कोरोनाले गर्दा विदेशमा अलपत्र परेका नेपालीको बिसयमा सर्वोच्चले अदालतले दियो…

Loading...

यो सामाग्री सेयर गर्नुहोस

कोरोना भाइरसले गर्दा विदेशमा अलपत्र परेका नेपालीको बिसयलाई लिएर सर्वोच्चले निर्णय गरेको छ।

काठमाडौं, असार २-सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा अवधि समाप्त नभई अलपत्र नेपालीलाई निःशुल्क फिर्ता ल्याउन आदेश दिएको छ।

आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले अलपत्र नेपालीलाई सरकारले नै खर्च गरेर फर्काउन आदेश दिएको हो।

कामदारले श्रमस्वीकृति लिनुपूर्व वैदेशिक रोजगार कल्याणकारी कोषमा १ हजार ५ रुपैयाँ रुपैयाँ जम्मा गर्छन्।

त्यही कोषको रकमबाट उद्धार गर्नुपर्ने आदेशमा उल्लेख छ।

अधिवक्ता सोम लुइँटेल, नरेन्द्रप्रकाश खनाल, सुदीप देवकोटा, नारायण प्रसाईं, शोभा कार्की, कृष्णप्रसाद न्यौपानेले कामदारको पक्षमा बहस गरेका थिए।

बहसमा महान्याधिवक्ता र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव बाबुराम अधिकारी उपस्थित थिए।

अधिवक्ता लुइँटेलले सर्वोच्चको पूर्ण पाठ मंगलबार मात्रै आउने जानकारी दिए।

‘अब सरकारले सर्वोच्चको आदेशअनुसार कार्यविधि सच्याउनुपर्छ’, उनले भने।

वैदेशिक रोजगार ऐन २०६४ को दफा ७५ मा कुनै पनि देशमा महामारी र युद्ध भए त्यस्तो अवस्थामा सरकारले ती देशमा रहेका कामदारलाई उद्धार गर्ने व्यवस्था छ।

त्यस्तो बेला उद्धार खर्चको व्यवस्थाका लागि दफा ३३ ९ख० मा दफा ७५ का कारणले समस्यामा परेका नेपालीलाई कल्याणकारी कोषको रकम खर्च गरेर उद्धार गरिने उल्लेख छ।

कानुनमा लेखिए पनि श्रम मन्त्रालयले कोषको रकम प्रयोग गर्न कन्जुस्याइँ गर्दा कामदार चर्को मूल्यमा फर्किन बाध्य छन्।

मन्त्रालयका निमित्त सचिव अधिकारीले श्रमिकको हितका पक्षमा मन्त्रालय अडिग रहेको बताए।

कानुनी व्यवस्थाअनुसार रोजगारदाता कम्पनीले नै जाने–आउने टिकटको व्यवस्था गर्नुपर्छ’, उनले भने, ‘त्यसो नभए सरकारले कोषबाट पनि उद्वार गर्छ।’

उनले विदेशमा भएका सबैलाई कोषको रकमबाट फर्काउन सम्भव नभएको बताए।

‘कोषको रकम प्रयोग नगर्ने भन्ने होइन’, उनले भने, ‘मीतव्ययी रूपमा हुनुपर्छ भन्ने हो।’

सरकारले पैसा खर्च गर्न सक्नेलाई मात्र फर्काउन प्राथमिकता दिन थालेपछि समस्यामा परेका कामदार बिचल्लीमा छन्।

मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम)मा आवद्वलगायत कानुन व्यवसायीले करार अवधि भएका कामदारको उद्धार वैदेशिक रोजगार बोर्डबाट गर्नुपर्ने कानुनी प्रावधान हुँदाहुँदै सरकारले हवाई खर्च कामदारबाटै असुल्ने कार्ययोजना बनाएको भन्दै सर्वोच्चमा पनि रिट दायर गरेका थिए।

कामदारको उद्धार, फिर्ता (यातायात) खर्च र उपचार निःशुल्क हुनुपर्ने, फर्कन लागेका कामदारले पाउने तलब सुविधा दिलाएर मात्र फर्काउने प्रबन्ध गर्नुपर्ने प्रावधानसहित रिट दायर गरिएको थियो।

यो सामाग्री सेयर गर्नुहोस

Loading...

अपडेट छुट्यो कि!

काठमाडौको सीतापाइलामा २२ वर्षीया युवतीमाथि तेजाब प्रहार, कसले किन गर्‍यो?

