कोरोना भाइरसबाट प्रभावित नेपाली जनताको जीवन रक्षाको निम्ति चिनले गर्यो यस्तो घोषणा,

Loading...

यो सामाग्री सेयर गर्नुहोस

काठमाडौं । पछिल्लो समयमा बिस्वलाइ नै चुनौती दिदै कोरोना भाइरसले आफ्नो पकड फैलाउदै गएको छ, यसै बिचमा चीनले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको भन्दै आश्वस्त रहन आग्रह गरेको छ ।नेपालस्थित चिनियाँ दूतावासले शनिबार प्रेस विज्ञप्ति जारी गरी सो आग्रह गरेको हो ।विज्ञप्तिमा लेखिएको छ, ‘विद्यार्थीहरुसहित केही नेपालीहरु अझै पनि वुहानमा छन् ।

उनीहरुको जीवन तथा स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको छ ।’चीनको हुपेई प्रान्तको वुहान भन्ने स्थानबाट कोरोना भाइरस फैलिएको थियो । त्यहाँ अझै पनि नेपालीहरु रहेको र उनीहरुले छिटो उद्धार गरिदिन आग्रह गरिरहेको समाचार प्रकाशमा आएका बेला चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी उनीहरुको रक्षाका लागि सक्रिय कदम चाल्ने जानकारी दिएको हो ।

महामारी नियन्त्रणका लागि र विदेशीहरुसँग समन्वय गर्नका लागि आपतकालीन संयन्त्र स्थापना गरिएको जानकारी दिँदै दूतावासले भनेको छ, ‘हामी यस महामारी नियन्त्रणको लडाइँ जित्नेमा विश्वस्त र सक्षम छौं । चीन सरकारले अन्तर्राष्ट्रिय दायित्वको पालना निकै जिम्मेवारपूर्वक गर्ने छ ।’विदेशी नागरिकहरुको स्वास्थ्य सुनिश्चित गर्नका लागि हरसम्भव प्रयास गर्ने र सबै पक्षको जायज चिन्ता दूर गर्ने दूतावासको विज्ञप्तिमा उल्लेख छ ।विज्ञप्तिमा लेखिएको छ, ‘कृपया विश्वस्त हुनुस् चीनले सबैको हितको रक्षाका लागि सक्रिय कदम उठाइरहने छ ।’

नेपाली पक्षले कोरोना भाइरसको महामारी रोकथामका लागि विश्व स्वास्थ्य संगठन -डब्लुएचओ)सँग समन्वय गरेर चालेका कदमहरुको चीनले प्रशंसासमेत गरेको छ । यदि आवश्यक भएमा नेपाली पक्षले काठमाडौंस्थित चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग पनि यसबारेमा कुराकानी गर्न सक्ने दूतावासले जनाएको छ । कोरोना भाइरसको संक्रमणका कारण नेपालमा चिनियाँ पर्यटकको आगमन प्रभावित हुने भन्दै दूतावासको विज्ञप्तिमा लेखिएको छ, ‘महामारी नियन्त्रणमा आएपछि धेरैभन्दा धेरै चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्छौं र भिजिट नेपाल २०२० मा योगदान पुर्‍याउने छौं ।’

यो सामाग्री सेयर गर्नुहोस

Loading...

अपडेट छुट्यो कि!

पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण पुष्टि, १८९३ जना संक्रमणमुक्त

September 23, 2020 Taja Khawar 0

७ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा ४२६ […Read More]

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन गर्ने स्वास्थ्य मन्त्रालयको निष्कर्ष

September 23, 2020 Taja Khawar 0

७ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको […Read More]

लक्ष्मी न्यौपाने र नेत्र भण्डारीको स्वरमा रहेको लोक तथा दोहोरि गीत’रथ’भिडियो सार्वजनिक

September 23, 2020 Taja Khawar 0

काठमाडौं । लक्ष्मी न्यौपाने र नेत्र भण्डारीको स्वरमा रहेको लोक तथा दोहोरि गीत’रथ’भिडियो सार्वजनिक गरिएको छ। राज कुमार बगरको शब्द तथा संगीत रहेको गीतमा कमल […Read More]

लोकप्रिय सर्जक हमालको फरक स्वादको झुम्का झलक्कै अत्यन्तै रुचाए दर्शक श्रोताले // भिडियो सहित

September 23, 2020 Taja Khawar 0

दशैँ तिहारको शुभकामना सहित एक पछी अर्को गित नेपालि बजारमा आईरहेका छन् । यसै सन्दर्भमा नेपाली लोक गित संगितको क्षेत्रमा एउटा अतुलनिय योगदान प्रिय सर्जक […Read More]

लोकप्रिय गायक बद्रि पँगेनीको उत्कृष्ट आवाज अभिनयमा कँडेलको नरौं है आमा सार्वजनिक

September 23, 2020 Taja Khawar 0

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् […Read More]

बालगायिका कमला घिमिरेको ‘मन परेको भेना’ म्युजिक भिडियो सार्वजनिक

September 20, 2020 Taja Khawar 0

काठमाडौं । गायकद्वय बद्री पंगेनी र मोहन खड्का र बालगायिका कमला घिमिरेको ‘मन परेको भेना’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको सो […Read More]

शिव हमालको लय शब्दमा दशैँ गीत ‘गाँवै रमाइलो’ सार्वजनिक’ (हेर्नुस् भिडियो)

September 20, 2020 Taja Khawar 0

लोकदोहोरी गायिका सविता परियार र गायक विमल परियारको  आवाजमा रहेको दशैँ गीत ‘गाँवै रमाइलो’ सार्वजनिक भएको छ । गीतको शब्दमा आफू विदेशमा भएपनि दशैँ, तिहार […Read More]

समुन्द्र राज पौडेलको ‘जापानले नि धोको पुर्‍यायो’

September 20, 2020 Taja Khawar 0

सानै उमेरमा गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेका गायक समुन्द्र राज पौडेलले परदेशीहरुको पिडालाई समेटेर नयाँ गीत ‘जापानले नी धोको पुर्यायो’ बाजारमा लिएर आएका छन् […Read More]

दशै नजिकिदै गर्दा गोविन्द चॉपागॉईले रमा राना मगर संग गराए मन खिन्न // भिडियो सहित

September 19, 2020 Taja Khawar 0

असोज ३ काठमाडौ , विभिन्न कारणले मातृभूमि छाडेर प्रवासिने नेपालीको लाइन बाक्लो नै छ । परिवार सँगै जीवन जिउनेचाहाना भए पनि साहुको रिण र गरिबीले […Read More]

Be the first to comment

Leave a Reply