नेपालमा कर्मचारीको तलब किन बढाउनु पर्छ ? (न बस्नलाई राम्रो डेरा छ । न बालबच्चा पढाउन लाइ राम्रो स्कूल छ । न खेल्ने मनोरंजन गर्ने कुनै साधन छ)

यो सामाग्री सेयर गर्नुहोस

 

त्यत्रो खर्च गरेर देश विदेशमा बर्षौं लगाएर घुंडा धसेर पढेर, तालिम लिएर, गॉउ गॉउ कुना कन्दरामा बसेर, घर परिवार त्यागेर अध्ययन सक्याए पछी लोकसेवा लडेर पास गरेर सुरु गरेको जागीरमा के छन् त सुबिधा हरु ?  न बस्नलाई राम्रो डेरा छ । न बालबच्चा पढाउन लाइ राम्रो स्कूल छ । न खेल्ने मनोरंजन गर्ने कुनै साधन छ । न कुनै पुस्तकालय छ । न पत्रिका छ । न टेलिफोन ईन्टरनेट छ । न टिभी छ । न हेलिकप्टर सेवा छ, न नियमित हवाईजहाज छ । न मोटरचल्ने सडक छ । न गाडी छ, न अस्पताल डाक्टर छ । ईमर्जेन्सी परेर रोगले च्याप्यो भने राम भरोसे हुनुपर्छ । सधैं परिवारसंग अलग्गिएर, सरकारी जागिर आजसम्म खाएकाहरू अझ अलिकति दुर्गम ठाउमा नियुक्ति पाएका अधिकॉश कर्मचारीले यस्तै जागिरे जिवन व्यतित गरेका हुनुपर्छ ।

मैले ईन्जिनियरको जागिर ०४३ सालमा सुरूगर्दा एक हजार तीनसय रुपैया मेरो तलब थियो त्यतिबेला करिव यो एकसय  डलर बराबर हुन्थ्यो त्यो पैसाले आधा तोला सुन आउथ्यो ।

झन्डै तिस वर्षपछि विशिष्ट श्रेणीको सचिव भएर जागिर छाड्दा ५१ हजार तलब बुझें यो ५०० डलर बराबर र १२ आना सुन किन्न सम्म पुग्छ । जागिर सुरू गर्दा एक्लो थिए, जागिरको अन्तिम तिर परिवार चार जनाको भयो ।

नेपालको विकट भुगोल र असुविधामा न्युन तलबको सरकारी जागिर खानु दुस्साहस सरह नै लाग्छ मलाई अहिले सम्झदा, जाजरकोट, डोटी, बैतडी, गुल्मी त्यो वेलाको ! तर अचम्म लाग्छ, म कसरी टिकेछु जागिरमा, यही मुलुकमा, आजसम्म पनि कसरि टिक्न सकें फर्केर हेर्दा आफैलाई अचम्म लाग्छ घरीघरी ! अलिकति नया पुस्ताको नजर बात नेपाल सरकारको तलवमान लाइ हेर्ने हो भने नया पुस्ताले गर्ने साधारण पकेट खर्च जस्तो देखिन्छ सरकारी तलव ।

मेरा दौंतरी ब्रिलियन्ट साथीहरू अधिकॉस विदेश पलायन भए, मलाई पनि उकास्थे विदेश आउन तर के भयो के, गईएन, यही लडन्तभिडन्त गरियो । के गरियो, गर्न सकियो वा सकिएन वा गरिएन अहिले मतलब पनि छैन। सन्तुष्ट नै छु आजका दिनमा ! मेरो नजरमा जे कुरा राष्ट्रसेवा थियो त्यो मैले गरें । देश सेवालाई पारिश्रमिक संग तुलना गरिएन अथवा थोरै पारिश्रमिकमा पनि कर्तव्यबोध को कारणले गर्दा चित्त बुझाइयो अथवा यस्तै केहि भयो ।

तर दु:ख लाग्छ आफ्नै बालबच्चा नेपाल वस्न योग्य हुन छाडेको छ, नयाँ पुस्ता सरकारी जागिरमा आकर्षण देख्दैनन् । विदेशमा मनग्यै अवसर देख्छन् किनभने नेपाल वस्नु पेशा हैन, त्याग मानिन्छ, जीवनभरि ईमान्दार वनेर अन्तिममा भीखमंगा सरह हुनुपर्छ, न आफ्नो न परिवारको भरणपोषण गर्न सकिन्छ न अवकाश पछीको जिन्दगीलाई सुरक्षित् नै पार्न सकिन्छ ! जागिरे भनेको कुनै सामाजिक  ईज्जत नभएको सन्यासी र जोगी जस्ता हुदै गईरहेका छन् नयाँ पुस्ताको नजरमा !

