हिन्दुराज्य र राजतन्त्रको बिसयलाइ लिएर यस्तो भने काँग्रेसका नेता खड्काले, हेर्नुहोस के भन्छन

यो सामाग्री सेयर गर्नुहोस

काठमाडौँ : नेपााली कांग्रेसका नेता दीपक खड्काले जनताले चाहे हिन्दूराज्य र संवैधानिक राजतन्त्रको विषयमा छलफल हुनसक्ने बताएका छन् । उनले यदि जनदबाब परेमा यसमा छलफल गर्न आफ्नो पार्टी पनि बाध्य हुने स्पष्ट पारेका छन् । आफूहरुलाई प्रतिपक्षमा बस्न जनताले भनेको कुरालाई सहर्ष स्वीकार गरेको खड्काले बताए ।

‘जनताको सुख, सुविधा र हामीले निर्माण गरेको संविधानलाई कार्यान्वयन गर्ने विषयलाई नेपाली कांग्रेसले जहिले सरकारलाई सहयोग गर्छ’, उनले भने, ‘सहयोग रहिरहन्छ भन्ने कुरा हाम्रो उद्घोष हो । आज पनि नेपाली कांग्रेस त्यो उद्घोषभन्दा पछाडि छैन ।’

उनले ओली नेतृत्वको सरकारलाई अत्यन्तै बलियो भन्दै गर्दा सरकारसँग आशा पनि त्यही स्तरको हुने बताए । ‘नेपाली कांग्रेसले यो सरकारलाई स्वागत गर्छ । र, आशा पनि गर्छ । किनकी बलियो सरकार नेपाली कांग्रेसको पनि चाहना हो’, खड्काले भने, ‘संसदीय व्यवस्थाभित्रको विजयमा यस्तो बलियो सरकार भइरहँदा तमाम जनताका आशा र इच्छा हुन्छन् । अब हाम्रो मुलुक समृद्ध बन्नसक्छ । र, हामीले चाहेजस्तो मुलुक बनाउन सक्छौं भन्ने जनताको जुन आशा हो, त्यो आशामाथि तुषारापात हुन सुरु गरेको छ ।’

हत्या, हिंसा, बलात्कारमा सरकारको हात छ भन्ने कुरा पछिल्लो समय प्रष्ट हुन थालेको पनि उनले गम्भीर आरोप लगाए । उनले भने,‘वास्तवमा प्रधानमन्त्री आँफै भनिरहनुभएको छ की सरकार कसले चलाइरहेको छ भनेर ? अब यति निरिह, यत्रो दमदार, जनताको म्याण्डेट पाएको दुईतिहाइ बहुमत भएको सरकारका प्रधानमन्त्री यति निरिह हुन मिल्छ ? आश्चर्य लागेको छ ।’

खड्काले कम्तिमा बलात्कारमा, हत्या, हिंसामा, भ्रष्टाचारमा, आतंकमा सरकारको हात छ भन्ने कुरा सुन्न नपाइयोस् भन्दै सरकारप्रति कटाक्ष गरे । उनले संविधान संशोधनको विषय चलिरहेकोले संशोधन गर्नुपर्ने जति सबै कुराहरु संशोधन गर्न सरकारलाई सुझाव दिए ।

‘संविधान बनाउँदै गर्दा म पनि त्यसको सदस्य थिएँ । जनताले आज गाउँमा प्रश्न गर्न थालेका छन् । तपाईहरुले हिन्दू राष्ट्रको विषयमा किन सोध्नुभएन भनेर ? अब यसको छलफल पनि हुन जरुरी छ’, खड्काले भने, ‘जनताले यसबारे आफ्नो अभिमत प्रकट गर्न पाउनुपर्छ भन्ने विषय अब चर्चाको विषय बन्न सक्छ । त्यसकारण सरकार यस विषयमा पनि सजग रहोस् । र, छलफल गरोस् । पार्टीहरुलाई मिलाएर मुलुकको हित हुनेगरि हामीले सरकार सञ्चालन गर्दा कसको लागि गर्दछौं ?’

खड्काले संवैधानिक राजतन्त्रबारे पनि छलफल हुन सक्ने बताए । ‘संवैधानिक राजतन्त्रको विषयमा पनि छलफल नहोला भनेर म भन्न सक्दिन । तर, जनताले चाहे भने जुनसुकै विषय पनि छलफल हुन्छ’, खड्काले भने, ‘हिजोपनि जनताले चाहेर संविधान निर्माण भएको हो । जनताका आकांक्षाहरुमा केही कुराहरु छुटेका छन् भने अझ समावेश गर्नुपर्छ । हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रको विषय मैले गाउँघरमा सुनेको हुँदा जनता यतातिर जानुको कारण हाम्रो कमजोरीले हो, या हिजो संविधानमा यो विषय छलफलको विषय नबनाइएको कारणले हो । म गाउँघरतिर घुम्दा जनताले यो विषयमा छलफल गर्न चाहन्छन् ।’

