MCC -यो भिडियो हेर्नुहोस र MCC को बारेमा सरल तरिकाले बुझ्नुहोस अनि सेयर गर्न नभुल्नुहोला

Loading...

यो सामाग्री सेयर गर्नुहोस

अमेरिका र नेपालबीच सन् २०१७ मा भएको ५० करोड डलर अनुदान सहायतासम्बन्धी मिलेनियम च्यालेन्ज कोअपरेशन (एमसीसी) अन्तर्गतको सम्झौता भएको थियो। उक्त सम्झौता संसद्बाट अनुमोदन गरिनुपर्ने सम्झौतामा उल्लेख छ। तर, उक्त सम्झौताले नेपालमा अमेरिकी हस्तक्षेप बढ्ने र चिनियाँ सहयोगको ढोका बन्द हुने भन्दै नेताहरुले आपत्ति जनाएका हुन्। हेर्नुहोस तलको भिडियो । अन्त्य सम्म हेर्न यहाँ 👉️ क्लिक् 👈️ गर्नुहोस 

नेकपाका स्थायी समिति सदस्य गणेश साहका अनुसार पार्टीमा सैद्धान्तिक र नीतिगत छलफल गरेर मात्र सरकार अघि बढ्नुपर्ने धारणा दुवै नेताहरूको थियो। उनले भने, ‘परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई दिएको अन्तर्वार्ता उद्धृत गर्दै भीम रावलजीले यो इण्डो प्यासिफिककै एउटा अङ्ग हो भन्ने धारणा राख्नुभयो।’

नेपाल सरकारले अमेरिकाको इन्डो प्यासिफिक रणनीतिमा आफू संलग्न नरहेको बताउने गरेको छ। प्रधानमन्त्री ओलीले तत्कालीन सभामुख कृष्णबहादुर महराले उक्त सम्झौता अनुमोदन गराउन नचाहेको भन्दै अब संसद्बाट अनुमोदन हुने सार्वजनिक रूपमै बताएका थिए। तर, नेकपाका अध्यक्ष प्रचण्डले महराका कारण त्यसो हुन नसकेको कुरा अस्वीकार गरेका थिए।

के हो एमसीसी ?

सन् २००४ मा स्थापना भएको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संयुक्त राज्य अमेरिकी सरकारको सहयोग निकाय हो। यसले निश्चित परिसूचकका आधारमा विश्वका विकासशील राष्ट्रहरूको छनोट गरी आर्थिक वृद्धिमा टेवा पुर्‍याउँदै गरिबी हटाउन अनुदान सहायता प्रदान गर्ने उद्देश्य लिएको बताइने गरिएको छ।

हालसम्म ४९ देशमा एमसीसीको सहयोग छ। अल्बानिया, अरमेनिया, जर्जिया, जस्ता युरोपियन देशका साथै अफ्रिकी मुलुकहरुमा पनि यो कार्यक्रम लागू भइरहेको छ। ल्याटिन अमेरिकाको पेरु, ग्वाटेमाला, गुएनाका साथै एशियाका मंगोलिया, फिलिपिन्स, श्रीलंका, इण्डोनेसिया आदि देश पनि यसमा अनुबन्धित छन्। एमसीसीको बोर्ड अफ डाइरेक्टरको २०१७ अगस्ट महिनामा बसेको बैठकले नेपाललाई लगभग ५० अर्बको अनुदान सहयोग गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ।

यसैअनुसार एमसीसी र नेपाल सरकारबीच २०७४ भाद्र २९ गते ‘मिलेनियम च्यालेञ्ज कम्प्याक्ट’ सम्झौता सम्पन्न भएको हो। उक्त सम्झौतामा तात्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी एमसीसी कार्यक्रमका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासले हस्ताक्षर गरेका थिए। उक्त सम्झौताबमोजिम अमेरिकी सरकारले ५०० मिलियन अमेरिकी डलर अनुदानस्वरूप उपलब्ध गराउने र नेपाल सरकारका तर्फबाट १३० मिलियन अमेरिकी डलर बराबरको रकम कार्यक्रमका लागि विनियोजन गर्नुपर्नेछ व्यवस्था छ। नेपालले उक्त रकम ऊर्जा र यातायात विकासका पूर्वाधारका क्षेत्रमा खर्च गर्नुपर्नेछ। जसमा सम्झौता लागू भएको मितिबाट ५ वर्षमा परिचालन गरी सक्नुपर्नेछ।

नेपालको विकास परियोजना निर्माणमा अमेरिकाले ५१ अर्ब (पाँच सय मिलियन डलर) र नेपाल सरकारले १३ अर्ब ३६ करोड (एक सय ३० मिलियन डलर) गरी ६४ अर्ब २६ करोड रुपैयाँ (६ सय ३० मिलियन अमेरिकी डलर) लगानी गर्ने योजनाअनुसार उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। नेपालका विभिन्न भागमा करिब तीन सय किलोमिटर विद्युतीय प्रसारण लाइन निर्माण तथा तीन सय किलोमिटर सडक मर्मत गर्नु सहयोग सम्झौताअन्तर्गतका परियोजनाको उद्देश्य रहेको वासिङटन डीसीस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरिएको थियो।

यो सामाग्री सेयर गर्नुहोस

Loading...

अपडेट छुट्यो कि!

