आचारसंहिताको ठाडो उल्लंघन गर्दै देउवाद्वारा सरकार विस्तार, कमल थापा उपप्रधानमन्त्री

यो सामाग्री सेयर गर्नुहोस

आचारसंहिताको ठाडो उल्लंघन गर्दै देउवाद्वारा सरकार विस्तार, कमल थापा उपप्रधानमन्त्री

निर्वाचन सार्ने षड्यन्त्र : विपक्ष, इतिहासकै कलंक : नागरिक अगुवा 

कुलचन्द्र न्यौपाने, तस्बिर : अंगद ढकाल -प्रधानमन्त्री शेरवहादुर देउवाले संसदको आयु सकिनै लाग्दा निर्वाचन आचार संहिताको ठाडो उल्लघंन गर्दै शुक्रबार मन्त्रिपरिष विस्तार गरेका छन् । निर्वाचन आयोगले आयोजना गरेको राजनीतिक दलहरुसंगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको केही छिनमै मन्त्रिपरिष विस्तारको निर्णय लिएका हुन । 

प्रधानमन्त्री देउवाले सरकारलाई समर्थन दिएको चार दिनपछि राप्रपालाई सरकारमा ल्याएका हुन । राप्रपाले सोमबार मात्रै सरकारलाई समर्थनको पत्र पठाएको थियो । राप्रपाबाट अध्यक्ष कमल थापा उपप्रधानमन्त्री सहित चार मन्त्री र चार राज्य मन्त्री थपिएका छन । देउवाले इतिहासमै कलंक लाग्ने गरी मौजूदा मन्त्रिपरिष विस्तार गरेर ६४ सदस्यीय पुर्‍याएका छन् । 

संसदको आयु सकिनु अघिल्लो दिनमा प्रधानमन्त्रीले चालेको यो कदमलाई प्रमुख प्रतिपक्ष गठबन्धनसहित नागरिक समाजले आपत्ति जनाउदै निर्वाचन नगराउने षडयन्त्रको रुपमा लिएका छन् । मन्त्रिपरिष विस्तारलाई लिएर कांग्रेसभित्रै असन्तुष्टी बढेको छ ।  कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुले प्रधानमन्त्रीले पार्टीभित्र छलफलनै नगरी मन्त्रिपरिष विस्तार गरेको भन्दै प्रधानमन्त्रीसंग असन्तुष्टी जनाएका छन । ‘निर्वाचनको मुखमा यस्तो कदम नचाल्नुहोस भनेर हामीले भन्दै आएको थियौं’ पौडेल निकट एक नेताले भने,‘तर प्रधानमन्त्रीले कलंक लाग्नेगरी मन्त्रिपरिष विस्तार गरेर पार्टीलाई क्षति पुर्‍याउने काम गर्नु भएको छ ।’ 

प्रमुख प्रतिपक्ष एमालेका संसदीय दलका नेता सुवास नेम्वाङले मन्त्रिपरिष विस्तारलाई आचारसंहिता उल्लघंनको पराकाष्टको रुपमा चित्रण गरे । प्रधानमन्त्री देउवाले विहीबार बोलाएको तीन दलको बैठकमा प्रमुख प्रतिपक्ष एमालेलाई आशंका नराख्न आग्रह गर्दै आचारसंहिता विपरित मन्त्रिपरिष पुर्नगठन नगर्ने प्रतिबद्धता जनाएका थिए । शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको  कार्यक्रममा समेत देउवाले आचारसंहिता उल्लघंन नगर्ने प्रतिबद्धता(पत्रमा हस्ताक्षर गरे ।

‘आयोगको प्रतिबद्धता(पत्रमा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै मन्त्रिपरिषद विस्तार गर्ने बिषय गम्भिर हो, आचारसंहिता उल्लघंनको पराकाष्ट हो’ नेम्वाङले थपे,‘यसअघि दुई राज्य थप्दा आचारसंहिता उल्लघंन भएको ठहर सहित निर्णय फिर्ता लिन आग्रह गरेको आयोगले यो निर्णयलाई सिधै बदर गर्न सक्नुपर्छ ।’ 

नेम्वाङले  निर्धारित समयमा निर्वाचन नगराउने षडयन्त्रको रुपमा प्रधानमन्त्रीले यस्तो कदम चालेको बताए । माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको कदमले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन हुनेमा आशंका जनाए । ‘यसअघि दुई राज्य मन्त्री थप्दानै सच्चाउनु पर्छ भनेको पृष्ठभूमिमा प्रधानमन्त्रीको यो निर्णयले निर्वाचनको स्वच्छदता र निष्पक्षता माथि प्रश्न उठाएको छ’ श्रेष्ठले भने,‘यो गम्भिर गल्ती भएको छ ।’ 

