौँ । निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ ।

त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन/अनुसन्धान शुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिए । अर्थ मन्त्रालयबाट उपलब्ध बजेटबाट अर्को मुलुकमा गएर अहिले अध्ययन गर्न जान सक्ने अवस्था नरहे पनि अदालतको निर्देशनलाई पालना गर्न आयोगले आफ्नो स्रोत र साधनले भ्याएसम्म अध्ययन गर्ने कार्य शुरु गरिएको उनले बताए ।

वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई मात्र मतदानको अधिकार सीमित नगरी विभिन्न उद्देश्यले विदेशमा रहेका सबै नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक प्रबन्ध गरी व्यवस्थित गर्नेतर्फ आवश्यक कदम चाल्नू भनी गत चैत ७ गते सर्वोच्च अदालतले सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।

यो नपढे पछुतो होला कि? युवराजको जन्म र अनिष्टको आशंका:- दिपेन्द्रको जन्म हुनासाथ राजा महेन्द्रले के के गरेका थिए त?

नेपालजस्तै बाहिर कामदार पठाउने एशियाली मुलुकमा मतदाता अधिकारसम्बन्धी व्यवस्थाको अध्ययन गरी हामीसँग मिल्ने प्रणाली हेरेर मात्र प्रक्रिया शुरु गर्न उपयुक्त हुने आयोगले सोच बनाएको छ । विदेशमा बसेको भएतापनि नेपाली नागरिकता नत्यागेको र अन्य कुनै पनि देशको नागरिकता नलिएको, मतदानका लागि कानूनबमोजिम उमेर पूरा भई मतदाता परिचयपत्र भएको तथा कूटनीतिक निकायले तयार गर्ने लगतमा अद्यावधिक भएको व्यक्तिलाई ‘एक्सटर्नल भोटिङ’ का लागि योग्य मानी सोही अनुसारको व्यवस्था गर्न पनि अदालतले भनेको छ ।

प्रवक्ता सुवेदीले भने, ‘आगामी आवधिक निर्वाचनमा विदेशमा रहे बसेका नेपालीलाई मतदानको अधिकार दिने सन्दर्भमा पक्कै पनि कुनै न कुनै नमूना अपनाउनुपर्ने हुन्छ र त्यसमा हामी जान सक्छौँ ।’ विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउने सिलसिलामा बृहत् अध्ययन गर्न आगामी वर्षका लागि अर्थ मन्त्रालयसँग रकमको व्यवस्था गर्न अनुरोध गर्ने आयोगले बताएको छ ।

विश्वका विभिन्न मुलुकको अन्तरिक कानून फरक–फरक हुने भएकाले कतिपय देशले भनेको समय र दिनमा बिदा नदिन सक्ने सम्भावनालाई दृष्टिगत गरी त्यहाँको कानूनअनुसार मतदानको अधिकार पाउने कि नपाउने भन्ने पक्ष पनि बुझ्न अदालतले सरकारलाई भनेको थियो । निर्वाचन आयोगले विदेशमा रहेका नागरिकको मतदान अधिकारबारे विभिन्न मुलुकले अपनाएको सफल अभ्यासलाई नमूना आधार बनाएर योजना अघि बढाउने आयोगले सोच बनाएको छ । श्रम मन्त्रालयबाट कामदारका लागि गएका ५० औँ लाखले श्रम स्वीकृति लिएका तथा वैदेशिक कामदारमा रहेका अभिलेखबाहेक विभिन्न पेशा र व्यवसायमा २० लाख बढी नेपाली विदेशमा रहेको बताइएको छ ।

मतदानमा भाग लिन पाउने नागरिको सार्वभौम र लोकतान्त्रिक अधिकार भएकाले उक्त अधिकार दिलाउने सन्दर्भमा चाहिने आवश्यक कानून निर्माण गरी अब हुने निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदानमा सहभागी हुनसक्ने वातावरण मिलाउन अदालतले सरकारलाई सुझाव दिएको थियो । विदेशमा रहेका नागरिकलाई मतदानको अवसर प्रदान गर्ने सन्दर्भमा आइपर्ने चुनौती, निर्वाचन खर्च, प्रविधिको प्रयोग, समयावधि, नागरिको पहुँच, राजनीतिक दल र उम्मेदवारको तयारीलगायतका पाटो पक्षलाई मसिनोसँग अध्ययन र विश्लेषण गर्न आवश्यक रहेको निर्वाचनका क्षेत्रमा काम गर्दै आएका अनुभवी बताउँछन् ।

आदेशमा भनिएको छ, ‘प्रत्यक्षरुपमा विदेशस्थित कूटनीतिक निकायमा, प्रतिनिधिमार्फत, हुलाकमार्फत वा विद्युतीय मतदानमध्ये कुन विकल्पको प्रयोग गर्दा अधिक नागरिकलाई स्वच्छ, निश्पक्ष, धाँधलीरहित र गोप्य तरिकाबाट आर्थिक र व्यवस्थापकीय भारबहन गर्नसक्ने गरी मतदानको अवसर प्रदान गर्न सकिन्छ सो सम्बन्धमा विभिन्न राजनीतिक दल, नागरिक समाजलगायतसँग परामर्श गरी आवश्यकता परे नमूना मतदान गरी उपयुक्त व्यवस्था मिलाउनू ।’

