खाडीमा घरेलु कामदार महिलाको श्रम नबिकरण रोकिनु सहि या गलत ।

खाडीमा खाद्दामा हुनु दुर्भाग्य हो

यो सामाग्री सेयर गर्नुहोस

सरकारले खाडीमा कार्यरत घरेलु श्रमिकको श्रम स्वीकृति नवीकरण नगर्ने निर्णय गरेको समाचारले मिडिया बजार तातेको छ । म गम खाएर सोचिरहेकी छु, आखिर किन नबिकरण नगर्ने निर्णय गर्यो सरकारले श्रम स्वीकृति ?  हुन त यो नौलो बिषय होइन । यस बारेमा पट्क पट्क कुरा उठिरहेको छ मिडियामा अझ युइएईबाट बढी मात्रामा यस बिषयमा आवाज हरु उठेका छन् । गत महिना मात्र गृहमन्त्रालायमा श्रम खोल्नको लागी अपिल सहित पत्र पेश भएको जानकारी पनि आएकै छ।

श्रम स्वीकृति नबिकरण नहुँदा के हुन्छ त्यो बुझ्नु पर्ने मुख्य कुरा हो । यहाँ कार्यरत रहेर बार्षिक बिदामा नेपाल फर्केका घरेलू कामदार हरुको भिषा भएपनि श्रम स्वीकृति नबिकरण नभए सम्म उनीहरु नेपालको एयरपोर्ट भएर पुनः खाडी फर्कन पाउनेछैनन । अहिले त भारत सरकार संग पनि सम्झौता भैसकेको छ सायद भारतिय भुमि प्रयोग गरेर खाडी फर्कनलाई पनि श्रम स्वीकृति त अनिवार्य जस्तै भएको छ । सेटिंग मिलाए बाहेक ।

एक हिसावले श्रम स्वीकृति नवीकरण नगर्दैमा शोषणमा पर्ने सम्भावना घट्छ भन्न सकिदैन किनकि जो खाडीमा शोषणमा परेका छन् उनीहरु एकपटक नेपाल गईसकेपछी पुनः पर्केर खाडी आउने सम्भावना अत्यन्त्यै न्युन हुन्छ अझ त्यहि भिषामा अथवा त्यहि घरमा काम गर्ने गरि फर्कने सम्भावना त हुदै हुदैन भन्दा पनि हुन्छ । जसो तसो छुटकारा पाएर नेपाल फर्केको घरेलु कामदार जानीजानी बाघको खोरमा फर्कदैन तर जो फर्कन चाहान्छ उसको जागिर पक्कै राम्रो रहेको हुनुपर्छ । फर्कन चाहानेले राम्रो कमाइ गरिरहेको र शोषणमा पर्नु नपरेको कारणले नै उ पुरानै रोजगारदाता कहाँ फेरी काम गर्नको लागी फर्कन चाहेको हुन्छ । अब बिचार गरौँ जसको जागीर यसै पनि राम्रो छ सुरक्षीत् छ र राम्रो कमाइ छ भने उसको श्रम स्वीकृति रोक्न पर्ने कारण के हुन सक्छ? उसलाई कमाउने मौका किन नदिने ? यस्ता प्रश्न हरु पनि उठ्न सक्छन जुन स्वाभाविक लाग्छन ।

यी तमाम बहसका बिचमा मेरो आफ्नो बिचार चाहिं के हो भने यदि सरकार आफ्ना जनताको सुरक्षामा मात्र नभएर नेपाली चेलीको मान सम्मानको बिषयमा पनि गम्भीर भएर घरेलु कामदारको श्रम स्वीकृति नबिकरण नगर्ने निर्णय गरेको हो भने त्यो काम एकदम स्वागत योग्य काम हो ।  तर अहिले केहि समयलाई रोकेर फेरी अर्को कुनै बहानामा खोल्ने प्रपन्च हो अथवा मेनपावर ब्यबसायी र सरकार बिचको कुनै लेनदेन तालमेल नमिलेर कामदार लाइ बलीको बाख्रो बनाइएको हो भने सरकारको कदम एकदम गलत हो ।

हुन त घरेलु कामदारको श्रम नबिकरण हुनु हुदैन भनेर लेख्दै गर्दा कैयौ कामदार चेलीहरु म माथी धारेहात लाउन आइपुग्नेछन अथवा कैयौले मैं माथी अनेकौ प्रश्न सहित गाली गलौज समेत गर्ने छन ।जसले जे भनेपनि घरेलू कामदार लाइ पुनः खाडी पठाउन हुदैन भन्ने बिषयमा निश्चित कारण हरु छन् जुन मेरो मनमा खेलीरहेछन र ति कुराहरु वास्तविकताको धेरै नजिक समेत छन् ।

