बाग्लुङमा आफ्नै काकाले गरे भतिजीलाई बलात्कार

Loading...

यो सामाग्री सेयर गर्नुहोस

बागलुङमा ११ वर्षीया बालिकालाई आफ्नै काकाले बला त्कार गरी फरार भएका छन् । बालिकालाई बला त्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनार फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बालिकालाई आर्थिक प्रलोभनमा पारी बला त्कार गरेको भन्दै पीडित पक्षले मङ्गलबार बागलुङ प्रहरीमा उजुरी दर्ता गरेपछि काकाद्वारा भतिजी बला त्कार गरेको रहस्य खुलेको हो ।

भदौ १५ गते तीजको दिन बालिकालाई सुनारले बला त्कार गरेका थिए । घटना गाउँमै लुकाउन खोजेको भए पनि प्रहरीकै सक्रियतामा बला त्कारको घटना बाहिर आएको हो । आर्थिक अवस्था कमजोर भएका कारणले उजुरी दिन सदरमुकाम आउन नसकेको भन्ने सूचनाको आधारमा प्रहरी पीडितकै घरमा पुगेर पीडित परिवारलाई सदरमुकाम ल्याएको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।

“परिवारको आर्थिक अवस्था कमजोर भएकाले यहाँसम्म ल्याउने, घर पु¥याउने र सदरमुकाम बस्दा लाग्ने सबै खर्च सबै व्यवस्थापन गर्छाैँ भनेर पीडितलाई कार्यालयमा झिकाएका हौँ”, भट्टले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएकै कारणले उजुरी दिनबाट वञ्चित गर्नुहुँदैन ।” आरोपित सुनार फरार रहेको र उनको खोजी भइरहेको भट्टले जानकारी दिनुभयो ।

पाँच किलोमिटरको भाडा रु १३० !

बेनीको महारानी थानदेखि बेनी नगरपालिका–४ डाँडाखेत जोड्ने सडकमा यातायात सेवा दिने व्यवसायीले मनोमानी भाडा असुल्ने गरेका छन् । बेनी नगरपालिका, जिल्ला प्रशासन र यातायात व्यवसायीका प्रतिनिधिको बैठकबाट तय भएको भन्दा बढी भाडा असुलेका हुन् । सो सडक आसपासका थाकनपोखरी, डाँडाबारी, छापा, फुर्केसल्ला, कुँडुले, डाँडाखेत, सिस्नेराका बासिन्दा व्यवसायीको मनोमानीबाट ठगिएका छन् ।

महारानी थानदेखि डाँडाखेत हुँदै ठूलोखोलासम्मको कृषि सडकको दूरी ११ किलोमिटर छ । बेनीदेखि डाँडाबारीसम्मको २.५ किलोमिटर, फुर्केसल्ला पाँच किलोमिटर र डाँडाखेत सिस्नेरा आठ किलोमिटर छ । सो सडकमा राजन बानिया र शङ्कर किसानले जिपमार्फत यातायात सेवा दिँदै आएका छन् । सो सडकमा प्रतिकिलोमिटर रु १५ का दरले भाडादर कायम भएको थियो तर उनीहरूले पाँच किलोमिटर दूरीको फुर्केसल्लासम्म यात्रा गरेको रु १३० लिने गरेका छन् । बेनी नगरपालिका–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले बढी भाडा असुलेको गुनासोका बारेमा उपभोक्ताले लिखित उजुरी गरेको बताउनुभयो ।

वडा अध्यक्ष पौडेलले बेनीदेखि डाँडाखेत जोड्ने सडकमा रु १०० प्रतिव्यक्ति भाडा कायम भएकोमा आफैँलाई समेत व्यवसायीले रु १३० लिएको बताउनुभयो । बेनी–दरवाङ सडकको बेनीदेखि ठूलोखोलासम्मको विकल्प मानिएको यो सडकबाट बेनी नगरपालिका–४, ५ र ६ का बासिन्दाले सेवा लिँदै आएका छन् । यस क्षेत्रमा २०० भन्दा बढी घरधुरीको बसोबास छ । पछिल्लो केही वर्षयता यो सडकलाई करोडौँ रकम खर्चेर स्तरोन्नति पनि गरिएको छ । यातायात व्यवसायी बानियाँले डिजेलको मूल्य बढेको र कच्ची सडक भएसँगै गाडीको इञ्जिन बिग्रने, मर्मत खर्च बढी लाग्ने भएकाले आफूहरुले भाडा बढाएको प्रतिक्रिया दिनुभयो । गाडीमा नचढ्ने मोटरसाइकल भएकाले स्थानीयलाई आफूहरुका विरुद्ध उचालेको उहाँको भनाइ छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले लिखितरूपमा तोकिएकोभन्दा बढी भाडा लिएको विषयमा उजुरी नआएको र त्यस्तो सूचना पाएमा कारवाही गरिने बताउनुभयो । म्याग्दीका अन्य ग्रामीण सडकमा चल्ने सवारी साधनहरुले पनि मनोमानी हिसाबले तोकिएको भन्दा बढी भाडा असुल्ने गरेको जनगुनासो छ । म्याग्दी यातायात प्रालिका कार्यवाहक अध्यक्ष लालबहादुर थापाले सामान ढुवानी र घरायसी प्रयोजनको मात्र अनुमति लिएका निजी गाडीले यात्रु बोकेर मनोमानी भाडा असुल्ने गरेको र त्यसको अपजस आफूहरुले भोग्नुपरेको बताउनुभयो ।

यो सामाग्री सेयर गर्नुहोस

Loading...

