हास्य प्रहसनमा लोकलय र लोक लवजको प्रयोग, सम्मान की अपमान? -बद्रि पंगेनी

यो सामाग्री सेयर गर्नुहोस

केहि समय पहिला मैले कलाकार हरुको स्वयं निर्मित मर्यादाक्रमको बारेमा सार्वजानिक बिचार व्यक्त गरेको थिएँ । जस्तै कलाकार हरुले आफ्नो मर्यादाक्रम आफै निर्धारण गर्ने र स्वघोषित बरिष्ठ बन्ने, एक किसिमको अहमता प्रदर्शन गर्ने र विधा विशेषका कलाकार हरु लाइ हेयको दृष्टिले हेर्ने, संगत नगर्ने, नबोल्ने, यौटै कार्यक्रमका आयोजकले प्रदान गरेको होटलको कोठामा लोक कलाकार संग बस्न अफ्ट्यारो मान्ने जस्ता ब्यबहार हुने गरेको यथार्थता जाहेर गरेको थिएँ ।

निकै आधुनिक भईसकेका मुलुक हरुमा समेत लोक कलाकारलाई हेर्ने दृष्ट्रिकोण निकै सम्मानित र उच्चास्थानको रहेको देख्न सकिन्छ । तर हाम्रो देशको परिप्रेक्ष्यमा कुनै सिनेमाको कलाकार यौटै कार्यक्रममा हुँदा, छेवैको आशनमा बसिरहदा समेत लोक कलाकार संग बोल्न धक मान्ने, आधुनिक गीत गाउने कलाकार हरुले लोक कलाकार हरुलाई हेयको दृष्टिले हेर्ने, यात्रामा संगै हुँदा समेत सामान्य बोलीचाली समेत नहुने अवस्था रहीआएको कुरा जगजाहेर नै छ ।

अझ लोकगीतको मर्म अनुसारको सुरताल या लयलाई समात्नको लागि प्रयोग गरिने “हे” शब्दलाई पटक पटक अन्य विधाका कलाकार हरुले हासोको बिषय बनाएको देख्न पाइन्छ । “हे….” लोक लयको मर्म हो, हे, अहम्, आहाहो, आहै…जस्ता स्थाई थेगो बिना लोकगीत अपूर्ण हुन्छ भन्ने जान्दाजान्दै पनि तिनै शब्दको मर्ममा किन प्राहार गर्नुहुन्छ साथीहरुले ? आखिर किन हुन्छ यस्तो ? मानवीय सम्बेदाना अथवा अहमताको कारणले यस्तो हुन्छ होला भन्ने तर्क बाहेक अहिले अरु अनुमान नगरौं ।

विधा बिशेषको आधारमा कलाकार हरुको स्वयं बर्गीकरण गरीए जस्तै आज हास्य कलाकारिता विधाले  “लोक लवज” अथवा लोकमा प्रचलीत रहेका शब्दहरुलाई कसरि अपमान गर्ने गरेका छन् भन्ने बारेमा सानो चर्चा गरौँ ।

हास्य विधाले समेत लोक लवज र लोक लयलाई पर्गेल्ने गरेको भेट्दै आइरहेको छु मैले । जस्तै पूर्वेली कलाकार हरुले पश्चिमेली भेगमा प्रयोग हुने शब्द हरुलाई हास्यको बिषय बनाएर प्रहशन गर्नुहुन्छ । त्यस्तै अन्यत्र कतैको कलाकारले पूर्वेली भाषालाई हास्यको माध्यम बनाउला । कर्णाली र सुदुर पश्चिमका पहाडी जिल्ला हरुमा बोलिने शब्द हरुलाई समेत बिगार्दै त्यहि बिषयलाई हास्यको रुपमा प्रस्तुत गर्नुहुन्छ । त्यो ब्यबहार गरिनु अथवा त्यसरी प्रहसन गरिनु कति उचित छ अथवा त्यसरी प्रहसन गरेर लोक लवजलाई हास्यको श्रोत बनाउदा त्यो लवज बोल्ने जनता हरु प्रति अपमान गरिएको हुन्छ कि हुँदैन? लोक गीतमा प्रयोग गरिने तरिका हरुलाई हास्यको बिषय बनाईनु लोक गीतको अपमान होला अथवा नहोला ? अब कलाकार हरुले मनन गर्ने बेला भएन र ?

