भारत र चीनको सैनिक सहचारीमा महासेनानी-कोको नियुक्त छन, कुन कुन देशमा कोको छन ? हेर्नुहोस

Loading...

यो सामाग्री सेयर गर्नुहोस

जगदीश्वर पाण्डे
यसअघि ती देशका दूतावासमा एक तह माथिका सहायक रथीलाई सैनिक सहचारीका रूपमा पठाउने गरिएको थियो

काठमाडौँ — सैनिक मुख्यालयले भारत र चीनस्थित नेपाली दूतावासमा सहायक रथीको स्थानमा एक तह घटुवा गर्दै महासेनानी(कर्णेल)लाई सैनिक सहचारी पठाउने निर्णय गरेको छ ।

सैनिक सचिव विभागले जेठ २९ गते जारी गरेको सैनिक सहचारीहरूको अन्तिम नामावलीअनुसार चीनमा महासेनानी मोहन क्षत्री र भारतमा महासेनानी रामचन्द्र खत्रीलाई चयन गरिएको हो ।

अमेरिकामा महासेनानी भुवनपूर्ण सत्याल, बंगलादेशमा महासेनानी रोशन जबरा, बेलायतमा महासेनानी रत्नबहादुर गोदार, पाकिस्तानमा महासेनानी अमृतकाजी गुरुङ र न्युयोर्कमा महासेनानी जगदीश खड्कालाई (सैनिक सल्लाहकार) का लागि चयन गरिएको छ ।

भारत र चीनबाहेक अन्य दूतावासमा महासेनानी नै सैनिक सहचारी रहँदै आएका थिए ।

तत्कालीन प्रधानसेनापति गौरवशमशेर राणाको कार्यकालमा २०७१ साल जेठ ५ गतेबाट लागू गरिएको सैनिक सहचारी/सैनिक सल्लाहकार छनोट कार्यविधि–२०७१ ले भारत र चीनसँग महत्त्वपूर्ण कूटनीतिक र सामरिक सम्बन्ध राख्नुपर्ने भएकाले सैनिक सहचारीका रूपमा सहायक रथीलाई पठाउने निर्णय गरेको थियो ।

कार्यविधि लागू भएपछि चीनमा पहिलो पटक सैनिक सहचारीका रूपमा सहायक रथी कमलेश सिंह गएका थिए ।

अहिले त्यहाँ सहायक रथी विनोद पाण्डे कार्यरत छन् । भारतमा पहिलो पटक सहायक रथी अरुण घले सैनिक सहचारीका रूपमा गएका थिए । अहिले ईश्वरकान्त मैनाली कार्यरत छन् ।

मन्त्रिपरिषद्को २०६१ साल असार २१ गतेको बैठकले सेनाका तर्फबाट नेपाली दूतावासमा सैनिक सहचारी/सैनिक सल्लाहकार कार्यरत रहने निर्णय गरेको थियो ।

सोही निर्णयको आधारमा छनोट प्रक्रियालाई व्यवस्थित गर्न सेनाले कार्यविधि बनाई लागू गरेको हो । सैनिक सहचारीहरू अमेरिका, चीन, पाकिस्तान, बंगलादेश, बेलायत र भारतमा रहने व्यवस्था छ ।

यस्तै, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोगमा महासेनानी सैनिक सल्लाहकार कार्यरत रहने चलन छ । सैनिक सहचारीको कार्यावधि ३ वर्षको हुन्छ ।

सरकारबाट निर्णय भएको अवस्थामा अन्य देशहरूमा समेत सेनाबाट सैनिक सहचारी/सैनिक सल्लाहकार खटाउन सकिने व्यवस्था उक्त कार्यविधिमा छ ।

सरकारले सुरुआतमा सैनिक सहचारी/सल्लाहकारका रूपमा प्रमुख सेनानीलाई पठाउँथ्यो । त्यसपछि महासेनानीलाई पठाउन थाल्यो ।

२०७१ सालमा भने भारत र चीनमा भने उच्च प्राथमिकता दिँदै सहायक रथीलाई नै पठाउन थालेको हो ।

जंगीअड्डाले सुरुआतमा कार्यविधिअनुसारै भारत र चीनमा सहायक रथी तहमै सैनिक सहचारीलाई पठाउने भनेर लिखित र मौखिक परीक्षासमेत लिएको थियो । सहायक रथी शंकर पण्डित र अर्का सहायक रथी जोनसन खड्काले पनि सहभागिता जनाएका थिए ।

परीक्षा दिने बेलासम्म खड्का महासेनानी थिए । यहीबीचमा उनी बढुवा भएर सहायक रथी भएका हुन् ।

सुरक्षा विज्ञहरूले अहिलेको जस्तो भूराजनीतिक परिस्थितिमा सेनाले सहायक रथीको तहमा रहेको पदमा महासेनानीलाई सैनिक सहचारी बनाएर पठाउनु ठीक नभएको बताएका छन् ।

यसले सैनिक कूटनीतिलाई कमजोर पार्ने उनीहरूको भनाइ छ ।
सेनाका अवकाश प्राप्त एक जर्नेलले भने, ‘अहिलेको अवस्थामा दुवै मुलुकसँग सैनिक कूटनीतिलाई अझ बढाउनुपर्ने थियो ।

तर यसरी माथिल्ला पदका सैनिक सहचारीको स्थानमा एक तह कम भएका सैनिक सहचारी पठाउँदा राम्रो सन्देश जाँदैन । सकिन्छ भने त अझ थप एक पदमाथिका सैनिक सहचारी पठाउनुपर्थ्यो ।’

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले कार्यविधिअनुसारै सहायक रथीको स्थानमा महासेनानीलाई नियुक्त गरेर पठाउन लागेको दाबी गरे ।

पाण्डेले भने, ‘कार्यविधिमा सहायक रथी वा महासेनानीलाई पठाउन सक्ने भन्ने व्यवस्था छ । त्यहीअनुसार हामीले यस पटक सहायक रथीको स्थानमा चीन र भारतमा महासेनानीलाई नियुक्त गरेका हौं ।’

यो सामाग्री सेयर गर्नुहोस

Loading...