खाडी पर्कन चाहाने अधिकांश घरेलू कामदार हरु जो आफु सुरक्षित् छु भन्ने महसुस गरेर  श्रम नवीकरण हुनुपर्ने भन्ने माग गरिरहेछन र अधिकांश समाजसेवी, ब्यबसायी लगायत सर्वसाधारण समेत सुरक्षित् रुपमा काम गरिरहेका घरेलु कामदारको श्रम नवीकरण हुनुपर्छ भन्ने पक्षमा छन् । तर घरेलु कामदारको श्रम नबिकरण हुनु हुदैन अथवा नेपाली कामदार खास गरि महिला हरुलाई घरेलू कामदारको रुपमा पर्योग गरिनु हुदैन उनीहरुको श्रम नवीकरण नगरियोस भन्ने आशय ब्यक्त गर्ने म एक्लै या हातका औंलामा गन्न सकिने केहि मान्छे मात्र छौं होला जो घोर अल्पमतमा परिन्छ र सायद गालिको भागीदार पनि भईएला । गाली खाइएला भन्ने डर लाइ एकछिन थाँती राखेर अब हेरौं आखिर घरेलु कामदारको श्रम स्वीकृति किन नबिकरण हुनु हुदैन त ?

हुन त म आफैले आफुलाई राम्रो जागीर गरिरहेको भनेर मपाइत्व प्रदर्शन गरेर घरेलु कामदारलाई हेयको रुपमा प्रस्तुत गर्न खोजेको होइन । तर यहाँ एक दुई जना चेलिहरुले आफ्नो कमाइ राम्रो भएको बताउदा बताउदै र आफु सुरक्षित् भएको भन्दा भन्दै पनि उनीहरुले पाएको  दुख लाइ देखेको नदेखेई गर्न सक्दिन । तुलनात्मक रुपमा दुवई कतार लगायतका मुलुक हरु घरेलू कामदारको लागी सुरक्षित् छन् यी देशमा घरेलू कामदार पठाउदा असुरक्षित् हुने र शोषणमा पर्ने सम्भावना समेत न्युन हुन्छ । तर सरकारका पनि आफ्नै बाध्यता हरु छन् होला । दुबई या कतार को लागि श्रम नबिकरण गर्ने तर खाडीका अन्य देशको लागि नगर्ने जस्ता निर्णय हरु गर्न कुटनैतिक हिसावले पनि मिल्ने खाले छैन होला । त्यसैले सरकारले सबै देशमा कार्यरत कामदार लाइ रोक्ने निर्णय गरेको होला ।

घरेलु कामदारको रुपमा काम गर्ने मान्छे जतिसुकै बिकशित र शिक्षित् परिवारको घरेलु कामदार भए पनि आफ्नो स्वाभिमान त गुमाउनै पर्छ ।  हाम्रो नेपालमै पनि त छन् घरेलु कामदार हरु के नेपालमा कार्यरत घरेलु कामदार हरुले स्वाभिमान पुर्वक काम गरेका छन् त ? के नेपालमा साहु साहुनी या मालिक मालिक्नी हरुको क्षुद्र बचन सहन परेको छैन होला त ? त्यस्तै हो दुवई कतार भनिएका देशमा समेत क्षुद्रताको सामना त गर्न पर्छ पर्छ त्यसमा दुइमत छैन । भलै श्रम शोषण र यौन शोषणमा पर्ने जस्ता अवस्था नआउलान तर “नोकर” भएको महसुस चाहिं हरेक मिनेट अनुभव गर्नु पर्ने हुन्छ यौटा घरेलु कामदार ले ।