तर अहिलेका पुस्ताको सोच: त्याग गर्न नपरे सम्म किन त्यागगर्ने ? के का लागि गर्ने? भन्ने भनाई पनि सही नै हो ! नयाँ सोचले नयाँ पुस्ताको जिवनस्तर पनि नयाँ खाले नै बनाएको छ । उनीहरु छातीमा ठुलो देशप्रेम बोकेर बिदेशिएका छन् । देशको सम्झना गर्दै स्तरीय कमाइ गरेका छन् । केहि युवा हरु पछुताएका पनि होलान देश भित्रै केहि गर्न सकिएन भनेर तर जति पलायान भएका छन् ति व्यक्ति हरु प्राय: सन्तुष्ट छन् ।

 कर्मचारीको तलव किन बढाउने ?

१. सार्क क्षेत्रमा नेपालको तलब सबैभन्दा थोरै छ त्यसैले ।

२. नेपालको जीडीपी  विगत दश पन्द्र वर्षमा दुगुना भएर एक हजार डलर पुगेको छ त्यसैले ।

३. बजारभाउ बार्षिक ६ % ले बढेको छ भने मुद्रा अवमुल्यन १०% भैरहेको छ ।

४. आगामी ५ वर्षमा जीडीपी दुगुना गर्ने र कृषि उत्पादन पनि दुगुना गर्ने सरकारको लक्ष छ ।

५. बौद्धिकवर्गलाई नेपालमा नै रोजगार दिने स्तरको तलब नहुदा विदेश पलायन हुने भय रहन्छ ।

६. तलब कम हुदा प्रतिभावान र सहरिया सक्षम युवा जागिरमा आकर्षित नभई दिदा सरकारी संयन्त्रमा पढेलेखेका ब्रिलियन्ट प्रतिभावान युवाको कमि हुन लागिरहेको छ ।

७. न्युन तलबले अनियमित आम्दानी गर्न उक्साई रहेको र घरपायक वा अतिरिक्त आम्दानी हुने जागिर जोगाउन अनावश्यक दबाब थेग्न भ्रष्ट संस्कृति रोक्न असमर्थ बनाईरहेको छ ।

८. पर्याप्त जिविकोपार्जन गर्ने तलब दिन सक्दा मात्र ईमान्दार र सक्षम कर्मचारीले गलत तत्वसंग भिडेर सरकारी संयन्त्रलाई सफाराख्ने ऑट देखाउन सक्ने हुन्छ। अतिरिक्त पैसा कमाउन नेताको घरघरमा प्रि/पोस्ट पेमेन्ट गर्ने कुसंस्कार हट्नेछ। साथै कर्मचारीहरू मन्त्री नेताहरूसंग राष्ट्रहितमा ऑखा जुधाएर काम गर्न सक्नेछन् ।

९. पर्याप्त तलब भएमा मुलुक भित्रै बस्ने, अनुकूल उत्प्रेरणा जागेर घरपरिवार बूढाबूढीहरूको हेरचाह र आफू बूढाबूढी हुदा पनि समाजको सामिप्यमा बालबच्चाको हेरचाह पाउदा समाजमा खुशी शान्त र सुखी आदर्श महसुस गर्नेछ ।

१०. तलबमानको भिन्नता पनि सबैभन्दा तल्लो र सबैभन्दा माथिल्लो पदबीच करिब ५ देखि १० गुणा हुनुपर्छ । करियर भनेको आर्थिक दृष्टिले परिश्रमको सम्मान पनि हो । कर्मचारी हुं भन्दा देश विदेशमा लाज मान्नुपर्ने स्केलको तलबमानले आत्म सम्मान दिदैन ।

११. तलब भीख हैन, परिश्रमको मूल्य हो । थोरै तलब हुनु परिश्रम गर्न नसक्ने, नालायक, उत्पादकत्व नभएको, कमजोर, अक्षम जनशक्ति हो भन्ने बुझाउछ ।

१२. विदेशीको अगाडी नेपालीको बुद्धि नै हुदैन भन्ने स्तरको तलबले आत्मसम्मान र स्वाभिमान गिराउछ । शीर उचा राख्न आफ्नो तलब सार्वजनिक गर्न लाज नमान्ने हुनुपर्छ ।

१३. जागिर पेशा हो र जुनकुनै पेशाले पनि जीवन परिपूर्ण पार्न सक्ने हुनैपर्छ । वलिदान त्याग जीवनभरि पिलन्धरे रूवाई पददलित टीठलाग्ने, र जसले पनि भ्रष्ट नै हो भन्ने हालको वातावरणलाई हटाईएन भने राज्यसंचालनको केन्द्रविन्दू चालक रहने कर्मचारीबिना मुलुक उंभो लाग्दैन । दूध खान मन हुनेले गाईलाई हरियो घॉस र दानापानी पर्याप्त दिनुपर्छ नत्र कर्मचारी पनि दूध थोरै दिने काठे गाईलाई सरापे जस्तो हुनेछ ।

