“हरेक परिवर्तन उपलब्धिमूलक बन्न नसक्दारहेछन्” ज्ञानेन्द्र यस्तो छ उनको शुभकामना सन्देस

यो सामाग्री सेयर गर्नुहोस

काठमाडौं : दसैंको शुभकामना सन्देश सार्वजनिक गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले देश बचाउने चिन्ता व्यक्त गरेका छन्। ज्ञानेन्द्रले २०७५ को दसैंको उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा यस्तो चिन्ता व्यक्त गरेका हुन्।

‘देश बन्ने बनाइने सपना देखेका हामी–राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीका कारण देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपुगेका छौँ’, ज्ञानेन्द्रको सन्देशमा भनिएको छ।

अहिलेको राजनीतिक घटनाक्रमको व्यख्या गर्दै उनले हरेक परिवर्तन उपलब्धि भएको तर हरेक परिवर्तनले उपलब्धि प्राप्त गर्न नसकेको अवस्था देखिएको उल्लेख गरेका छन्। उनले नेपालीबीचको सामाजिक सद्भाव मेटिदै गएको र तराई, पहाड र हिमाल माझको एकता तोड्ने प्रयास भएको बताएका छन्।

‘हरेक उपलब्धि परिवर्तन हुन् तर हरेक परिवर्तन उपलब्धिमूलक बन्न सक्दारहेछन् भन्ने पुष्टि विद्यमान अवस्थाले देखाएको छ’, उनले सन्देशमा भनेका छन्, ‘आज नेपालीबीचको सामाजिक सद्भाव मेटिदै छ भने तराई, पहाड र हिमाल माझको एक्यभाव तोड्ने भगिरथ प्रयत्न भइरहेको छ।’

ज्ञानेन्द्रले आफैंलाई साक्षी राखेर देश र देशबासीका पक्षमा केही गर्ने घडी आएको उल्लेख गरेका छन्। राजनीतिक दलतर्फ लक्षित गर्दै उनले समीक्षा र आत्ममूलयांकनको समय आएको बताएका हुन्। ‘अब समीक्षा र आत्ममूल्यांकनको घडी आएको छ’, उनले भनेका छन्, ‘आफैंलाई साक्षी राखेर देश र देशबासीका पक्षमा केही गर्ने प्रण गरौँ।’

दसैं शुभकामनाका कुरा थोरै र धेरै देशको राजनीतिक अवस्थाप्रति आक्रोश र चिन्ता व्यक्त गरेका ज्ञानेन्द्रले देश शान्त, सुखी र समृद्ध बन्ने आशामा नेपालीले गरेको सहमति राष्ट्रिय एकताका लागि भए पनि त्यो नभएको बताएका छन्।

‘देश शान्त, सुखी र समृद्ध बन्ने आशामा हामीले गरेको सहमति अभिभाज्य मुलुक र सद्भावपूर्ण राष्ट्रिय एकताका निम्ति थियो भन्ने तथ्य पुनःस्मरण गराउँदछु’, उनले भनेका छन्, ‘देशमा शान्ति, सुव्यवस्था बन्ने, एउटा नेपाली अर्को नेपालीबाट मर्नु मारिनु नपर्ने, अपराधिक क्रियाकलापमा न्युनिकरण हुने, केपिला बालबालिकासमेत सुरक्षित र संरक्षित रहन सक्ने, विभिन्न आकार प्रकारका सरकारबाट जनतामाथि आर्थिक भार कम हुने, जनताको जीवन सुखमय बन्ने राष्ट्रिय एकता र सार्वभौमिकता थप मजबुद हुने तथा असहिष्णु व्यवहार निरुत्साहित हुँदै जाने विश्वास हामीले लिएका थियौँ।’

ज्ञानेन्द्रले पछिल्ला दिनमा मौलिक धर्म, संस्कृति र चाडपर्व संकटमा पर्दै जानु सबै नेपालीका लागि दुःखद् भएको उनको भनाइ छ। नेपाल भन्नु नै धार्मिक क्षेत्रको प्रतिक भएको तर त्यसको संरक्षण हुन नसकेको ठहर उनको छ।