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

सलमानको आग्रहपछि तौल बढाउँदै आलिया

May 20, 2019 Anu Arpan 0

सबलिउड स्टार नायक सलमान खान र नायिका आलिया भट्टले एकसाथ चलचित्रमा काम गर्दैछन् । उनीहरुले संजयलीला भन्सालीको निर्देशनमा बन्न लागेको चलचित्र ‘इन्शाअल्ला’मा स्क्रिन साझेदारी गर्न […Read More]

ऐश्वर्यामाथि एक ट्वीटले फसे विवेक ओबराय, जेल जान सक्ने, के थियो ट्वीटमा?

May 20, 2019 Anu Arpan 0

बलिउड अभिनेता विवेक ओबराय एक ट्वीटका कारण विवादमा तानिएका छ । कुनै बेलाकी उनकी गर्लफ्रेण्ड रहेकी चर्चा भएकी ऐश्वर्या राय बच्चनमाथि एक ट्वीटले उनलाई जेलसम्म […Read More]

बलिउड गायिका नेहा कक्कडको लाइभ कन्सर्ट काठमाडौंमा हुने

May 20, 2019 Anu Arpan 0

बलिउडकी प्रख्यात गायिका नेहा कक्कड पहिलो पटक काठमाडौंका दर्शकमाझ प्रत्यक्ष रुपमा प्रस्तुत हुने भएकी छिन् । २५ सय दर्शक क्षमताको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) […Read More]

बिहेको ६ महिनामै कपिल शर्माको घरबाट आयो खुसीको खबर, गर्भवती छिन् पत्नी गिन्नी

May 20, 2019 Anu Arpan 0

कमेडियन कपिल शर्मा चर्चित शो ‘द कपिल शर्मा शो’मा व्यस्त छन् । यो शो अहिले टिआरपीमा शीर्षमा छ । कपिल व्यवसायिक जीवनमा त अघि बढेकै […Read More]

सौगात–श्रृष्टी भन्छन्–‘हामी एक अर्कासँग खुशी छौ

May 20, 2019 Anu Arpan 0

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठ लामो समयदेखि प्रेममा छन् । अब, उनीहरुले प्रेम सम्बन्धलाई बैबाहिक सम्बन्धमा पनि लैजाने सोच बनाएका छन् । चलचित्र […Read More]

साम्राज्ञी भन्छिन्–‘मलाई मेरो काम मनपर्छ, खाली बस्न सक्दिनँ’

May 20, 2019 Anu Arpan 0

अहिलेकी हटकेक तथा नम्बर १ नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूलाई आफ्नो काम निकै नै मनपर्ने बताएकी छिन् । चलचित्र ‘रातो टिका निधारमा’को घोषणा कार्यक्रममा बोल्दै […Read More]

कपिल शर्माको हालसम्मकै ठूलो सफलता, बर्सिन्छन् हर्षका आँशु

May 20, 2019 Anu Arpan 0

चर्चित कमेडियन कपिल शर्माको नाम वल्र्ड बुक अफ रेकर्डसले भारत र विदेशमा सबैभन्दा धेरै हेरिने स्ट्याण्डअप कमेडियनका रुपमा दर्ज गरेको छ। कपिलका गिनिज बुकमा आफ्नो […Read More]

कान्सको रेड कार्पेटमा ‘गोल्डेन मर्मेड’ ऐश्वर्याको जलवा, हेर्नुहोस् २० फोटो

May 20, 2019 Anu Arpan 0

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा फेरि एक पटक धमाका मच्चाएकी छिन् । हरेक वर्ष नयाँ र फरक पहिरनमा देखिने ऐश्वर्याले […Read More]

प्रियंका चोपडा गर्भवती !

May 19, 2019 Anu Arpan 0

बलिउड अभिनेत्री प्रियंका चोपडाले कान्स फिल्म फेस्टिभलमा डेब्यू गरिसकेकी छन्। रेड कार्पेटमा वाक गरेपछि भोलिपल्ट पति निक जोनससँग चोपर्ड ज्वेलरी ब्राण्डको पार्टीमा सहभागी भइन्। दुवै […Read More]

चलचित्रको विश्व मञ्चमा नेपाली नायिका प्रियंकाको पदार्पण हुँदै

May 19, 2019 Anu Arpan 0

कान्स फिल्म फेस्टिभल’ चलचित्र दुनियाँको एक उत्कृष्ट पर्व मानिन्छ । जसमा बलिउडदेखि हलिउडसम्मका कलाकारहरु सहभागी हुन्छन् । विश्वकै प्रतिष्ठित यस फेस्टिभलमा अहिलेसम्म नेपालबाट भने कोही […Read More]

Be the first to comment

Leave a Reply