१४. पुग्ने तलब दिईयो भने मात्र गलत, कामचोर, भ्रष्ट कर्मचारीलाई सजाय दिन वा हटाउन नैतिक अधिकार रहने हुन्छ । कर्मचारीलाई गलत कामगरेकोमा गालीमात्र गर्ने हैन कि सही काम गर्ने पूर्वाधार पनि बनाईदिएकै हुनुपर्छ ।

१५. सरकार तलबबारे यसमा केहीगर्न असमर्थ छौं, सक्दिन भन्छ भने त्यो सरकारका अरू सबै लक्ष पनि हावादारी नै हुनेछ, त्यसमा पनि उसले केही गर्न सक्नेछैन ।

१६. चालकरूपी कर्मचारीलाई भोकभोकै राखेर हाईवेमा तीब्र गतिमा गाडी हाक भन्दै पेसेन्जरसहित गाडीलाई त्रिसुलीमा जाक्नुसरह हो, त्यही गर भनेसरह हो ।

त्यसैले -निजामति सेवा ऐनमा प्रत्येक २ वर्षमा मुल्यवृद्धिका आधारमा कर्मचारीको तलब समायोजन गर्ने लेखिएको छ । तलब आयोगहरूले पनि यसै बमोजिम तलब पुनरावलोकन गर्नुपर्ने सिफारिस गरेका हुन । तर सरकारले कहिल्यै ऐन र तलब आयोगहरुका सिफारिस अनुसार तलब वृद्धि गरेको छैन ।

नेपालमा कर्मचारीको तलब निर्धारणमा यथेष्ठ बेथितीहरु छन् । तल्लो र माथिल्लो पदका कर्मचारीहरुको तलबमा खासै फरक छैन । तल्लो तहको कर्मचारी र माथिल्लो तहकाबीचमा करिब २.५ देखि ३ गुणा मात्रै तलब स्केल बढी छ । औषतमा मुद्रास्फिति १० प्रतिशतको हाराहारीमा हुने गरेको छ । त्यस हिसाबले हेर्ने हो भने ३ बर्षमा कर्मचारीको तलब ३० प्रतिशतले बढाउनु न्यायसंगत हुन्छ ।

भारतमा सचिवको तलब २ लाख ७० हजार भारू छ । कार्यालय सहयोगीका तलब करिब २५ हजार छ । तर नेपालमा सचिवको तलब जम्मा ५१ हजार छ र कार्यालय सहयोगीका १८ हजार रुपैंयाँ छ । यसले त कर्मचारीलाई क्षमता अनुसार पेट पाल्न पुग्ने भत्ता मात्रै भयो । तलब बृद्धि गर्दा तलब आयोगका सिफारिस लागु गर्नुपर्छ । तलबलाई निर्वाह भत्ताका रुपमा हैन, पारिश्रमिकका रुपमा लिईनुपर्छ ।

नेपालमा कर्मचारीको तलब नै कम भयो । अर्काे कुरा भनेको तल्लो तह र माथिल्लो तहका कर्मचारीको स्केल पनि उपयुक्त भएन् । भारतमा तल्लो तहका कर्मचारी र माथिल्लो तहका कर्मचारीको तलबमा ५ देखि १० गुणासम्मको फरक हुन्छ । मुलुकलाई सुशासन दिने अधिकृतको नेतृत्वले हो, तर नेपालमा भने अधिकृतहरुको तलब नै जोखिम लिएर काम गर्ने खालको भएन । माथिल्लो पदमा साहस र आर्थिक स्वतन्त्रता हुनुपर्छ यसका लागि तलब ह्वात्तै बढाउनुपर्छ ।

तलबमा समाजबादी समानता काम लाग्दैन, जुन देशमा केहीमा नियन्त्रण र सेवा सुविधामा कुनै विशेष सहुलियत छैन । तर माथि न्युनतम १ लाख तल २५ हजार गरेर ४ गुणा पुर्याउने र सयसाई ३ वर्षमा ६–१० गुणा पुर्याउनुपर्छ । निजामति जागिर सम्मानीत हुनुपर्छ र प्रतिभावानका लागि आकर्षण हुनुपर्छ । जीवन गुजाराका लागि तलब हैन बुद्धि र परिश्रमका लागि तलब हुनुपर्छ