ज्ञानेन्द्रले दसैंको शुभकामनामा वक्तव्य सार्वजनिक गरे पनि शुभकामनाका लागि भने दुई वाक्य मात्र खर्च गरेका छन्। सुरु र अन्तिमको वाक्यमा दसैंको कुरा उल्लेख गरे पनि अन्य सबै राजनीतिक विषयवस्तु अटाएका छन्।

‘विजया दशमीको पावन अवसरमा हामी देश भित्र र देश बाहिर रहे बसेका सम्पूर्ण नेपालीमा शान्ति, सुख र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछौँ’, सुरुको वाक्यमा यसरी शुभकामना दिएका उनले अन्तिम वाक्यमा भनेका छन्, ‘श्री नवदुर्गा भवानीले सबै नेपालीमा सद्प्रेरणा प्रदान गरुन्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पुनर्जागरण होस, यही मेरो कामना छ।’

शुभकामना  जस्ताकाे तस्तै
प्यारा नेपाली दिदीबहिनी तथा दाजूभाइ,
विजया दशमीको पावन अवसरमा हामी देश भित्र र देश बाहिर रहे बसेका सम्पुर्ण नेपालीहरुमा शान्ति, सूख र सम्वृद्धिको लागि शूभकामना व्यक्त गर्दछौं ।

नेपाल राष्ट्र भन्नू नै यन्त्रीय, मन्त्रीय, तन्त्रीय, वैदिक, अनूष्ठान, साधना र परम्पराले व्यष्टित रहेको छ । कोट, मौलो, खडग, छत्र, शिला, कलश, शक्तिपीठका प्रतिककारुपमा रही नेपाली समाजमा देवी महात्म्यम आरध्य छिन् । तर पछिल्लो समय हाम्रा मौलिक धर्म, संस्कृति र चाडपर्वहरु संकटमा पर्दै जानू सबै नेपालीका लागि विषद् विषय बनेको छ ।

देश शान्त, सूखी र सम्वृद्ध बन्ने आशामा हामीले गरेको सहमति अभिभाज्य मूलूक र सद्भावपुर्ण राष्ट्रिय एकताका निम्ति थियो भन्ने तथ्य पूनः स्मरण गराउंदछू ।

देशमा शान्ति सूव्यवस्था बन्ने, एउटा नेपाली अर्को नेपालीबाट मर्नू मारिनू नपर्ने, अपराधिक कृयाकलापमा न्युनीकरण हूने, कोपिला बालबालिकाहरु समेत सूरक्षित र संरक्षित रहन सक्ने, विभिन्न आकार प्रकारका सरकारहरुबाट जनतामाथि आर्थिक भार कम हूने, जनताको जीवन सूखमय बन्ने, राष्टिय एकता र सार्वभौमिकता थप मजबुद हूने तथा असहिष्ण व्यवहार निरुत्साहित हूंदै जाने विश्वास हामीले लिएका थियौं ।

देश बन्ने बनाइने सपना देखेका हामी नेपाली – राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसुचीहरुका कारण देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपूगेका छौं । हरेक उपलव्धिहरु परिवर्तन हून् तर हरेक परिवर्तनहरु उपलव्धिमुलक बन्न सक्दारहेनन् भन्ने पूष्टि विद्यमान अवस्थाले देखाइरहेको छ ।

आज नेपालीबीचको सामाजिक सद्भाव मेटिदैछ भने तराई, पहाड र हिमाल माझको एक्यभाव तोड्ने भगिरथ प्रयत्न समेत भइरहेको छ ।

अव समिक्षा र आत्ममुल्यांकनको घडी आएको छ । आफैलाई साक्षी राखेर देश र देशबासीका पक्षमा केही गर्ने प्रण गरौं । श्री नवदुर्गा भवानीले सबै नेपालीमा सत्प्रेरणा प्रदान गरुन्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरण होस्, यही मेरो कामना छ ।
जय नेपाल ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

राष्ट्र र राष्ट्रियता जोगाउनको निमित्त भ्रस्टाचारीलाई खबरदारी सहित नयाँ गीत बोल्नुपर्छ जनता सार्बजनिक // भिडियो सहित

