मुक्तिका नाममा कुकर्म बढ्दै, ललितपुरमा मुक्ति पाउने भन्दै पास्टरद्वारा बलात्कार

यो सामाग्री सेयर गर्नुहोस

थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

ललितपुर — रोग निको हुने विश्वासले एक किशोरी ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित आशा विश्वासी मण्डली पुगिन् । नियमित चर्च धाउने क्रममा पास्टर ध्रुवबाबु जोशीसँग उनको चिनजान भयो । 

यो पनि पढ्नुहोस के हो MCC परियोजना ? सबैले बुझ्न जरुरी छ, यसले देशलाई घाटा होला कि नाफा?

बाथ रोगका कारण खुट्टा काम्ने समस्याबाट गुज्रिएकी उनले आफ्नो पीडा पास्टर जोशीलाई सुनाइन् । सानैमा नराम्रो काम गरेकाले रोग लागेको र पापबाट मुक्त हुन यौन सम्पर्क गर्नुपर्ने भन्दै उनले किशोरीलाई फकाउन थाले । पटकपटक बलात्कार गरेपछि किशोरीले जोशीविरुद्ध महानगरीय प्रहरी परिसर जावलाखेलमा जाहेरी दिइन् ।

तीन महिनायता पटकपटक यौन सम्पर्क गरेको किशोरीको जाहेरीमा उल्लेख छ । अन्तिमपटक पुसको पहिलो साता चापागाउँ मोडस्थित गेस्ट हाउसमा लगेर जबर्जस्ती करणी गरेको र कसैलाई भने शक्ति नाश हुने भन्दै त्रासमा पारेको उनको भनाइ छ ।

कुसुन्तीबाट पक्राउ परेका गोरखा नगरपालिका–६ निवासी जोशीलाई जिल्ला अदालत ललितपुरले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी दुर्गा सिंहले म्याद थपको अवधिभित्र सरकारी वकिलमार्फत् बयान लिई अदालतमा पेस गर्ने बताइन् । किशोरी हाल ओबीएन नामक संस्थाको संरक्षणमा छिन् ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

MCC -यो भिडियो हेर्नुहोस र MCC को बारेमा सरल तरिकाले बुझ्नुहोस अनि सेयर गर्न नभुल्नुहोला

January 16, 2020 Taja Khawar 0

अमेरिका र नेपालबीच सन् २०१७ मा भएको ५० करोड डलर अनुदान सहायतासम्बन्धी मिलेनियम च्यालेन्ज कोअपरेशन (एमसीसी) अन्तर्गतको सम्झौता भएको थियो। उक्त सम्झौता संसद्बाट अनुमोदन गरिनुपर्ने […Read More]

हिजो बमले ब्लास्ट गरिएको ललिता निवासको जग्गा विप्लवको कब्जामा-कसरी र कसको नाममा निजीकरण गरियो हेर्नुहोस

January 16, 2020 Taja Khawar 0

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको प्रकरणमा मुछिएका ‘जग्गा दलाल’ शोभकान्त ढकालको नागार्जुन १ नर्सरी चोकस्थित घरमा बम विस्फोट गराएको […Read More]

अहिलेको अत्यन्तै रमाइलो गित “आउ है सांँझमा माछापुच्छ्रे रोधिघर” सार्बजनिक हेर्नुहोस यो रमाइलो गित

January 11, 2020 Taja Khawar 0

चर्चित गायिका शान्ती श्री परियार र सुमधुर स्वरका धनी गायक सञ्जय वर्देवाको सुमधुर आवाज रहेको लोकदोहोरी कोसेली बोहोरा म्युजिक प्राली मार्फत सार्बजनिक भएको छ। शान्ती […Read More]

नयाँ नेपालमा गैरकानुनी कामको विरोध गर्ने युवकलाई समातेर ट्रिपरको टायरमुनि हालेर मारियो

January 11, 2020 Taja Khawar 0

काठमाडौं। दक्षिण भारती फिल्ममा देखिने खतरनाक गुण्डागर्दीको शैलीमा नेपालमै अपराध भएको छ । धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरमा अवैध बालुवा उत्खननको विरोध गर्ने एक युवकलाई […Read More]

Be the first to comment

Leave a Reply