अरविका बर्षै पिच्छे जन्मेका केटाकेटी स्याहार्नु, भाँडा माझ्नु, ट्वाइलेट सफा गर्नु, उनीहरुका लुगा धुनु, आइरन गरेर चिटिक्क पार्नु, घर सफा गर्नु, बुढा बुढी हरुको स्याहार गर्नु हो यिनै त हुन् घरेलु कामदारले गर्ने कामहरु । यौटा बच्चो रोयो भने, यौटा बच्चोले गल्ति गरेर लड्यो भने, आफुले स्याहार गर्ने वृद्द व्यक्ति सौचालयमा लड्यो भने, आफुले आइरन गरेको कपडा बिग्र्यो भने अथवा अन्य कुनै पनि सानो गल्ति हुँदा मालीक मालिक्नी ले गरेको ब्यबहार सम्झ्यो भने पक्कै पनि श्रम नबिकरण नभएकै राम्रो मान्छन उनीहरु पनि जो पुनः फर्कन चाहेका छन् । सुपरमार्केटमा या पार्कमा घुम्दै गर्दा कति नेपाली गरेलु कामदार रोजगारदाता बाट  अपमानित भएको देखेकी छु म आफैले । साना साना कुरा हरु लाइ लिएर चर्का गाली खाएको देखेकी छु मैले । आखिर किन गर्नुपर्यो त्यसरी अपमानित भएर जागिर ? मेरो प्रश्न यत्ति हो ।

हामी नेपाली चेली हरु कैयौ दुखी पनि छौं । बिदेसिनु हाम्रो बाध्यता बनिसकेको छ। देशको आर्थिक अवस्थाले गर्दा पुरुषहरू मात्रको कमाइले घर धान्न गाह्रो परिसकेको छ । जहाँ हामी नेपाली मिहिनेती नारी पुरुषहरूको काँधमा काध मिलाइ कमाउनको लागी विदेश नै रोज्छौ । सुनौलो भविष्यको सपना देख्ने सोझा नारिहरु सजिलै दलालको पन्जामा फस्ने सम्भावना हुन्छ । विदेश जाने रहर मात्र ब्यक्त गर्नुस अथवा दलालले कुनै चेली विदेश जान चाहेको थाहा मात्र पायो भने पनि सुरु भैहाल्छ चेलीको मोलतोल। आफ्नै इज्जतलाई लिलामीमा चढाएर किन हुनुपर्यो घरेलु कामदार?

सुरुमा स्थानीय दलालले मेनपावर लाइ बेच्छ र कमिशन खान्छ, मेनपावरले खाडीमा रहेको दलाललाई बेच्छ र आफ्नो कमिशन खान्छ, खाडीको दलालले रोजगारदाता लाइ बेच्छ र उसले पनि आफ्नो कमिसन खान्छ ।  त्यतिले मात्र नपुगेर पाहुना हुन गएको घरमा समेत घरेलु नोकर सरहको काम गरेर हरेक दिन रात बिताउन पर्छ भने किन फर्कने पुनः खद्दामा (घरेलु कामदार) बनेर ?

भाग्य निकै नै बलियो भए त ठीकैको घर र राम्रो परिवार पर्ला नत्र भने यातना अनि नारकीय जीवन र बदलामा  थोरै पारिश्रमिक त हो घरेलु कामदारले पाउने । यो कुरा यहाँ खाद्दामाको जीवन जिएका कामदार हरुले भोगिसकेका छन जुन कुरा यहाँ भन्दा बढी कोट्याउनु  उपयुक्त पनि नहोला ।

यिनै र यस्तै कारणले घरेलु कामदार हरुको श्रम स्वीकृति रोकियोस् भन्ने चाहान्छु म, ता कि कुनै पनि नेपाली चेलीले अपमानित भएर पैसा कमाउन नपरोस ।  उनीहरुको लागि नेपालमै केहि आर्थिक उपार्जनको जोहो गरेर नेपालमै बस्ने ब्यबस्था मिलाउन सक्नु पर्छ सरकारले यदि नेपाल बस्ने बातावरण मिलाउन सक्दैन र जसरि पनि उनीहरुको गन्तब्य बिदेशनै हो भनेपनि कमसेकम संस्थागत काममा या कम्पनीको काममा जानको लागि प्रोत्साहन दिनु पर्दछ ।

दुबई कतार जस्ता उदार र तुलनात्मक रुपमा बढी स्वतन्त्रता पाउने मुलुकमा कार्यरत रहेका घरेलु कामदार हरुको “राम्रो कमाइ र बेहतर अवस्थाको” दुहाई दिंदै पुरै खाडी भरि घरेलु कामदारले निर्वाध जान पाउनु पर्छ भन्ने माग उठाउनु अगाडी सिरिया, ईराक या कुवेतबाट फेसबुकमा आँशु बगाएका तमाम चेली हरुको आर्तनाद र चित्कार एकपटक सुन्ने कि ? मेरो अनुरोध यत्ति हो –धन्यबाद ।-मोनिका नगरकोटी हाल युएई

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

स्विस बैंंकमा २० जना नेपालीको खाता, कसको कति होला त जम्मा गरेको रकम? त्यो पनि अबैध?