कतिपय देशले अझै सन्देह मानिरहेका तथा नेपालभित्रै पनि विद्युतीय मतदान प्रयोग गर्ने विश्वसनीय हिसाबले हेर्न नसकेको अवस्थामा सोचेजस्तो बाह्य मुलुकमा रहेका नागरिकलाई मतदानमा भाग लिने व्यवस्था मिलाउनु निकै चुनौती भए पनि आयोगको पहल अदालतको आदेशको पूर्ण कार्यान्वयन गर्नेतर्फ लक्षित हुने आयोगले जनाएको छ ।

सङ्घीय संसद्ले निर्माण गर्ने कानून र सरकारले तय गर्ने विधिका आधारमा मात्र विदेशमा रहेका नेपाली नागरिकलाई रहे बसेकै देशबाट आयोगले मतदानमा सहभागी गराउन सक्नेछ । आगामी दिनमा कुनै पनि नेपाली नागरिकलाई मतदानबाट बञ्चित हुन नपर्ने ढङ्गबाट आयोगले निर्णय लिने प्रवक्ता सुवेदीले बताए ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

सलमानको आग्रहपछि तौल बढाउँदै आलिया

May 20, 2019 Anu Arpan 0

सबलिउड स्टार नायक सलमान खान र नायिका आलिया भट्टले एकसाथ चलचित्रमा काम गर्दैछन् । उनीहरुले संजयलीला भन्सालीको निर्देशनमा बन्न लागेको चलचित्र ‘इन्शाअल्ला’मा स्क्रिन साझेदारी गर्न […Read More]

ऐश्वर्यामाथि एक ट्वीटले फसे विवेक ओबराय, जेल जान सक्ने, के थियो ट्वीटमा?

May 20, 2019 Anu Arpan 0

बलिउड अभिनेता विवेक ओबराय एक ट्वीटका कारण विवादमा तानिएका छ । कुनै बेलाकी उनकी गर्लफ्रेण्ड रहेकी चर्चा भएकी ऐश्वर्या राय बच्चनमाथि एक ट्वीटले उनलाई जेलसम्म […Read More]

बलिउड गायिका नेहा कक्कडको लाइभ कन्सर्ट काठमाडौंमा हुने

May 20, 2019 Anu Arpan 0

बलिउडकी प्रख्यात गायिका नेहा कक्कड पहिलो पटक काठमाडौंका दर्शकमाझ प्रत्यक्ष रुपमा प्रस्तुत हुने भएकी छिन् । २५ सय दर्शक क्षमताको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) […Read More]

बिहेको ६ महिनामै कपिल शर्माको घरबाट आयो खुसीको खबर, गर्भवती छिन् पत्नी गिन्नी

May 20, 2019 Anu Arpan 0

कमेडियन कपिल शर्मा चर्चित शो ‘द कपिल शर्मा शो’मा व्यस्त छन् । यो शो अहिले टिआरपीमा शीर्षमा छ । कपिल व्यवसायिक जीवनमा त अघि बढेकै […Read More]

सौगात–श्रृष्टी भन्छन्–‘हामी एक अर्कासँग खुशी छौ

May 20, 2019 Anu Arpan 0

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठ लामो समयदेखि प्रेममा छन् । अब, उनीहरुले प्रेम सम्बन्धलाई बैबाहिक सम्बन्धमा पनि लैजाने सोच बनाएका छन् । चलचित्र […Read More]

साम्राज्ञी भन्छिन्–‘मलाई मेरो काम मनपर्छ, खाली बस्न सक्दिनँ’

May 20, 2019 Anu Arpan 0

अहिलेकी हटकेक तथा नम्बर १ नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूलाई आफ्नो काम निकै नै मनपर्ने बताएकी छिन् । चलचित्र ‘रातो टिका निधारमा’को घोषणा कार्यक्रममा बोल्दै […Read More]

कपिल शर्माको हालसम्मकै ठूलो सफलता, बर्सिन्छन् हर्षका आँशु

May 20, 2019 Anu Arpan 0

चर्चित कमेडियन कपिल शर्माको नाम वल्र्ड बुक अफ रेकर्डसले भारत र विदेशमा सबैभन्दा धेरै हेरिने स्ट्याण्डअप कमेडियनका रुपमा दर्ज गरेको छ। कपिलका गिनिज बुकमा आफ्नो […Read More]

कान्सको रेड कार्पेटमा ‘गोल्डेन मर्मेड’ ऐश्वर्याको जलवा, हेर्नुहोस् २० फोटो

May 20, 2019 Anu Arpan 0

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा फेरि एक पटक धमाका मच्चाएकी छिन् । हरेक वर्ष नयाँ र फरक पहिरनमा देखिने ऐश्वर्याले […Read More]

प्रियंका चोपडा गर्भवती !

May 19, 2019 Anu Arpan 0

बलिउड अभिनेत्री प्रियंका चोपडाले कान्स फिल्म फेस्टिभलमा डेब्यू गरिसकेकी छन्। रेड कार्पेटमा वाक गरेपछि भोलिपल्ट पति निक जोनससँग चोपर्ड ज्वेलरी ब्राण्डको पार्टीमा सहभागी भइन्। दुवै […Read More]

चलचित्रको विश्व मञ्चमा नेपाली नायिका प्रियंकाको पदार्पण हुँदै

May 19, 2019 Anu Arpan 0

कान्स फिल्म फेस्टिभल’ चलचित्र दुनियाँको एक उत्कृष्ट पर्व मानिन्छ । जसमा बलिउडदेखि हलिउडसम्मका कलाकारहरु सहभागी हुन्छन् । विश्वकै प्रतिष्ठित यस फेस्टिभलमा अहिलेसम्म नेपालबाट भने कोही […Read More]

Be the first to comment

Leave a Reply