अपडेट छुट्यो कि!

बेचिएर उद्दारपछि घर फर्किएकी चेलीको कथामा आफ्नोपन

आफ्नोपन’ बोलको लोकगीत सार्वजनिक गरिएको छ । गीत तयार गरिएको छ । यूवराज आचार्य र सुनिता बुढा क्षेत्रीको स्वर, नारायण कँडेलको शब्द तथा डाक्टर शिव […Read More]

आइसोलेसनमा बसेकाहरुलाई कुन बेला अस्पताल आउने भन्ने ज्ञान नहुदाँ ‘साइलेन्ट निमोनिया’ को खतरा

२४ कात्तिक, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अहिलेसम्म ६ सय ३० जना कोभिड–१९ संक्रमित भर्ना भए । उनीहरुमध्ये २ सय ४४ जनालाई […Read More]

मलको अभाव भएपछि कृषि मन्त्रीलाई खुल्ला पत्र ः मन्त्रीज्यू कृषकले आत्महत्या गर्ने दिन नआओस !

मलको अभाव भएपछि कृषि मन्त्रीलाई खुल्ला पत्र ः मन्त्रीज्यू कृषकले आत्महत्या गर्ने दिन नआओस ! माननीय मन्त्रीज्यू, पशुपन्छी तथा कृषि मन्त्रालय, सिंहदरबार काठमाडौ । बिषय […Read More]

मलको अभाव भएपछि कृषि मन्त्रीलाई खुल्ला पत्र ः मन्त्रीज्यू कृषकले आत्महत्या गर्ने दिन नआओस !

मलको अभाव भएपछि कृषि मन्त्रीलाई खुल्ला पत्र ः मन्त्रीज्यू कृषकले आत्महत्या गर्ने दिन नआओस ! माननीय मन्त्रीज्यू, पशुपन्छी तथा कृषि मन्त्रालय, सिंहदरबार काठमाडौ । बिषय […Read More]

लोकप्रिय गायिका सरु गौतम र गायक सुनिल कटुवालको ‘डिजिटल फोटो’

लोकप्रिय गायिका सरु गौतम गायक सुनिल कटुवालक ‘डिजिटल फोटो’ को म्युजिक भिडियोमा गीता ढुंगाना र प्रतिमा कंडेलको दमदार अभिनय भिडियो सहित’ लोकप्रिय गायिका सरु गौतम […Read More]

ओबामा भन्छन्– ट्रम्पमा विदेश नीति धान्न सक्ने ‘फोकस’ र धैर्यता नै छैन

जेन्सी । पूर्वराष्ट्रपति बाराक ओबामाले बुधबार अमेरिकी विदेश नीतिमा उल्लेखनीय सुधार एवम् परिवर्तन ल्याउन राष्ट्रपति ट्रम्पसँग आवश्यक फोकस अनि धैर्यता नै नभएको बताएका हुन् । […Read More]

अर्थतन्त्रका चुनौती पार लगाउन सक्लान् अर्थमन्त्री पौडेलले ?

२९ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका छन् । उनी यस्तोबेलामा अर्थमन्त्री बनेका छन्, जुनबेला […Read More]

चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालिन्

३० असोज, काठमाडौं । चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने […Read More]

पत्रकार महासंघका अध्यक्ष खनाल र सदस्य भण्डारीसंग ६० हजार धरौटी माग, थुनछेक बहस बाँकी

बिदुर । नुवाकोटबाट प्रकाशन भईरहेको उत्तरगया दैनिकका प्रकाशक एवं सम्पादक शिव देबकोटालाई ज्यान मार्ने उद्धेश्यले कुटपिट गरेको अभियोगमा नुवाकोट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि […Read More]

गायिका एवं मोडल रितु तामाङ र गायक योगेश काजीको आवाजमा ‘मनचरी’ सार्वजनिक

काठमाडौं । गायिका एवं मोडल रितु तामाङ र गायक योगेश काजीको आवाजमा रहेको लोकदोहोरी गीत ‘मनचरी’ को भिडियो सार्वजनिक भएको छ । तेजश रेग्मीले शब्द […Read More]

Be the first to comment

Leave a Reply