नयाँ नेपालमा गैरकानुनी कामको विरोध गर्ने युवकलाई समातेर ट्रिपरको टायरमुनि हालेर मारियो

यो सामाग्री सेयर गर्नुहोस

काठमाडौं। दक्षिण भारती फिल्ममा देखिने खतरनाक गुण्डागर्दीको शैलीमा नेपालमै अपराध भएको छ । धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरमा अवैध बालुवा उत्खननको विरोध गर्ने एक युवकलाई समातेर ट्रिपरको टायरमुनि हालेर किचेर मारिएको छ ।
आज बिहान ४ बजे स्थानीय दिलिपकुमार महतोलाई ट्रिपरले किचेको थियो । उनलाई अवैध बालुवा उत्खननको विरोध गरेका कारण उत्खननमा संलग्न मजदुरहरुले नै ट्रिपरको टायरमुनि हालेको स्थानीयले दावी गरेका छन् ।

यहाँ स्थानीय नदीमा केही समयदेखि अवैध बालुवा उत्खनन भइरहेको थियो । नदी किनारमै घर भएका महतोले यो उत्खननको विरोध गर्दै आइरहेका थिए । शुक्रबार बिहान पनि उनले उत्खननको विरोध गरेका थिए । उनले विरोध गरेपछि मजदुरहरुले उनलाई समातेर ट्रिपरको टायरमुनि हालिदिए । ट्रिपर चालकले पनि ट्रिपल चलाएर उनलाई किचिदिए ।

महतोको हत्याको विरोधमा अहिले स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले प्रारम्भिक अनुसन्धानमा ट्रिपरले किचेर मारेको देखिएको बताएका छन् । उनका अनुसार ट्रिपर र चालकलाई नियन्त्रणमा लिइएको छ । अहिले स्थानीयको प्रदर्शन उग्र भएकोले प्रहरी भिड नियन्त्रणमा लागेको छ ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

MCC -यो भिडियो हेर्नुहोस र MCC को बारेमा सरल तरिकाले बुझ्नुहोस अनि सेयर गर्न नभुल्नुहोला

January 16, 2020 Taja Khawar 0

अमेरिका र नेपालबीच सन् २०१७ मा भएको ५० करोड डलर अनुदान सहायतासम्बन्धी मिलेनियम च्यालेन्ज कोअपरेशन (एमसीसी) अन्तर्गतको सम्झौता भएको थियो। उक्त सम्झौता संसद्बाट अनुमोदन गरिनुपर्ने […Read More]

हिजो बमले ब्लास्ट गरिएको ललिता निवासको जग्गा विप्लवको कब्जामा-कसरी र कसको नाममा निजीकरण गरियो हेर्नुहोस

January 16, 2020 Taja Khawar 0

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको प्रकरणमा मुछिएका ‘जग्गा दलाल’ शोभकान्त ढकालको नागार्जुन १ नर्सरी चोकस्थित घरमा बम विस्फोट गराएको […Read More]

अहिलेको अत्यन्तै रमाइलो गित “आउ है सांँझमा माछापुच्छ्रे रोधिघर” सार्बजनिक हेर्नुहोस यो रमाइलो गित

January 11, 2020 Taja Khawar 0

चर्चित गायिका शान्ती श्री परियार र सुमधुर स्वरका धनी गायक सञ्जय वर्देवाको सुमधुर आवाज रहेको लोकदोहोरी कोसेली बोहोरा म्युजिक प्राली मार्फत सार्बजनिक भएको छ। शान्ती […Read More]

नयाँ नेपालमा गैरकानुनी कामको विरोध गर्ने युवकलाई समातेर ट्रिपरको टायरमुनि हालेर मारियो

January 11, 2020 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook0 Twitter Google+ Pinterest0 0shares काठमाडौं। दक्षिण भारती फिल्ममा देखिने खतरनाक गुण्डागर्दीको शैलीमा नेपालमै अपराध भएको छ । धनुषाको मिथिला नगरपालिका […Read More]

Be the first to comment

Leave a Reply