प्याराग्लाडिङ्ग वर्ल्ड कप हुदै नेपालमा, ३० देशका कति खेलाडिहरुले लिने छन् त भाग, हेर्नुहोस कसरी हुदै छ यो प्रतियोगिता ?

Loading...

यो सामाग्री सेयर गर्नुहोस

कास्की, २० माघ । नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९औँ संस्करण आगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा प्रतियोगितामा हुने छ ।

नेपालसहित, चीन, जापान, भारत, कोरिया, अमेरिका, बेलायत, स्वीटजरल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रसिया, इरान, भियतनाम, चाइनिज ताइपेइ, इन्डोनेसियालगायतका ३० देशका १२५ चालक सहभागी बन्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

खेलाडी दर्ता गर्ने अन्तिम मितिसम्म ३० देशका १२५ पाइलट सहभागी हुने निश्चित भएको र आवश्यक तयारीलाई तीव्र बनाइएको प्रतियोगिता संयोजक एवं नेपाल हवाई खेलकूद संस्थाका निर्वतमान अध्यक्ष योगेश भट्टराईले बताउनुभयो ।

प्रतियोगितामा नेपालका १२ खेलाडी सहभागी हुँदैछन् । एशियन टुरबाट छनोट भएका खेलाडी ‘पोइन्ट’ र ‘rयाङकिङ’का आधारमा सन् २०२१ मा हुने प्याराग्लाइडिङ वर्ल्ड कपको सुपर फाइनलमा प्रवेश पाउने छन् ।

एफएआइ(फेडेरेशन एरोनोटिक इन्टरनेशनल)बाट लाइसेन्स प्राप्त गरेको र वर्ल्ड पाइलट ¥याङकिङमा आबद्ध पाइलटले मात्र प्रतियोगितामा स्पर्धा गर्ने प्रतियोगिता व्यवस्थापक विमल अधिकारीले जानकारी दिनुभयो । ‘एक्युरेसी’ र ‘क्रसकन्ट्री’ विधाको प्रतिस्पर्धामा समग्रमा विजेता बन्न सफल पहिलोदेखि दशौँ स्थानसम्मका खेलाडीलाई मेडल, प्रमाण र ट्रफी प्रदान गरिने बताइन्छ ।

त्यसैगरी महिला च्याम्पियसनसिप, टिम च्याम्पियनसिप र नेपाली च्याम्पियनमा पहिलोदेखि पाँचौँ स्थानसम्मका विजेतालाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाएको छ । प्रतियोगिता पोखरा र सिङ्गो राष्ट्रको इज्जतसँग जोडिएकाले यसलाई सफल बनाउन सबै क्षेत्रबाट सहयोग रहनुपर्नेमा जोड दिइएको छ । प्रतियोगिताको सुरक्षा व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ ।

मनोरञ्जनात्मक एवं साहसिक हवाई खेलकूदको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रतियोगिताले मद्दत पुग्ने विश्वास लिइएको छ । रासस

यो सामाग्री सेयर गर्नुहोस

Loading...

अपडेट छुट्यो कि!

चिरञ्जीवी भण्डारीको संगीत अभिनय र स्वरमा बिस्तारै बिस्तारै सार्बजनिक

February 20, 2020 Taja Khawar 0

काठमाडौं । गीतकार प्रतिमा गुरुङको शब्द एवं गायक चिरञ्जीवी भण्डारीको संगीतमा नयाँ गीतको म्यूजिक भिडियो ‘बिस्तारै बिस्तारै तिमी मेरी’ सार्वजनिक भएको छ । आज राजधानीमा […Read More]

लोकप्रिय सर्जक शिब हमाल को सिर्जना बिमल र सिताको स्वरमा निउरो

February 19, 2020 Taja Khawar 0

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् […Read More]

दोश्रो साधना म्युजिक अवार्ड २०७६ को आवेदन फारम खुल्ला

February 19, 2020 Taja Khawar 0

काठमाण्डौँ । अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको दोश्रो साधना म्युजिक अवार्ड […Read More]

नवराज पन्तको उत्कृष्ट सिर्जना सन्जु न्यौपानेको चाँदी कहाँ होला’

February 19, 2020 Taja Khawar 0

काठमाडौं । गायक रविन लामिछाने र गायिका सञ्जु न्यौपानेको नयाँ लोकदोहारी गीत ‘चाँदी कहाँ होला’ सार्वजनिक भएको छ । सामाखुशीमा रहेको एभरेष्ट रेस्टुरेन्टमा हिजो एक […Read More]

कु’टाइ खाने र कु’ट्ने एकै ठाँउमा जम्मा भए पछि चल्यो रुवाबासी (भिडियो)

February 10, 2020 Taja Khawar 0

काठमाडौं। अहिले सामाजिक संजालमा एउटा भिडियो भाइरल भएको छ । जहाँ एक किशोरिलाइ ५/६ जना किशोरीले नि’र्मम कु’टिरहेका छन।अ’श्लिल सब्द बोल्दै लाइभ रेकर्ड गरिएको भिडियोमा […Read More]

नारीका चार चरित्र, को कति से क्सी ?

February 7, 2020 Taja Khawar 0

पौराणिक ग्रन्थहरुमा स्त्री र पुरुषका शारीरिक बनावट, हाउभाउ तथा बानीबेहोराका आधारमा उनीहरुलाई विभिन्न वर्गमा विभाजन गरेको पाइन्छ । तिनै ग्रन्थहरुका अनुसार पुरुषजस्तै नारीहरु पनि चार […Read More]

मदर टेरेसाका मनछुने भनाईहरु एकचोटी अवश्य पढ्नुहोस् ।

February 7, 2020 Taja Khawar 0

मदर टेरेसाको जन्म २६ अगस्ट, १९१० मा अल्बेनियाई परिवारमा भएको हो । मदर टेरेसाको बास्तविक नाम अगनेस गोंझा बोयाजिजू हो । मदर टेरसा रोमन क्याथोलिक […Read More]

प्याराग्लाडिङ्ग वर्ल्ड कप हुदै नेपालमा, ३० देशका कति खेलाडिहरुले लिने छन् त भाग, हेर्नुहोस कसरी हुदै छ यो प्रतियोगिता ?

February 3, 2020 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterGoogle+Pinterest00sharesकास्की, २० माघ । नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा प्याराग्लाइडिङ वर्ल्ड […Read More]

ज्योति प्रकाशको उत्कृष्ट संगीत रहेको ‘आकाशकी चरी’ सार्बजनिक

February 1, 2020 Taja Khawar 0

काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको नयाँ गीत ‘आकाशकी चरी’ सार्वजनिक भएको छ । गायक ढकालको जीवनसँग मात्र होइन समाजमा धेरैको जीवनसँग मेल […Read More]

कोरोना भाइरसबाट प्रभावित नेपाली जनताको जीवन रक्षाको निम्ति चिनले गर्यो यस्तो घोषणा,

February 1, 2020 Taja Khawar 0

काठमाडौं । पछिल्लो समयमा बिस्वलाइ नै चुनौती दिदै कोरोना भाइरसले आफ्नो पकड फैलाउदै गएको छ, यसै बिचमा चीनले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुको जीवन […Read More]

Be the first to comment

Leave a Reply