July 23, 2020 Taja Khawar 0

काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवतीमाथि तेजाब प्रहार भएको छ। बिहीबार साँझ सीतापाइलामा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले […Read More]

लोकप्रिय गायिका सिर्जुको तिज कोशेली ‘हाई मेरी पियारी’ चर्चामा

July 17, 2020 Taja Khawar 0

काठमाडौं । यस वर्षको तीज नजिक आउन थालेसँगै बजारमा नयाँ तीज गीत सार्वजानिक हुन थालेका छन् । यसैक्रममा गायिका तथा मोडल सिर्जु अधिकारी र गायिका […Read More]

शितल शर्माको मौलिक एवं मार्मिक तिज कोशेली बजारमा – “बाबाले सारेको वर खै त मलाई ‘शितलु’ छैन र?”

July 17, 2020 Taja Khawar 0

शितल शर्माको मौलिक तिज कोशेली “शितलु” सार्वजनिक किस्ना आचार्य रोशनी, काठमाडौ हिन्दु नारिहरुको महान पर्व हरितातिका तिज नजिकिएको छ। धेरै कलाकार सर्जकलाई यतिखेर तिज गीत […Read More]

बिपरित दिशाबाट आइरहेको जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना र एक पैदलयात्रीको…

June 26, 2020 Taja Khawar 0

मोरङ~~~जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना र एक पैदलयात्रीको मृत्यु भएको खबर प्राप्त भएको छ। मोरङको कानेपोखरीमा बिपरित दिशाबाट आइरहेको  जीपले ठक्कर दिँदा तीन जनाको […Read More]

साउदीमा अलपत्र परेका ८०९ जना नेपाल उडे, झन्डै ७० हजार भाडा…

June 24, 2020 Taja Khawar 0

विष्णु घिमिरे साउदी : कोरोना महामारीका कारण साउदीमा अलपत्र परेका नेपाली नेपाल उडेका छन। हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सको चार्टर उडानबाट स्वदेश फिर्ता भएका छन् […Read More]

भारत र चीनको सैनिक सहचारीमा महासेनानी-कोको नियुक्त छन, कुन कुन देशमा कोको छन ? हेर्नुहोस

June 22, 2020 Taja Khawar 0

जगदीश्वर पाण्डे यसअघि ती देशका दूतावासमा एक तह माथिका सहायक रथीलाई सैनिक सहचारीका रूपमा पठाउने गरिएको थियो काठमाडौँ — सैनिक मुख्यालयले भारत र चीनस्थित नेपाली […Read More]

परदेशमै अस्ताउन कसलाई रहर होला? कस-कसको शव ल्याइयो ?  शुक्रबार मात्रै झन्डै

June 19, 2020 Taja Khawar 0

काठको बाकसमा फर्किएका ‘अधुरा सपना’ रवीन्द्र घिमिरे ५ असार, काठमाडौं । शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलमा सन्नाटा छायो । जसै आकाश कालो नीलो बनेको थियो, त्यहाँ […Read More]

कोरोनाले गर्दा विदेशमा अलपत्र परेका नेपालीको बिसयमा सर्वोच्चले अदालतले दियो…

June 16, 2020 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterLinkedInEmail0sharesकोरोना भाइरसले गर्दा विदेशमा अलपत्र परेका नेपालीको बिसयलाई लिएर सर्वोच्चले निर्णय गरेको छ। काठमाडौं, असार २-सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा अवधि समाप्त नभई […Read More]

बैठक छाडेर बाहिरिइन्, नबिर्सनुहोस:- बंगलादेशको निर्माण कसरी भएको थियो? सरिता गिरीको चेतावनी

June 13, 2020 Taja Khawar 0

सरिता गिरीको चेतावनी – नबिर्सनुस्, बंगलादेशको निर्माण कसरी भएको थियो तस्बिर : नारायण महर्जन समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत […Read More]

सरिता गिरीको संविधान संशोधन प्रस्ताव खारेज सम्बन्धि सभामुखको आयो यस्तो निर्णय 

June 13, 2020 Taja Khawar 0

कठमाडौँ, अन्त्यमा सरिता गिरीको संविधान संशोधन प्रस्ताव खारेज सम्बन्धि सदन दियो यस्तो निर्णय सरिता गिरीले संविधान संशोधन विधेयकमाथि राखेको संशोधन प्रस्ताव खारेज भएको छ । […Read More]

Be the first to comment

Leave a Reply