स्वास्थ्यकर्मिको जागिर चट्, सुरक्षाका लागि उपकरण माग्दा जागिर खाने हस्पिटल यो रहेछ

April 1, 2020 Taja Khawar 0

आफ्नो स्वास्थ्यको सुरक्षाको लागि उपकरण माग्ने दुई स्वास्थ्यकर्मीको जागिर चट् घनश्याम मिश्र, जनकपुरधाम, १९ चैत । कोरोना भाइरसको जोखिमलाई चुनौती दिदै विरामीहरुको उपचारमा खटिएका दुई […Read More]

के हो पिपिइ भेनेको? मेगेसेसे पुरस्कार विजेता महाबीर पुनले डक्टरले लगाउने पिपिइ निशुल्क उपलब्ध गराउने,

March 27, 2020 Taja Khawar 0

काठमाडौं, १४ चैत । मेगेसेसे पुरस्कार विजेता महावीर पुनले कोरोना भाइरसको उपचार गर्न चिकित्सकले लगाउने पोशाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पीपीई) निःशुल्क उपलब्ध गराउने हुनुभएको छ । […Read More]

जनताको आवश्यकतालाई मध्यनजर गर्दै प्राज्ञिक विद्यार्थी परिषद नेपालले ५ वटा अत्यावश्यक माग सहित सरकारलाई मात्र बुझाएको छ

March 26, 2020 Taja Khawar 0

काठमाडौ – कोरोनाको यस संक्रमणकाललाइ जनताले र सरकार गम्भीर भएर नियन्त्रणमा लिनको लागि साबधानी अपनाइ रहेको छ/छन । यसै कारण केही दिन देखि देशमा र […Read More]

कम्पनी खोल्ने सपना बोकेका मिलनसार र सिर्जनशील डोटेलको युएईमा अत्यन्तै संकास्पद मृत्यु

March 25, 2020 Taja Khawar 0

अबु धाबी- स्वदेश फर्केर कम्पनी खोल्ने योजनामा रहेका नुवाकोटका हरि शरण डोटेलको युएईमा आफ्नै बस्दै आइरहेको डेरामा अत्यन्तै शंकास्पद  तरिकाले मृत्यु भएको छ। साहित्य सिर्जनामा […Read More]

कोरोनाको कहर-दूर संचार प्राधिकरणले ल्यायो यस्तो सुबिधा, मोबाइल रिचार्जमा…

March 24, 2020 Taja Khawar 0

१०० रुपैयाँ मोबाइलमा रिचार्ज गर्दा २०० रुपैयाँ दिन निर्देशन तलको भिडियो हेर्नुहोला काठमाडौं- कोरोनाको कहरले नेपालमा पनि लकडाउन गरेको छ सरकारले, यस्तो बेलामा सबैले आफ्ना […Read More]

यस्तो संकटको बेलामा अस्पतालमा काम गर्नेहरुलाइ घरबेटिले निस्किन भने पछि के होला हालत?

March 24, 2020 Taja Khawar 0

अस्पताल तथा नर्सिङ होममा कार्यरत नर्सहरुलाई कोठा छोड्न घरवेटीको आग्रह धनगढी : कोरोना संक्रमण फैलिएपछि धनगढीका तीन वटा अस्पताल तथा नर्सिङ होममा कार्यरत नर्सहरुलाई घरबेटीले कोठा […Read More]

लक डाउन भनेको के हो? सरकारले लक डाउन गर्यो, रबि लामिछाने लाइभमा आएर जनतलाइ दिए सान्दर्भिक सन्देस हेरौँ

March 23, 2020 Taja Khawar 0

सरकारले केही समयको लागि लकडाउन गरेको छ । सामान्यतया लक डाउन भनेको एक किसिमको कर्फ्यु जस्तै हो जहाँ खुल्ला रूपमा समुहमा हिडडुल गर्न पाइदैन यसै […Read More]

अपराध गर्नुको नि हद हुन्छ- गाइलाइ झुन्ड्याएर हत्या गरिएको छ, किन र कसले यस्तो गर्दैछन?

March 19, 2020 Taja Khawar 0

डडेल्धुरा, ६ चैत । डडेल्धुराकाे गन्यापधुरा गाउँपालिका वडा नं १ मा ग्याबिन भन्ने चिजले पासाे लगाएर गाईकाे निर्मम तरिकाले हत्या गरिएकाे छ । डडेल्धुराको सामुदायिक […Read More]

तिन अक्षरी ॐ मन्त्र उच्चारण गर्दा केके फाइदा हुन्छ त जान्नुहोस-सेयर गर्नुहोस

March 14, 2020 Taja Khawar 0

ॐ वैदिक सनातन धर्मावलम्बीहरुले हरेक शुभ कार्यको प्रारम्भमा प्रयोग गर्ने मन्त्र हो । ॐ को उच्चारणविना कुनै पनि धार्मिक कार्य पूरा हुादैन । भनिन्छ, विना […Read More]

नारायण कंडेलको उत्कृष्ट शब्द सिर्जना र अभिनयमा मलाई मेरै देशले // भिडियो सहित

March 9, 2020 Taja Khawar 0

किस्ना आचार्य रोशनी फागुन २७ काठमाडौ ठुला-ठुला समुन्द्र छन खोलि भेटिदैन मुलको पानि खाए जस्तो तिर्खा मेटिदैन! यस्तै छ कहानी परदेशिको किन्न त पाईन्छ पानि […Read More]

Be the first to comment

Leave a Reply