पत्रकार महासंघका अध्यक्ष खनाल र सदस्य भण्डारीसंग ६० हजार धरौटी माग, थुनछेक बहस बाँकी

Loading...

यो सामाग्री सेयर गर्नुहोस

बिदुर । नुवाकोटबाट प्रकाशन भईरहेको उत्तरगया दैनिकका प्रकाशक एवं सम्पादक शिव देबकोटालाई ज्यान मार्ने उद्धेश्यले कुटपिट गरेको अभियोगमा नुवाकोट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बुधबार नुवाकोट जिल्ला अदालतमा हाजिर भएका पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल र सदस्य सुजित भण्डारीसंग अदालतले ६०÷६० हजार रुपैयाँ धरौटी तारेखको निर्णय गरेको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलको अनुपस्थितीमा थुनछेक बहस नहुने भएपछि स्रेस्तेदार ठाकुरप्रसाद त्रितालले धरौटी तारेख दिएका हुन् । अदालतमा न्यायाधीशको उपस्थिती भएपछि ईजलासमा मुद्धा पेश भई थुनछेक बहस हुने बताईएको छ । यसअघि घटनामा संलग्न पत्रकार महासंघ नुवाकोटका सचिव जगदिश खनाल ५० हजार धरौटी बुझाएर तारेखमा रिहा भएका थिए । सचिव खनाल रिहा भएपनि फरार रहँदै आएका अध्यक्ष खनाल र सदस्य भण्डारी अदालतले पक्राउपुर्जी जारी गरेपछि बुधबार अदालतमा हाजिर भएका हुन् । ्
गत असोज ५ गते बिदुरस्थित एक होटलमा पत्रकार महासंघको सदस्यता विवाद सम्बन्धी विवादमा सम्वाददाता देवकोटामाथि पत्रकार महासंघका अध्यक्ष खनालसहितको टोलीले निर्घात कुटपिट गरेको थियो । कुटपिट पछि काठमाडौंस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा देवकोटाको उपचार भएको थियो । त्यस लगतै सम्पादक देवकोटाकोे दाजु शम्भुप्रसाद देवकोटाले महासंघ अध्यक्ष खनाल सहित ३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ज्यान मार्ने उद्योग गरेको भन्दै जाहेरी दर्ता गराएका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटले जिल्ला न्यायाधिवक्ताको कार्यालय मार्फत नुवाकोट जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।

यो सामाग्री सेयर गर्नुहोस

Loading...

अपडेट छुट्यो कि!

लोकप्रिय गायिका सरु गौतम र गायक सुनिल कटुवालको ‘डिजिटल फोटो’

लोकप्रिय गायिका सरु गौतम गायक सुनिल कटुवालक ‘डिजिटल फोटो’ को म्युजिक भिडियोमा गीता ढुंगाना र प्रतिमा कंडेलको दमदार अभिनय भिडियो सहित’ लोकप्रिय गायिका सरु गौतम […Read More]

ओबामा भन्छन्– ट्रम्पमा विदेश नीति धान्न सक्ने ‘फोकस’ र धैर्यता नै छैन

जेन्सी । पूर्वराष्ट्रपति बाराक ओबामाले बुधबार अमेरिकी विदेश नीतिमा उल्लेखनीय सुधार एवम् परिवर्तन ल्याउन राष्ट्रपति ट्रम्पसँग आवश्यक फोकस अनि धैर्यता नै नभएको बताएका हुन् । […Read More]

अर्थतन्त्रका चुनौती पार लगाउन सक्लान् अर्थमन्त्री पौडेलले ?

२९ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका छन् । उनी यस्तोबेलामा अर्थमन्त्री बनेका छन्, जुनबेला […Read More]

चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालिन्

३० असोज, काठमाडौं । चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने […Read More]

पत्रकार महासंघका अध्यक्ष खनाल र सदस्य भण्डारीसंग ६० हजार धरौटी माग, थुनछेक बहस बाँकी

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterLinkedInEmail0sharesबिदुर । नुवाकोटबाट प्रकाशन भईरहेको उत्तरगया दैनिकका प्रकाशक एवं सम्पादक शिव देबकोटालाई ज्यान मार्ने उद्धेश्यले कुटपिट गरेको अभियोगमा नुवाकोट जिल्ला अदालतले पक्राउ […Read More]

गायिका एवं मोडल रितु तामाङ र गायक योगेश काजीको आवाजमा ‘मनचरी’ सार्वजनिक

काठमाडौं । गायिका एवं मोडल रितु तामाङ र गायक योगेश काजीको आवाजमा रहेको लोकदोहोरी गीत ‘मनचरी’ को भिडियो सार्वजनिक भएको छ । तेजश रेग्मीले शब्द […Read More]

नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न

काठमाडौं । नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७ आज राजधानीमा एक कार्यक्रमका साथ सम्पन्न भएको छ । नेपाली कला संस्कृतिको क्षेत्रमा क्रियाशील रहेका कलाकारहरुलाई […Read More]

बसपार्कमा देखिएन चहलपहल,गाडीमा पूरै सीट यात्रु राख्न दिने र पुरानै भाडादर कायम गर्ने निर्णय

२७ असोज, काठमाडौं । सुनसरी घर भएकी रमिता पोखरेल गाउँ जान आइतबार विहानै कोटेश्वर पुगिन् । खोजेकै जस्तो सिट सहजै मिल्यो । पोहोर साल यस्तो […Read More]

दसैँमा उपत्यकाको नाका सिल गर्न संसदीय उपसमितिको सुझाव

२६ असोज, काठमाडौं । दसैँं–तिहारको समयमा उपत्यका प्रवेश गर्ने नाका बन्द गर्न सरकारलाई संसदीय उपसमितिले सुझाव दिएको छ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति […Read More]

सार्वजनिक सवारीको सबै सिटमा यात्रु बोक्न खुला

२६ असोज, काठमाडौं । सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा […Read More]

Be the first to comment

Leave a Reply