बैतडीमा संकलन गरिएका यी हतियार कहाबाट आए? हेर्नुहोस के रहेछ खास कुरा ? २१६ थान हतियार सङ्कलन

यो सामाग्री सेयर गर्नुहोस

बैतडी / प्रहरीले २१६ थान हातहतियार सङ्कलन गरेको छ । गृह मन्त्रालयको हतियार सङ्कलन गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी इकाइ तथा स्थानीय जनप्रतिनिधिको सो सङ्ख्यामा हातहतियार सङ्कलन गरिएको हो ।

यसका साथै उपनिर्वाचनमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी हातहतियार सङ्कलन गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिनुभयो । उपनिर्वाचनको समयमा ४८ हतियार र १६४ थान हतियार उपनिर्वाचनभन्दा अघि नै सङ्कलन भएका उहाँले बताउनुभयो । सङ्कलित हतियार बढीजसो एकनाले भरुवा बन्दुक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथै दुईनाले भरुवा बन्दुक र बारबोर पनि सङ्कलन भएका छन् । सङ्कलित भएका सबै हतियार जिल्ला प्रशासन कार्यालयबाट इजाजत प्राप्त रहेका जनाइएको छ । हतियार सङ्कलनपश्चात् भने हत्या–हिंसाका घटनामा कमी आउनाका साथै वन्यजन्तुको चोरी–सिकारीका घटनासमेत न्यूनीकरण हुने विश्वास गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेय बताउनुभयो ।

अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले सरकारले वैध–अवैध हतियार बुझाउन आग्रह गरेकोे प्रजिअ आनन्द पौडेलले बताउनुभयोे । गृह मन्त्रालयले मङ्सिर १४ मा सम्पन्न उपनिर्वाचन भएका जिल्लामा मङ्सिर १० गतेभित्र हतियार बुझाउन आग्रह गरेको थियो ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

MCC -यो भिडियो हेर्नुहोस र MCC को बारेमा सरल तरिकाले बुझ्नुहोस अनि सेयर गर्न नभुल्नुहोला

January 16, 2020 Taja Khawar 0

अमेरिका र नेपालबीच सन् २०१७ मा भएको ५० करोड डलर अनुदान सहायतासम्बन्धी मिलेनियम च्यालेन्ज कोअपरेशन (एमसीसी) अन्तर्गतको सम्झौता भएको थियो। उक्त सम्झौता संसद्बाट अनुमोदन गरिनुपर्ने […Read More]

हिजो बमले ब्लास्ट गरिएको ललिता निवासको जग्गा विप्लवको कब्जामा-कसरी र कसको नाममा निजीकरण गरियो हेर्नुहोस

January 16, 2020 Taja Khawar 0

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको प्रकरणमा मुछिएका ‘जग्गा दलाल’ शोभकान्त ढकालको नागार्जुन १ नर्सरी चोकस्थित घरमा बम विस्फोट गराएको […Read More]

अहिलेको अत्यन्तै रमाइलो गित “आउ है सांँझमा माछापुच्छ्रे रोधिघर” सार्बजनिक हेर्नुहोस यो रमाइलो गित

January 11, 2020 Taja Khawar 0

चर्चित गायिका शान्ती श्री परियार र सुमधुर स्वरका धनी गायक सञ्जय वर्देवाको सुमधुर आवाज रहेको लोकदोहोरी कोसेली बोहोरा म्युजिक प्राली मार्फत सार्बजनिक भएको छ। शान्ती […Read More]

नयाँ नेपालमा गैरकानुनी कामको विरोध गर्ने युवकलाई समातेर ट्रिपरको टायरमुनि हालेर मारियो

January 11, 2020 Taja Khawar 0

काठमाडौं। दक्षिण भारती फिल्ममा देखिने खतरनाक गुण्डागर्दीको शैलीमा नेपालमै अपराध भएको छ । धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरमा अवैध बालुवा उत्खननको विरोध गर्ने एक युवकलाई […Read More]

Be the first to comment

Leave a Reply