अभिनेत्री मास्केले रोजिन् ‘दी पोश आउटफिटर्स’

यो सामाग्री सेयर गर्नुहोस

। राजधानीको नक्सालमा ‘दी पोश आउटफिटर्स’ नामक बुटिक सञ्चालनमा आएको छ।

उक्त बुटिकको बुधबार अभिनेत्री शिल्पा मास्के, हेयर स्टाइलिस निल डेभिड कटवाल र बुटिक एशोसिएसन अफ नेपालका अध्यक्ष उज्जल कृष्ण श्रेष्ठले उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा अभिनेत्री मास्केले ‘दी पोश आउटफिटस’ को विशेषताबारे आफूलाई मनपरेको बताइन्। उनले भनिन्, ‘यो बुटिकले दैनिक प्रयोगमा आउने क्याजुअल पहिरनलाई प्राथमिकता दिएको रहेछ, जुन अरु बुटिकले गरेको पाइँदैन।’

अभिनेत्री मास्केले अबका दिनमा आफूलाई क्याजुअल पहिरन चाहिएमा दि पोशमै आउने बताइन्। उक्त बुटिकलाई फेसन डिजाइनरद्वय नेना राई र सम्झना राईले सञ्चालनमा ल्याएका हुन्। ‘दी पोश आउटफिटर्स’ बुटिकले नामजस्तै काम पनि भिन्न गर्ने उनीहरुको भनाइ छ।

कार्यक्रममा नेना र सम्झनाले भने, ‘बुटिक फेसन’ भन्नेवित्तिकै ‘महँगो होला’ भन्ने बुझाइ छ। तर, त्यसलाई हामी चिर्न चाहन्छौँ।’ उनीहरुले सर्वसाधारण व्यक्तिको पहुँच पुग्नेगरी दी पोश आउटफिटर्स सञ्चालनमा ल्याएको सुनाए।

कार्यक्रममा बोल्दै बुटिक एशोसिएनका अध्यक्ष श्रेष्ठले डिजाइनरद्वयलाई शुभकामना दिए। ‘फेसनको दुनियाँमा केही नयाँ काम गरौँ भन्ने उद्देश्यले बुटिक सञ्चालनमा ल्याएकामा खुसी लाग्यो’ उनले भने, ‘यहाँहरुलाई सफलताको शुभकामना छ।’

त्यस्तै, हेयर स्टाइलिस तथा फेसन डिजाइनरसमेत रहेका कटवालले दि पोशको बुटिक कन्सेटको प्रसंशा गर्दै भने, ‘अन्य बुटिकहरुभन्दा फरक सोच र उद्देश्यले सञ्चालनमा आएको यो बुटिकले पक्कै फेसन पारखीको चाहनालाई पूरा गर्ने छ भन्ने मलाई लागेको छ।’ नेना र सम्झना इन्टरनेशनल इष्न्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)को उत्पादित डिजाइनर हुन्।

नेना र सम्झनाले आईआईएफटीबाट डिप्लोमा कोर्ष सकेपछि दी पोश आउटफिटर्स सञ्चालनमा ल्याएका सुनाए। उनीहरुले राजधानीमा खुलेका अन्य बुटिकहरुभन्दा फरक सेवा प्रदान गर्ने समेत दावी गरेका छन्।

डिजाइनर तथा सञ्चालिकामध्ये नेनाले भनिन्, ‘दी पोश आउटफिटर्सको स्लोगन नै ‘सिम्पल एण्ड क्लासिक’ राखेका छौँ । हामी अर्डरअनुसार अन्तर्राष्ट्रियस्तरको पहिरन सर्वसुलभमा उपलब्ध गराउँछौँ। हामी चाहन्छौँ, बुटिकमा सबैको पहुँच पुगोस्।’

दी पोशले विशेषगरी क्याजुअल पहिरनमा ध्यान दिए पनि अर्डरअनुसार सारी, गाउन, टप्स, कुर्था–सुरुवाल इत्यादी तयार गर्ने सम्झनाले बताइन्। दी पोश आउटफिटर्सको सुरुवाती लगानी २० लाख रुपैयाँ रहेको बताइएको छ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

स्मृति र शिरिषको अभिनयमा अञ्जुली सार्बजनिक / भिडियो सहित

December 9, 2019 Taja Khawar 0

नेपाल लोकदोहोरी क्षेत्रमा लोकप्रिय नाम हो शिरीष देबकोटा जसलाई धेरै श्रोता दर्शक ले रोइला गायक भनेर पनि चिन्ने गर्छन् । लामो सांगीतिक यात्रा बिताइसकेका देबकोटाका […Read More]

को हुन यी ब्यक्ती सेताम्मे हिमालमा सेतै घोडा चढेर पुगे आफ्नी पत्नी र सहयोगी सङ्गै?

December 7, 2019 Taja Khawar 0

काठमाडौं- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले विभिन्न कारणले चर्चामा आउँछन् । आणविक अस्त्र उत्पादन र परीक्षणका कारण विश्व चर्चित बनेका उनी सेतो घोडा […Read More]

बिप्लबका ३० बर्सिया कार्यकर्ता यस्तो अबस्थामा पक्राउ, हेर्नुहोस

December 7, 2019 Taja Khawar 0

सङ्खुवासभा– सङ्खुवासभाको पाँचखपन नगरपालिकामा विस्फोटक पदार्थसहित आज नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । चैनपुर नगरपालिका–५ घर भएका ३० वर्षीय यामप्रसाद गौतमलाई पाचखपन […Read More]

‘हे माया’ भन्दै आए गायक तुलसी सिवाकोटी(भिडियो सहित)

December 1, 2019 Taja Khawar 0

काठमाडौँ : गायक तुलसी सिवाकोटीको नयाँ “हे माया” को म्युजिक भिडियो सार्बजनिक भएको छ । शब्द तथा संगीत सुनिल गिरि रहेको गीतको म्युजिक भिडियोलाइ छायांकन […Read More]

दिपक र देबेन्द्र ले कस्लाइ भने बस आडैमा ?

November 24, 2019 Taja Khawar 0

पञ्चे बाजा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चे बाजामा दमाहा’ झ्याली’ ट्याम्को’ ढोलकी र सहनाई […Read More]

सरिता लाई धोका करिस्मा लाई लाइदिए निष्ठुरे महेन्द्रले सिंदुर

November 16, 2019 Taja Khawar 0

नेपालि लोक सांगीतिक क्षेत्रमा बिगत केही बर्ष यता निरन्तर सकृय रहदै आएकी गायिका हुन सरिता कार्की । कार्किको स्वरमा रहेका धेरै गीतहरूले सांगीतिक बजारमा राम्रो […Read More]

सावित्री पृथीलाइ बैँस आएपछि प्रीयंका कार्की पहिलोपटक लोकदोहोरी मा // भिडियो सहित

October 21, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी कार्तिक ४ पछिल्लो समय नेपाली लोकगीत संगीतले निक्कै फड्को मारेको छ । सरल र सहज रूपमा सबै उमेर समुहका श्रोता दर्शकले बुझ्ने […Read More]

Be the first to comment

Leave a Reply