January 17, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook77TwitterGoogle+Pinterest077sharesकाठमाण्डौँ – खोज पत्रकारहरुको अनुसन्धान अनुसार स्विस बैंकमा २० जना नेपालीको खाता रहेको खुलेको छ । दुई बर्ष अगाडी खोज पत्रकारहरुको अन्तराष्ट्रिय […Read More]

जताततै लापरबाही, ६ बर्स बित्यो तर बनेन पुल, कसको पालामा उद्घाटन भएको होला त सो पुल?

January 16, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook83TwitterGoogle+Pinterest083shares(फोटो नमुनाको लागि साभार गरिएको) परासी । नवलपरासी पश्चिम सरावल गाउँपालिकाको धनेवा खोलामा निर्माण सरु भएको ६ वर्ष वित्दा पनि पुल बन्न […Read More]

चीनले मकाउ-हङकङ र भारतले गोवा फिर्ता लिन हुने, नेपालले सिक्किम-दार्जिलिङ फिर्ता लिन किन नहुने ?

January 13, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook1.5kTwitterGoogle+Pinterest01.5ksharesसुगौली सन्धिमा गुमेको भूभाग फिर्ता माग गर्दै राष्ट्र संघमा एक लाख हस्ताक्षर बुझाइने ! ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिमा गुमेको जमीन […Read More]

आखिर कुन देश दियो त शरण यी युवतीलाई जसलाई परिवारले मार्ने भनेर योजना बनाएको थियो? यस्तो रहस्य

January 13, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook180TwitterGoogle+Pinterest0180sharesधर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले रहाफ […Read More]

पृथ्वी जयन्तीको अवसरमा पुर्वराजा ज्ञानेन्द्रको वक्तव्यले करोडौं नेपालीको आँसु झर्यो (पूर्णपाठसहित)

January 11, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook744TwitterGoogle+Pinterest0744sharesपूर्वराजा ज्ञानेन्द्र शाहले देशभन्दा ठूलो कुनै वाद वा विचार हुन नसक्ने बताएका छन् । उनले राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना […Read More]

निर्मलाकी आमाले रगत दिएपछि बाबु आक्रोशित, ‘मलाई फसाउन खोज्छेस्?’

January 11, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook183TwitterGoogle+Pinterest0183sharesमहेन्द्रनगर : निर्मला पन्तको शरीरबाट संकलन गरिएको भजाइनल स्वाब उनकै  हो-होइन एकिन गर्न आमा दुर्गादेवी पन्तले रगतको नमुना दिएकी छन्। यही विषयमा […Read More]

पृथ्वी जयन्तीको अबसरमा शुक्रवार सार्वजनिक बिदा दिदै नेपालगन्ज नगरपालिका

January 10, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook257TwitterGoogle+Pinterest0257sharesपृथ्वी जयन्तीको अवसरमा शुक्रबार नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ। नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगर […Read More]

दिल निशानीले राखेका स्टाटसमा “भाउजू स्याहार्छु” भनेको कसलाई होला त? हेर्नुहोस उनको स्टाटस सहित, केके भने त?

January 8, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook258TwitterGoogle+Pinterest0258sharesकाठमाडौं। देशका चर्चित व्यक्तिहरुको सम्बन्धविच्छेदपछि विवाद निस्किरहेका बेला पत्रकार दिन निशानी मगरले निकै विवादित पोस्ट गरेका छन् । उनले ३ दिनअघि ‘भाउजु […Read More]

जापानबाट आयो अर्को दुखद खवर, साथिको रूममा बस्न गएका एक नेपालीको यसरी भयो निधन

January 6, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook84TwitterGoogle+Pinterest084sharesटोकियो । जापानमा साथीको कोठामा बस्न गएका एक नेपालीको सुतेकै अवस्थामा निधन भएको छ। म्याग्दी जिल्ला स्थायी घर भई लामो समयदेखि जापानमा […Read More]

अत्यन्तै मन छुने श्रीमन र श्रीमतीको कारुणिक अधुरो कहानी, यस्तो कसैलाई नहोस, एकपटक पढ्नुहोस

January 6, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook348TwitterGoogle+Pinterest0348shares#मनछुने_श्रिमान_श्रिमती_को #अधुरो_प्रेम_कथा husband – छोरिको अनि आफ्नो राम्ररी ख्याल गर है .. wife – ए हजुर तपाईं किन परदेश जान खोज्नु भाछ […Read More]

Be the first to comment

Leave a Reply