कसले र किन गर्यो हत्या यी युवाको? ४ दिन अघि घुम्न निस्केका अभिषेकको हत्या

Loading...

यो सामाग्री सेयर गर्नुहोस

घुम्न निस्केका अभिषेकको विराटनगरमा विभत्स हत्या

१४ माघ, विराटनगर । झापा बिर्तामोडका एक युवकको हत्या गरी मोरङ र सुनसरीको सीमा क्षेत्रमा पर्ने केसलिया खोला किनारमा शव फालेको खुलेको छ । मंगलबार बिहान केसलिया खोला किनार नजिकै रहेको बासघारीमा विभत्स अवस्थामा शव फेला परेको थियो ।
अनुसन्धानका क्रममा शव झापा बिर्तामोड घर भएका २० वर्षीय अभिषेक कट्वालको हत्या भएको खुलेको हो । उनी माघ ९ गते घुम्न भन्दै मे१०प ८६७५ नम्बरको स्कुटरमा घरबाट निस्किएका थिए ।

उनको शव विराटनगर महानगरपालिका-४ र सुनसरीको दुहबी नगरपालिका- १२ सिमाना भएर बग्ने केसलिया खोला किनार नजिकै बालुवा र परालले पुरेको अवस्थामा भेटिएको थियो ।

प्रहरी स्रोतले युवकको विराटनगर महानगरपालिका-४ मा हत्या गरी केसलीया खोलापारि फालेको हुनसक्ने बताएको छ । तर, उनको कहिले हत्या भएको हो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार कट्वाल आमासँग मामा घरमा बस्दै आएका थिए । चाडै र्फकने भन्दै घरबाट निस्किएका उनी चार दिनसम्म नफर्किएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको थियो ।

सम्पर्कविहीन भएपछि आमा तारा कटुवालले छोराको हुलियासहित खोजतलासका लागि सोमबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएकी थिइन् ।

सुनसरी प्रहरी प्रमुख, एसपी यज्ञविनोद पोखरेलले युवकको पहिचान खुलेको बताए । पहिचान खुलेका कारण अनुसन्धान गर्न केही सहज भएको उनको भनाइ छ ।

यो सामाग्री सेयर गर्नुहोस

Loading...

अपडेट छुट्यो कि!

पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण पुष्टि, १८९३ जना संक्रमणमुक्त

September 23, 2020 Taja Khawar 0

७ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा ४२६ […Read More]

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन गर्ने स्वास्थ्य मन्त्रालयको निष्कर्ष

September 23, 2020 Taja Khawar 0

७ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको […Read More]

लक्ष्मी न्यौपाने र नेत्र भण्डारीको स्वरमा रहेको लोक तथा दोहोरि गीत’रथ’भिडियो सार्वजनिक

September 23, 2020 Taja Khawar 0

काठमाडौं । लक्ष्मी न्यौपाने र नेत्र भण्डारीको स्वरमा रहेको लोक तथा दोहोरि गीत’रथ’भिडियो सार्वजनिक गरिएको छ। राज कुमार बगरको शब्द तथा संगीत रहेको गीतमा कमल […Read More]

लोकप्रिय सर्जक हमालको फरक स्वादको झुम्का झलक्कै अत्यन्तै रुचाए दर्शक श्रोताले // भिडियो सहित

September 23, 2020 Taja Khawar 0

दशैँ तिहारको शुभकामना सहित एक पछी अर्को गित नेपालि बजारमा आईरहेका छन् । यसै सन्दर्भमा नेपाली लोक गित संगितको क्षेत्रमा एउटा अतुलनिय योगदान प्रिय सर्जक […Read More]

लोकप्रिय गायक बद्रि पँगेनीको उत्कृष्ट आवाज अभिनयमा कँडेलको नरौं है आमा सार्वजनिक

September 23, 2020 Taja Khawar 0

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् […Read More]

बालगायिका कमला घिमिरेको ‘मन परेको भेना’ म्युजिक भिडियो सार्वजनिक

September 20, 2020 Taja Khawar 0

काठमाडौं । गायकद्वय बद्री पंगेनी र मोहन खड्का र बालगायिका कमला घिमिरेको ‘मन परेको भेना’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको सो […Read More]

शिव हमालको लय शब्दमा दशैँ गीत ‘गाँवै रमाइलो’ सार्वजनिक’ (हेर्नुस् भिडियो)

September 20, 2020 Taja Khawar 0

लोकदोहोरी गायिका सविता परियार र गायक विमल परियारको  आवाजमा रहेको दशैँ गीत ‘गाँवै रमाइलो’ सार्वजनिक भएको छ । गीतको शब्दमा आफू विदेशमा भएपनि दशैँ, तिहार […Read More]

समुन्द्र राज पौडेलको ‘जापानले नि धोको पुर्‍यायो’

September 20, 2020 Taja Khawar 0

सानै उमेरमा गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेका गायक समुन्द्र राज पौडेलले परदेशीहरुको पिडालाई समेटेर नयाँ गीत ‘जापानले नी धोको पुर्यायो’ बाजारमा लिएर आएका छन् […Read More]

दशै नजिकिदै गर्दा गोविन्द चॉपागॉईले रमा राना मगर संग गराए मन खिन्न // भिडियो सहित

September 19, 2020 Taja Khawar 0

असोज ३ काठमाडौ , विभिन्न कारणले मातृभूमि छाडेर प्रवासिने नेपालीको लाइन बाक्लो नै छ । परिवार सँगै जीवन जिउनेचाहाना भए पनि साहुको रिण र गरिबीले […Read More]

Be the first to comment

Leave a Reply