सरकारले भने मन्त्रिपरिषद् विस्तार हुदैमा निर्वाचनप्रति आशंका नगर्न प्रतिपक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले निर्धारित मितिमै निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गर्दै भने,‘निर्वाचन मिति कुनै हालतमा पनि सर्दैन ।’ उनले आशंका भन्दा निर्वाचनमा सवै दल केन्द्रित भएर निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातवरणमा निर्वाचन सम्पन्न गर्न सवैले आ(आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे । 

नागरिक समाजका अगुवा कृष्ण पाहडिले मन्त्रिपरिषद् विस्तारलाई अराजकताको सुरुवात भन्दै प्रधानमन्त्री देउवाको यो कदमलाई इतिहासकै कलंक भने । ‘संसद विघट्नको मुखमा पुगेको अवस्थामा यो निर्णय निर्वाचन आचारसंहिताको मुल्य र मान्यताको खिलापमा छ’ पाहडिले भने,‘नियोजित अराजकताको सुरुवात गर्नेगरी भएको यो घट्ना लोकतन्त्रको शास्वत मुल्यको विपरित समेत छ । यसले निर्वाचन हुदैन कि भन्ने आशंका बढाएको छ ।’ 

संसदको आयु शनीबार मध्यरातदेखिनै सकिदैछ । सरकारी स्रोतका अनुसार संघीय समाजवादी फोरमलाई समेत शनीबार सम्म सरकारमा ल्याउने प्रयत्न प्रधानमन्त्रीको छ । ‘उप्रधानमन्त्री सहित महत्वपूर्ण मन्त्रालय दिएर उपेन्द्र यादवलाई समेत सरकारमा ल्याउने प्रत्यन अझै जारी छ’ प्रधानमन्त्री निकट स्रोतले भन्यो,‘सरकारमा आउन चाहयो भने शनीबार पनि मन्त्रिपरिष विस्तार हुन सक्छ ।’ 

माओवादी नहटेका कारण विना विभागीय 

मन्त्रिपरिषद विस्तार गरेपनि देउवाले उपप्रधानमन्त्री थापा सहित सवै मन्त्री विनाविभागीय छन् । राप्रपाबाट मन्त्रीमा जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा छन । राज्य मन्त्रीमा कुन्ती साही, भाष्कार भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिपक्षसंगको गठबन्धनपछि सरकारबाट फिर्ता हुन अनौपचारिक छलफलमा आग्रह गर्दै आएका थिए । तर, माओवादी केन्द्रको भित्री चाहना सरकारबाट बाहिरिने थिएन ।

प्रधानमन्त्रीले माओवादीले लिएकै मन्त्रालय राप्रपालाई दिनेगरी मन्त्रिपरिष विस्तार गरेपछि भने माओवादीलाई सरकारबाट बाहिरिन दबाव परेको छ । सम्वैधानिक व्यवस्था प्रधानमन्त्रीले सिधै मन्त्रि हटाउन सक्दैनन । संविधानको धारा २९८ (९) को व्यवस्था अनुसार मन्त्री पदमुक्त चार अवस्थामा हुन्छन । जस अनुसार लिखित राजीनामा दिएमा, प्रधानमन्त्री आफ्नो पदबाट मुक्त भएमा, सम्वन्धित दलको सिफारिसमा वा सम्वन्धित दलसंगको सल्लाहमा प्रधानमन्त्रीले पदमुक्त गरेमा र मृत्यु भएमा । 

सिधै हटाउन

संवैधानिक अडन भएकाले प्रधानमन्त्री देउवाले मन्त्रिपरिष विस्तार गरी माओवादीलाई हट्न दबाव दिएका हुन । कथंम माओवादी सरकारबाट नहटेमा माओवादीका तर्फबाट मन्त्री भएकालाई विनाविभागीयमा लगेर राप्रपाका मन्त्रीलाई मन्त्रालय तोक्नेगरी मन्त्रालय हेरफेर गर्ने तयारीमा प्रधानमन्त्री पुगेको स्रोतले बतायो । राप्रपा अध्यक्ष कमल थापालाई गृहमन्त्रालयको जिम्मेबारी तोक्ने संभावना छ । माओवादी केन्द्रका नेता श्रेष्ठले भने प्रधानमन्त्रीले सत्ता गठबन्धनसंग सल्लाहनै नगरी सरकार विस्तार गरेकाले पार्टीले सरकार छाड्ने या नछाड्ने भन्ने बिषयमा छलफल भईरहेको बताए । ‘अहिल्यै केही निर्णय भएको छैन’ उनले भने,‘अहिले हामी छलफलमै छौ ।’ माओवादी स्रोतले भने सरकारबाट फिर्ता हुने तयारीमा माओवादी रहेको बताए । 

