
काठमाडौं । विभिन्न स्थानमा मुलुकको अखण्डतामा आँच आउने अभिव्यक्ति आइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विखण्डनकारी चरित्रका नागरिकको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका छन्।
काठमाडौंमा मंगलबार आयोजित एक साक्षात्कार कार्यक्रममा नेता भण्डारीले राष्ट्रको हितमा आँच आउने खालका काम गर्नेहरूको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका हुन् । नेपालमा अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले नेपालमा कुनै पनि नेतामा इच्छाशक्ति नभएकाले परिवर्तन हुन नसकेको बताए ।
नेपालका युवा नेताहरूले पनि हाइ काढ्ने काममात्रै गरेको भन्दै भण्डारीले आलोचना गरे। युवा नेताहरूले बूढा नेताहरूको लगौँटी समातेर राजनीति गर्ने गरेको भण्डारीको जिकिर थियो।
Leave a Reply
You must be logged in to post a comment.