March 22, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook7TwitterGoogle+Pinterest07sharesसुजन बिश्वकर्मा भावुक चैत ७ काठमाडौ देशको बेथिति बारे जनताले आवाज उठाउनु पर्छ राष्ट्र र राष्ट्रियता जोगाउनको निमित्त भ्रस्टाचारीलाई खबरदारी गर्नुपर्छ हो […Read More]

इम्युनोलोजि सम्बन्धि उच्च प्रविधि भित्र्यायो ब्लुक्रस अस्पतालले

March 19, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterGoogle+Pinterest00shares५ चैत, काठमाडौं। विगत २८ वर्षदेखि सञ्चालित त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालले इम्युनोलोजी (रोग प्रतिरोधक) सम्बन्धी उच्च प्रविधि भित्र्याएको छ । डाईग्नोटेक स्पोर्टको सहयकार्यमा […Read More]

लोकप्रिय सर्जक शंकर शर्माको लय सिर्जनामा रुँदै रुँदै बसे सार्बजनिक // भिडियो सहित

March 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook79TwitterGoogle+Pinterest079sharesचैत २ काठमाडौ सालको पात टपरी हुने गीतबाट सर्वाधिक चर्चामा आएका गायक कुलेन्द्र विश्वकर्मा र गायिका अनुजा पुडासैनीको आवाजमा सजिएको लोकदोहोरी गीत […Read More]

संचारकर्मी तथा सर्जक सुजन को स्वर र अभिनयमा ए मेरो साथी सार्बजनिक // भिडियो सहित

March 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook230TwitterGoogle+Pinterest0230sharesचैत २ काठमाडौ नेपाली गीतसंगीत र गीतसंगीत कर्मी हरुलाइ कला पत्रकारिता मार्फत सधैं सपोट गर्दै आएका संचारकर्मी तथा गायक सर्जक सुजन बिश्वकर्मा […Read More]

लोकप्रिय गायक मौसम गुरुङको आवाज र अभिनयमा हारे मैले सार्बजनिक / भिडियो सहित

March 15, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook144TwitterGoogle+Pinterest0144sharesपछिल्लो समय लोकदोहोरी क्षेत्र मा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेको छ । लगानी अनुसार आम्दानी हुँदै नभएनी लगानी […Read More]

सुशीला गौतमको पाहुना सार्बजनिक / हेर्नुहोस् भिडियो

March 2, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook149TwitterGoogle+Pinterest0149sharesबहुप्रतिभाकी धनि लोकप्रिय गायीका सुशिला गौतमको आज जन्म दिन । जन्म दिनको अवसरमा ताजा खवर को तर्फबाट गौतमलाई धेरै धेरै शुभकामना । […Read More]

लिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाकै निधन

February 27, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterGoogle+Pinterest00shares१५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । AS350 […Read More]

बाबु बोगटीले रिलिज गरे नयाँ गीत ‘टिकुली’ (भिडियो)

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook96TwitterGoogle+Pinterest096sharesचर्चित गायक तथा नायक बाबु बोगटीले आफ्नो नयाँ गीत ‘टिकुली’ सार्वजनिक गरेका छन्। शुक्रबार आफ्नै युट्यूब च्यानल बाबु बोगटी च्यानलबाट उनले गीत […Read More]

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरूद्ध प्रहरीमा उजुरी के गरिन त्यस्तो ?

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook80TwitterGoogle+Pinterest080sharesबलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरूद्ध प्रहरीमा उजुरी परेको छ। भारतिय राज्य उत्तर प्रदेशको मुरादावाद जिल्लामा सोनाक्षी सहित ५ जना विरूद्ध ठगीको मुद्दा […Read More]

नख्खु बम विस्फोटमा एनसेलका सुरक्षा गार्डको ‘मिलेमतो’ रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook36TwitterGoogle+Pinterest036sharesललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गर्दै भएको बम विस्फोटमा एनसेलकै सुरक्षा गार्डको मिलेमतो भेटिएको प्रहरीले दाबी गरेको छ। अनुसन्धानका क्रममा एनसेलका सुरक्षा गार्डको […Read More]

Be the first to comment

Leave a Reply