खास गरि हास्य विधामा प्रहसनका बिषय हरु सकिएका छन् । तत्काल घटेका घटनाहरुलाई उठाएर प्रहसन गर्ने जाँगर हास्यकलाकार हरुमा सकिदै गईरहेको आभाष हुन्छ । खोज अनुसन्धान बिनाका हास्य प्रहसन हरु फितला मात्र देखिदैनन निकै सतही र केवल स्टेज प्रस्तुतिको पारिश्रमिक पचाउनको लागी गरिएका नौटंकी जस्ता लाग्छन ।

लोक लवजलाई साह्रै नै हेप्न खप्पिस केहि हास्यकलाकार हरु हुनुहुन्छ (सबैलाई भन्न खोजेको होइन) । आदरणीय र अग्रज हास्यकलाकार जो ‘मिमिक्री’ दुरुस्तै आवाज निकाल्न खप्पिस कलाकारको रुपमा निकै ख्याती कमाएपनि  आफ्नो स्क्रिप्ट बाहिर गएर जुनसुकै स्टेजमा जहाँ जुन अवस्थामा पनि पश्चिमेली लवजलाई एक झटारो नहाने सम्म वहाँ हरुको प्रहसन सिद्दिदैन । कोहि पूर्वेली कलाकार भएको कारण पश्चिमेली लवजलाई हास्यको बिषय बनाउनुहुन्छ त कोहि पश्चिमेली भएको कारण कुनै पूर्वेली लवज बोलेर/बिगारेर  दर्शक हसाउने कोशिश गर्नुहुन्छ आखिर किन हुन्छ यस्तो ?  यो तरिका मलाइ सधै  अचम्म लाग्दो बिषय लाग्दछ ।

पर्वत जिल्लाको पूर्वी भेग, बाग्लुंग र म्याग्दी जिल्लाका अधिकांश स्थानमा प्रयोग हुने “आइच” “आउच” “हैच” जस्ता अन्तिममा च आउने शब्द हरु अनि स्याङ्गजा जिल्लाको कुभिन्डे फेदीखोला हुँदै लुब्दिखोला सम्म बोलिने “आम्च” “जाम्च” (आउछ जान्छ), ‘हैच क्या’ (हो रहेछ क्याहो) अनि वालींग, केवरे भन्ज्यांग, चापाकोट हुदै रामपुर सम्म, आधिखोलाको किनारै किनार गल्यांग हुदै मिर्मि सम्म, पश्चिम पर्वत, गुल्मीका केहि भाग र पाल्पाका अधिकांश भागमा बोलिने “हन्तै” (हो हैन त?) र  “हन्तै” को जवाफ “कुन्तै” (कुन्नि त खोई) लाइ निकै अपमान पुर्वक प्रहसनमा सामेल गरेको देख्न पाइन्छ ।

पाल्पा रामपुर देखि तानसेन सम्म, पाल्पाको माथिल्लो भेग देखी गुल्मी हुँदै अर्घाखाँची सम्म प्रायोग हुने “पार” (देखि-भए,नत्र आदि शब्दलाई जनाउने यौटै साझा लोक शब्द) –(उ: तिमि आउने भए देखि म आउदिन, तिमि नआउने भए म त्यतै आउछु- तिमि ‘आएपार’ म आउन्न केरे ‘नआपार’ म त्यतै आउछु) यसरि प्रयोग हुने “पार” शब्दलाइ हास्यको बिषय बनाएको बारम्बार भेटेको छु मैले ।

दाङ, सल्यान, रुकुम, रोल्पा तिर बोलिने असंख्य शब्द देखि लिएर कर्णाली सम्मका अनि सुदुर  पश्चिमका बझांग, बाजुरा, डोटी सम्म बोलिने धेरै शब्द हरुलाई प्रहसनमा समेटेर होस् अथवा गीतमै पनि बिगारेर मिसाएर होस् त्यस्ता शब्द हरुको अपमान गर्ने कार्य निरन्तर रुपमा भईरहेका छन् ।

अझ लाजमर्दो बिषय त लैनसिंङ् वाङ्देलले नेपाली वृहत शब्दकोशमा स्पष्ट संग लेखिदिनु भएको “कन्डो” शब्दलाई लिएर पूर्वेली साथि हरुले पश्चिमेली साथि हरुलाई प्रहार गर्नुहुन्छ । ‘कन्डो’  को स्पष्ट अर्थ भुँडी र छातीको उल्टोतिरको शारीरिक भाग, गर्दन भन्दा तल र फिला देखि माथि ढाडका दायाँ बायाँ अवयव, पिठ्यु, पिठ अथवा कन्डो भन्ने जनाउछ त्यसमाथि पश्चिमेली जगतमा परम्परा देखि प्रयोग गर्दै आइएको शब्द कन्डो भन्दा पनि “कन्नो” हो । ‘कन्डो र कन्नों’ को भेद नबुझेर केहि हास्य कलाकार साथि हरुले त्यहि शब्द समातेर पटक पटक पश्चिमेली मर्ममा प्रहार गर्नु कति जायज होला ? आजको प्रश्न यहि हो ।

