ओबामा भन्छन्– ट्रम्पमा विदेश नीति धान्न सक्ने ‘फोकस’ र धैर्यता नै छैन

Loading...

यो सामाग्री सेयर गर्नुहोस

जेन्सी । पूर्वराष्ट्रपति बाराक ओबामाले बुधबार अमेरिकी विदेश नीतिमा उल्लेखनीय सुधार एवम् परिवर्तन ल्याउन राष्ट्रपति ट्रम्पसँग आवश्यक फोकस अनि धैर्यता नै नभएको बताएका हुन् । डेमोक्रेटका उमेदवार जो बाइडेनसँग चुनाव प्रचारको अन्तिम कार्यक्रममा सहभागी हुने तयारी गरिरहेका ओबामाले आफ्नै राष्ट्रपति कालको समीक्षा गर्नुका साथै पार्टीलाई अझ प्रगतिशील बनाउन केही सुझावहरु पनि दिएका हुन् ।

४५ मिनेट लामो ‘पोड सेभ अमेरिका’ पोडकास्टमा उनले मुख्यगरी ट्रम्पलाई लक्षित प्रतिक्रिया जनाएका हुन् । उनले भनेका छन्, “ट्रम्प अन्तर्राष्ट्रियरुपमा त्यति धेरै सक्रिय भएका छैनन् । अर्थात सत्य यही हो कि उनीसँग अमेरिकी विदेश नीतिमा साँच्चै बदलाव ल्याउन त्यही किसिमले आवश्यक पर्ने फोकस र धैर्यता नै छैन । यति मात्र नभइ उनले प्रणालीगत् रुपमा हाम्रो सम्पूर्ण विदेश नीति संरचनालाई नै तहसनहस पार्ने प्रयास पनि गरेका छन् । ”
त्यसैले राष्ट्रपति निर्वाचित भएमा बाइडेनले सबैभन्दा पहिले यसैको सामना गर्नुपर्ने र उनमा यसअघि नै अमेरिकी नेतृत्वले केसम्म गर्न सक्छ भन्ने विषयमा राम्रो बुझाइ अनि सम्मान रहेको ओबामाले बताए । डेमोक्रेटको नेस्नल कन्भेन्सनका लागि बोलिसकेका ओबामा निर्वाचन अगाडिको अन्तिम हप्ता बाइडेनको समर्थनका लागि चुनाव अभियानमा सहभागी हुने अपेक्षा गरिएको छ ।

आफ्नो कार्यकालभरि ट्रम्पले ओबामामाथि पटकपटक सिधा हमला गरिरहेपनि ओबामाले भने उनको नाम लिएर आलोचना गरेका थिएनन् । अहिले मात्र उनले ट्रम्पले ट्वीटरमार्फत अपमानजनक, विवादास्पद र गलत व्यवहारमाथि प्रकाश पारेका हुन् र रिपब्लिकन संसदहरुले उनका त्यस्ता भनाइहरु बेवास्ता गर्दै आएको आरोप पनि लगाएका छन् । उनले हाँस्दै भने, “रिपब्लिकन नेताहरुले त्यस्तो कहिल्यै भएकै छैन जस्तो नाटक गर्ने गरेका छन् ।” रिपब्लिकनहरुले आफूहरु ट्रम्पको ट्वीट नदेखेको र नपढेको बताउने गरेका छन् । सिएनएन

यो सामाग्री सेयर गर्नुहोस

Loading...

अपडेट छुट्यो कि!

लोकप्रिय गायिका सरु गौतम र गायक सुनिल कटुवालको ‘डिजिटल फोटो’

लोकप्रिय गायिका सरु गौतम गायक सुनिल कटुवालक ‘डिजिटल फोटो’ को म्युजिक भिडियोमा गीता ढुंगाना र प्रतिमा कंडेलको दमदार अभिनय भिडियो सहित’ लोकप्रिय गायिका सरु गौतम […Read More]

ओबामा भन्छन्– ट्रम्पमा विदेश नीति धान्न सक्ने ‘फोकस’ र धैर्यता नै छैन

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterLinkedInEmail0sharesजेन्सी । पूर्वराष्ट्रपति बाराक ओबामाले बुधबार अमेरिकी विदेश नीतिमा उल्लेखनीय सुधार एवम् परिवर्तन ल्याउन राष्ट्रपति ट्रम्पसँग आवश्यक फोकस अनि धैर्यता नै नभएको […Read More]

अर्थतन्त्रका चुनौती पार लगाउन सक्लान् अर्थमन्त्री पौडेलले ?

२९ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका छन् । उनी यस्तोबेलामा अर्थमन्त्री बनेका छन्, जुनबेला […Read More]

चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालिन्

३० असोज, काठमाडौं । चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने […Read More]

पत्रकार महासंघका अध्यक्ष खनाल र सदस्य भण्डारीसंग ६० हजार धरौटी माग, थुनछेक बहस बाँकी

बिदुर । नुवाकोटबाट प्रकाशन भईरहेको उत्तरगया दैनिकका प्रकाशक एवं सम्पादक शिव देबकोटालाई ज्यान मार्ने उद्धेश्यले कुटपिट गरेको अभियोगमा नुवाकोट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि […Read More]

गायिका एवं मोडल रितु तामाङ र गायक योगेश काजीको आवाजमा ‘मनचरी’ सार्वजनिक

काठमाडौं । गायिका एवं मोडल रितु तामाङ र गायक योगेश काजीको आवाजमा रहेको लोकदोहोरी गीत ‘मनचरी’ को भिडियो सार्वजनिक भएको छ । तेजश रेग्मीले शब्द […Read More]

नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न

काठमाडौं । नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७ आज राजधानीमा एक कार्यक्रमका साथ सम्पन्न भएको छ । नेपाली कला संस्कृतिको क्षेत्रमा क्रियाशील रहेका कलाकारहरुलाई […Read More]

बसपार्कमा देखिएन चहलपहल,गाडीमा पूरै सीट यात्रु राख्न दिने र पुरानै भाडादर कायम गर्ने निर्णय

२७ असोज, काठमाडौं । सुनसरी घर भएकी रमिता पोखरेल गाउँ जान आइतबार विहानै कोटेश्वर पुगिन् । खोजेकै जस्तो सिट सहजै मिल्यो । पोहोर साल यस्तो […Read More]

दसैँमा उपत्यकाको नाका सिल गर्न संसदीय उपसमितिको सुझाव

२६ असोज, काठमाडौं । दसैँं–तिहारको समयमा उपत्यका प्रवेश गर्ने नाका बन्द गर्न सरकारलाई संसदीय उपसमितिले सुझाव दिएको छ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति […Read More]

सार्वजनिक सवारीको सबै सिटमा यात्रु बोक्न खुला

२६ असोज, काठमाडौं । सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा […Read More]

Be the first to comment

Leave a Reply