र, यो पनि पढ्नुहोस्- कमल थापाको ‘गणतान्त्रिक’ छलाङ

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

सामना शाहको प्रेम छुटेको खुलासा , पागल भए प्रेमी //भिडियो सहित ।

February 18, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook83TwitterGoogle+Pinterest083sharesसुजन बिश्वकर्मा नेपाली सांगीतिक क्षेत्रमा केहि समय अगाडि देखि संघर्षरत चर्चित गीतकार तथा मोडल सामना शाह अभिनित “म त तिम्रो मायामा” बोलको […Read More]

‘लुट्न सके लुट’ गीतलाई जस्ताको तस्तै युट्युबमा राख्न लोक तथा दोहरीगीत प्रतिष्ठानको आग्रह

February 17, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook106TwitterGoogle+Pinterest0106sharesकाठमाडौँ — राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ गीतलाई जस्ताको तस्तै युट्युबमा अपलोड गर्न आग्रह गरेको छ […Read More]

सन्जुको उत्कृष्ट अभिनय र स्वरमा मौलिक गीत लाहुर सार्बजनिक / भिडियो सहित

February 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook250TwitterGoogle+Pinterest0250sharesकिस्ना आचार्य रोशनी फागुन ४ काठमाडौ पछिल्लो समय नेपाली लोकगीतसंगीत को बजार निकै फराकिलो बन्दै गहिरहेको छ । अन्य गीतसंगीतको तुलनामा देश […Read More]

वर्षा राउत र संजोग कोइरालाले पाँचतारे र्‍याडिसन होटलमा यसरि कसे लगनगाँठो, हेर्नुहोस

February 15, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook249TwitterGoogle+Pinterest0249sharesसात वर्ष लामो प्रेम सम्बन्धलाई अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले विवाहमा परिणत गरेका छन् । प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन […Read More]

लोकप्रिय सर्जक शिव हमालको उत्कृष्ट सिर्जना “लालुमाई ” सार्बजनिक / भिडियो सहित

February 14, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterGoogle+Pinterest00sharesफागुन २ काठमाडौ नेपाली लोकगीतसंगीत क्षेत्रमा बिगत लामो समय देखि सक्रिय रहदै आएका लोकप्रिय सर्जक तथा गायक हुन शिव हमाल । हमालको […Read More]

लोकप्रिय सर्जक दिपक कडेलको सिर्जनामा म त हजुर बाग्लुङ्गे सार्बजनिक / भिडियो सहित

February 13, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook103TwitterGoogle+Pinterest0103sharesकाठमाण्डौ,२९ माघ- पछिल्लो समय नेपाली लोक गीतसंगीतको क्षेत्र निकै फराकिलो बन्दै गहिरहेको छ । देश तथा बिदेश मा बस्ने सम्पूर्ण नेपालीहरुले लोकगीतलाइ […Read More]

गायिका इन्दु बानियाँको नयाँ गीत “दिलाराजा दिलारानी” सार्वजानिक

February 11, 2019 Durga Pangeni 0

यो सामाग्री सेयर गर्नुहोसFacebook237TwitterGoogle+Pinterest0237sharesकाठमाडौ । गायिका इन्दु बानियाँ नेपाली सांगीतिक धरातलमा स्थापित गायिकाको रुपमा अघि बढेकी छिन् । उनका केही गीतहरु चर्चाको शिखरमा छन् । […Read More]

लोकप्रिय गायक बद्री पंगेनी र गायिका लक्ष्मी बानियाँलाई “म्वाई” खाने मौका दिए सर्जक एकनारायणले/ भिडियो सहित

February 10, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook34TwitterGoogle+Pinterest034shares नेपाली लोक दोहोरी क्षेत्रकै लोकप्रिय गायक बद्री पंगेनी र लक्ष्मी बानियाको उत्कृष्ट लोकदोहोरी गीत ”म्वाई” बजारमा आएको छ।लोकप्रिय सर्जक एकनारायण भण्डारीको […Read More]

आज वसन्त पञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आरधाना गरी मनाईँदै

February 10, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook687TwitterGoogle+Pinterest0687sharesकाठमाडौँ । आज श्रीपञ्चमी अर्थात वसन्त पञ्चमी पर्व । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा […Read More]

वाग्मतीको पानीको बारेमा परराष्ट्रमन्त्री ज्ञवालीले गरे यस्तो घोषणा, के साकार होला त यिनको सपना?

February 9, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook65TwitterGoogle+Pinterest065sharesकाठमाडौँ । वाग्मती सरसफाइ ३०० औँ हप्ताको अवसरमा आज बिहान शङ्खमूलमा विशेष कार्यक्रमको आयोजना गरियो। शहरी विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा परराष्ट्रमन्त्री […Read More]

Be the first to comment

Leave a Reply