पूर्वेली लोक लवज हरुको मिठास बेग्लै छ । ताप्लेजुंग देखि तेह्रथुम सम्म रामेछाप देखि काँठ सम्म त्यस्ता बग्रेल्ती शब्द हरु छन् जुन सुन्दा अचम्मका सुनिन्छन लेख्यमा समेट्न गाह्रो हुने त्यस किसिमका शब्द हरुलाई हास्यकलाकार हरुले कतै पनि प्रहसनमा समेट्नुभए जस्तो लाग्दैन । ह्यातुंगको झरना वरपर गर्दैनौं लाइ “गर्दुम्न” भन्ने चलन छ । अझ सुदुर पूर्वमा प्रयोग गरिने “आउँच” “होन्त” “गरिरछ कि” “आरछ की” ईत्यादी लोक लवज हरुको मिठास त्यस किसिमका लवजलाई हास्यको बिषय बनाएर यथावत राख्न सकिन्छ कि सहि मानेमा प्रयोग गरेर जगेर्ना गर्न सकिन्छ यो कलाकारको स्वबिबेकले निर्धारण गर्ने बिषय हो जस्तो लाग्दछ ।

लोक कलाकार साथि हरुले यस्ता लोक लवज हरुलाई जस्ताको तस्तै गीतमा स्थान प्रदान गरेर यस्ता शब्दको प्रयोगको सान्दर्भिकता पनि प्रष्ट पार्नुभएको छ । लोक गायक मिलन लामाले गाउनुभएको “पोर्लक्कीले जुर्लुम पारिच्च”, म आफैले गाएको गीत “कल गरेर श्रीमती पोईल गई” लगायत कैयौं गीत हरु छन् जसमा लोक लवज लाइ नबिगारी समाबेस गरिएको छ । पोर्लक्की (आँखा ठुला भएको,छड्के नजर लगाउने), जुर्लुम( जुलुम,बित्यास) पारिच्च (पार्यो, पारिसक्यो), कल (कलह, झगडा,) पोइला (लोग्ने छोडेर हिड्नु, महिलाले दोश्रो बिहे गर्नु) जस्ता अर्थ लाग्ने ठेट शब्द हरुको प्रयोग गरिएको छ ।

सिनेमामा प्रयोग भएका कतिपय लोक लवज हरु बिगारेर प्रयोग भएका आरोप हरु लाग्दै आइरहेका छन् । हामीले सानै हुदा देखि पढ्दै आइरहेको कथा “घनघस्याको उकालो काट्दा” मा डोटेली लवजलाई कसरि सम्मानित स्थान प्रदान गरिएको छ अबका लेखक कलाकार हरुले त्यो मनन गर्नु पर्ने बिषय हो । उपन्यासकार बुद्दिसागर को कर्णाली ब्लुजमा देखिएको आन्चालिकता र उक्त पुस्तकले समेटेको “लोक लवज”ले यस्ता परम्परागत शब्द प्रयोगका तरिका हरुको जगेर्ना गरिरहेको देख्न सकिन्छ ।

लोकलय र लोक लवज हरु क्रमिक बिकाशका सुरुवाती चरणका ईतिहास हरु हुन् । तत्कालीन समयमा समाज कस्तो थियो सामाजीक चालचलन कस्ता थिए भनेर ईतिहास हेर्न मिल्ने ऐना हरु हुन् लोकलय र लोक लवज हरु । आफ्नो ईतिहासको गरिमालाई लाइ कायम राख्ने आफ्नो परम्पराको सम्मान गर्ने कसैले पनि लोकलय र लोक लवज हरुको अपमान गर्न हुदैन भन्ने मेरो मान्यता हो ।

कुनै विधाका कलाकार हरुले गरेको ब्यबहारले चित्त दुखेपनि त्यो ब्यबहार निकृष्ट थियो भनेर आरोप लगाउन खोजेको होइन । म कसैलाई व्यक्तिगत आरोप लगाउन पनि चाहान्न तर कलाकार कलाकार बिचमा एक किसिमको भाइचारा स्थापीत होओस, यौटा विधाका कलाकारबाट अर्को विधाका कलाकारले यथेष्ट र उचित सम्मान प्राप्त गरुन र स्थान विशेषका बोलीचाली हरुलाई, लवज(लफ्ज) हरुलाई आधुनिकताका नाममा, सिनेमाका नाममा अथवा हास्य प्रस्तुतिका नाममा बिगार्ने र कटाक्षको रुपमा प्रयोग गर्ने चलनको अन्त्य होस् भन्न चाहान्छु ।

लोक कलाकार भएको नाताले मैले लोकलय र लोक लवजको जगेर्नामा कति योगदान गर्न सकें त्यो समयले मुल्यांकन गर्ला । कमजोरीहरु मेरा पनि छन, तर अन्य भेगमा चलन चल्तीमा रहेका लोकलय र लोकलफ्ज हरुको अपमान हुनेगरी म बाट कुनै अभिव्यक्ति नआओस र कुनै क्षेत्र बिशेषका शुभचिन्तक हरुले अपमानित महसुस गर्न नपरोस भन्ने बिषयमा म चनाखो छु साथै त्यसो गर्नेछैन भन्ने बिषयमा म दृढ पनि छु ।  आशा गरौँ परम्परागत लोक लवज केवल हास्य प्रहसनको बिषय मात्र बनाइने छैन ।