अपडेट छुट्यो कि!

काठमाडौको सीतापाइलामा २२ वर्षीया युवतीमाथि तेजाब प्रहार, कसले किन गर्‍यो?

July 23, 2020 Taja Khawar 0

काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवतीमाथि तेजाब प्रहार भएको छ। बिहीबार साँझ सीतापाइलामा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले […Read More]

लोकप्रिय गायिका सिर्जुको तिज कोशेली ‘हाई मेरी पियारी’ चर्चामा

July 17, 2020 Taja Khawar 0

काठमाडौं । यस वर्षको तीज नजिक आउन थालेसँगै बजारमा नयाँ तीज गीत सार्वजानिक हुन थालेका छन् । यसैक्रममा गायिका तथा मोडल सिर्जु अधिकारी र गायिका […Read More]

शितल शर्माको मौलिक एवं मार्मिक तिज कोशेली बजारमा – “बाबाले सारेको वर खै त मलाई ‘शितलु’ छैन र?”

July 17, 2020 Taja Khawar 0

शितल शर्माको मौलिक तिज कोशेली “शितलु” सार्वजनिक किस्ना आचार्य रोशनी, काठमाडौ हिन्दु नारिहरुको महान पर्व हरितातिका तिज नजिकिएको छ। धेरै कलाकार सर्जकलाई यतिखेर तिज गीत […Read More]

बिपरित दिशाबाट आइरहेको जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना र एक पैदलयात्रीको…

June 26, 2020 Taja Khawar 0

मोरङ~~~जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना र एक पैदलयात्रीको मृत्यु भएको खबर प्राप्त भएको छ। मोरङको कानेपोखरीमा बिपरित दिशाबाट आइरहेको  जीपले ठक्कर दिँदा तीन जनाको […Read More]

साउदीमा अलपत्र परेका ८०९ जना नेपाल उडे, झन्डै ७० हजार भाडा…

June 24, 2020 Taja Khawar 0

विष्णु घिमिरे साउदी : कोरोना महामारीका कारण साउदीमा अलपत्र परेका नेपाली नेपाल उडेका छन। हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सको चार्टर उडानबाट स्वदेश फिर्ता भएका छन् […Read More]

भारत र चीनको सैनिक सहचारीमा महासेनानी-कोको नियुक्त छन, कुन कुन देशमा कोको छन ? हेर्नुहोस

June 22, 2020 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterLinkedInEmail0sharesजगदीश्वर पाण्डे यसअघि ती देशका दूतावासमा एक तह माथिका सहायक रथीलाई सैनिक सहचारीका रूपमा पठाउने गरिएको थियो काठमाडौँ — सैनिक मुख्यालयले भारत […Read More]

परदेशमै अस्ताउन कसलाई रहर होला? कस-कसको शव ल्याइयो ?  शुक्रबार मात्रै झन्डै

June 19, 2020 Taja Khawar 0

काठको बाकसमा फर्किएका ‘अधुरा सपना’ रवीन्द्र घिमिरे ५ असार, काठमाडौं । शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलमा सन्नाटा छायो । जसै आकाश कालो नीलो बनेको थियो, त्यहाँ […Read More]

कोरोनाले गर्दा विदेशमा अलपत्र परेका नेपालीको बिसयमा सर्वोच्चले अदालतले दियो…

June 16, 2020 Taja Khawar 0

कोरोना भाइरसले गर्दा विदेशमा अलपत्र परेका नेपालीको बिसयलाई लिएर सर्वोच्चले निर्णय गरेको छ। काठमाडौं, असार २-सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा अवधि समाप्त नभई अलपत्र नेपालीलाई निःशुल्क […Read More]

बैठक छाडेर बाहिरिइन्, नबिर्सनुहोस:- बंगलादेशको निर्माण कसरी भएको थियो? सरिता गिरीको चेतावनी

June 13, 2020 Taja Khawar 0

सरिता गिरीको चेतावनी – नबिर्सनुस्, बंगलादेशको निर्माण कसरी भएको थियो तस्बिर : नारायण महर्जन समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत […Read More]

सरिता गिरीको संविधान संशोधन प्रस्ताव खारेज सम्बन्धि सभामुखको आयो यस्तो निर्णय 

June 13, 2020 Taja Khawar 0

कठमाडौँ, अन्त्यमा सरिता गिरीको संविधान संशोधन प्रस्ताव खारेज सम्बन्धि सदन दियो यस्तो निर्णय सरिता गिरीले संविधान संशोधन विधेयकमाथि राखेको संशोधन प्रस्ताव खारेज भएको छ । […Read More]

Be the first to comment

Leave a Reply