-भीम उपाध्याय

लेखक भीम उपाध्याय नेपाल सरकारका पुर्व सचिव हुनुहुन्छ । आफ्नो तिस बर्षे सेवा अवधिलाई मुल्यांकन गर्दै वहाले फेसबुकमा ब्यक्त गरेका बिचार साभार गरिएको हो

 

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

राष्ट्र र राष्ट्रियता जोगाउनको निमित्त भ्रस्टाचारीलाई खबरदारी सहित नयाँ गीत बोल्नुपर्छ जनता सार्बजनिक // भिडियो सहित

March 22, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook7TwitterGoogle+Pinterest07sharesसुजन बिश्वकर्मा भावुक चैत ७ काठमाडौ देशको बेथिति बारे जनताले आवाज उठाउनु पर्छ राष्ट्र र राष्ट्रियता जोगाउनको निमित्त भ्रस्टाचारीलाई खबरदारी गर्नुपर्छ हो […Read More]

इम्युनोलोजि सम्बन्धि उच्च प्रविधि भित्र्यायो ब्लुक्रस अस्पतालले

March 19, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterGoogle+Pinterest00shares५ चैत, काठमाडौं। विगत २८ वर्षदेखि सञ्चालित त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालले इम्युनोलोजी (रोग प्रतिरोधक) सम्बन्धी उच्च प्रविधि भित्र्याएको छ । डाईग्नोटेक स्पोर्टको सहयकार्यमा […Read More]

लोकप्रिय सर्जक शंकर शर्माको लय सिर्जनामा रुँदै रुँदै बसे सार्बजनिक // भिडियो सहित

March 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook79TwitterGoogle+Pinterest079sharesचैत २ काठमाडौ सालको पात टपरी हुने गीतबाट सर्वाधिक चर्चामा आएका गायक कुलेन्द्र विश्वकर्मा र गायिका अनुजा पुडासैनीको आवाजमा सजिएको लोकदोहोरी गीत […Read More]

संचारकर्मी तथा सर्जक सुजन को स्वर र अभिनयमा ए मेरो साथी सार्बजनिक // भिडियो सहित

March 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook230TwitterGoogle+Pinterest0230sharesचैत २ काठमाडौ नेपाली गीतसंगीत र गीतसंगीत कर्मी हरुलाइ कला पत्रकारिता मार्फत सधैं सपोट गर्दै आएका संचारकर्मी तथा गायक सर्जक सुजन बिश्वकर्मा […Read More]

लोकप्रिय गायक मौसम गुरुङको आवाज र अभिनयमा हारे मैले सार्बजनिक / भिडियो सहित

March 15, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook144TwitterGoogle+Pinterest0144sharesपछिल्लो समय लोकदोहोरी क्षेत्र मा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेको छ । लगानी अनुसार आम्दानी हुँदै नभएनी लगानी […Read More]

सुशीला गौतमको पाहुना सार्बजनिक / हेर्नुहोस् भिडियो

March 2, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook149TwitterGoogle+Pinterest0149sharesबहुप्रतिभाकी धनि लोकप्रिय गायीका सुशिला गौतमको आज जन्म दिन । जन्म दिनको अवसरमा ताजा खवर को तर्फबाट गौतमलाई धेरै धेरै शुभकामना । […Read More]

लिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाकै निधन

February 27, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterGoogle+Pinterest00shares१५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । AS350 […Read More]

बाबु बोगटीले रिलिज गरे नयाँ गीत ‘टिकुली’ (भिडियो)

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook96TwitterGoogle+Pinterest096sharesचर्चित गायक तथा नायक बाबु बोगटीले आफ्नो नयाँ गीत ‘टिकुली’ सार्वजनिक गरेका छन्। शुक्रबार आफ्नै युट्यूब च्यानल बाबु बोगटी च्यानलबाट उनले गीत […Read More]

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरूद्ध प्रहरीमा उजुरी के गरिन त्यस्तो ?

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook80TwitterGoogle+Pinterest080sharesबलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरूद्ध प्रहरीमा उजुरी परेको छ। भारतिय राज्य उत्तर प्रदेशको मुरादावाद जिल्लामा सोनाक्षी सहित ५ जना विरूद्ध ठगीको मुद्दा […Read More]

नख्खु बम विस्फोटमा एनसेलका सुरक्षा गार्डको ‘मिलेमतो’ रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook36TwitterGoogle+Pinterest036sharesललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गर्दै भएको बम विस्फोटमा एनसेलकै सुरक्षा गार्डको मिलेमतो भेटिएको प्रहरीले दाबी गरेको छ। अनुसन्धानका क्रममा एनसेलका सुरक्षा गार्डको […Read More]

Be the first to comment

Leave a Reply