बद्रि पंगेनी-:-लोक गायक

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

राष्ट्र र राष्ट्रियता जोगाउनको निमित्त भ्रस्टाचारीलाई खबरदारी सहित नयाँ गीत बोल्नुपर्छ जनता सार्बजनिक // भिडियो सहित

March 22, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook7TwitterGoogle+Pinterest07sharesसुजन बिश्वकर्मा भावुक चैत ७ काठमाडौ देशको बेथिति बारे जनताले आवाज उठाउनु पर्छ राष्ट्र र राष्ट्रियता जोगाउनको निमित्त भ्रस्टाचारीलाई खबरदारी गर्नुपर्छ हो […Read More]

इम्युनोलोजि सम्बन्धि उच्च प्रविधि भित्र्यायो ब्लुक्रस अस्पतालले

March 19, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterGoogle+Pinterest00shares५ चैत, काठमाडौं। विगत २८ वर्षदेखि सञ्चालित त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालले इम्युनोलोजी (रोग प्रतिरोधक) सम्बन्धी उच्च प्रविधि भित्र्याएको छ । डाईग्नोटेक स्पोर्टको सहयकार्यमा […Read More]

लोकप्रिय सर्जक शंकर शर्माको लय सिर्जनामा रुँदै रुँदै बसे सार्बजनिक // भिडियो सहित

March 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook79TwitterGoogle+Pinterest079sharesचैत २ काठमाडौ सालको पात टपरी हुने गीतबाट सर्वाधिक चर्चामा आएका गायक कुलेन्द्र विश्वकर्मा र गायिका अनुजा पुडासैनीको आवाजमा सजिएको लोकदोहोरी गीत […Read More]

संचारकर्मी तथा सर्जक सुजन को स्वर र अभिनयमा ए मेरो साथी सार्बजनिक // भिडियो सहित

March 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook230TwitterGoogle+Pinterest0230sharesचैत २ काठमाडौ नेपाली गीतसंगीत र गीतसंगीत कर्मी हरुलाइ कला पत्रकारिता मार्फत सधैं सपोट गर्दै आएका संचारकर्मी तथा गायक सर्जक सुजन बिश्वकर्मा […Read More]

लोकप्रिय गायक मौसम गुरुङको आवाज र अभिनयमा हारे मैले सार्बजनिक / भिडियो सहित

March 15, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook144TwitterGoogle+Pinterest0144sharesपछिल्लो समय लोकदोहोरी क्षेत्र मा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेको छ । लगानी अनुसार आम्दानी हुँदै नभएनी लगानी […Read More]

सुशीला गौतमको पाहुना सार्बजनिक / हेर्नुहोस् भिडियो

March 2, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook149TwitterGoogle+Pinterest0149sharesबहुप्रतिभाकी धनि लोकप्रिय गायीका सुशिला गौतमको आज जन्म दिन । जन्म दिनको अवसरमा ताजा खवर को तर्फबाट गौतमलाई धेरै धेरै शुभकामना । […Read More]

लिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाकै निधन

February 27, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterGoogle+Pinterest00shares१५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । AS350 […Read More]

बाबु बोगटीले रिलिज गरे नयाँ गीत ‘टिकुली’ (भिडियो)

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook96TwitterGoogle+Pinterest096sharesचर्चित गायक तथा नायक बाबु बोगटीले आफ्नो नयाँ गीत ‘टिकुली’ सार्वजनिक गरेका छन्। शुक्रबार आफ्नै युट्यूब च्यानल बाबु बोगटी च्यानलबाट उनले गीत […Read More]

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरूद्ध प्रहरीमा उजुरी के गरिन त्यस्तो ?

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook80TwitterGoogle+Pinterest080sharesबलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरूद्ध प्रहरीमा उजुरी परेको छ। भारतिय राज्य उत्तर प्रदेशको मुरादावाद जिल्लामा सोनाक्षी सहित ५ जना विरूद्ध ठगीको मुद्दा […Read More]

नख्खु बम विस्फोटमा एनसेलका सुरक्षा गार्डको ‘मिलेमतो’ रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook36TwitterGoogle+Pinterest036sharesललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गर्दै भएको बम विस्फोटमा एनसेलकै सुरक्षा गार्डको मिलेमतो भेटिएको प्रहरीले दाबी गरेको छ। अनुसन्धानका क्रममा एनसेलका सुरक्षा गार्डको […Read More]

Be the first to comment

Leave a Reply